नेकपाका महासचिव विप्लव र डा. बाबुराम भट्टराईबीच भेटवार्ता

२०७८ श्रावण १ गते, शुक्रबार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव र पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी(जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ ।
शुक्रबार बिहान भएको सो भेटमा नयाँ सरकार गठन भएको सन्दर्भमा पुरानो सरकारसँग भएको तीनबुँदे सहमतिको कार्यान्वयनका विषयमा दुई नेताबीच छलफल भएको बताइएको छ । विशुद्ध राजनैतिक भनिएको उक्त भेटघाटमा समसामयीक राजनितिक विषयमा छलफल भएको र तीनबुँदे सहमति र बन्दी रिहाइँका विषयमा छलफल भएको बताइएको छ ।
सो भेटवार्तामा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोला र डा. बाबुराम भट्टराईको पत्नी तथा पूर्वमन्त्री हिशिला यमीको समेत सहभागिता रहेको नेकपाका केन्द्रिय सदस्य प्रज्वलनले जानकारी दिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु