१४ औं दक्षिण एसियाली खेलकुद पाकिस्तानमा

२०७८ असार २९ गते, मंगलवार


काठमाडौँ । दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) को १४औं संस्करण सन् २०२३ को मार्च महिनामा पाकिस्तानमा आयोजना गरिने भएको छ । दक्षिण एसियाली ओलम्पिक काउन्सिलको हिजो बसेको भर्चुअल बैठकले १४औं साग सन् २०२३ को मार्चमा गर्ने निर्णय गरेको हो । पाँच शहरमा आयोजना हुने १४ औं सागमा २७ खेल समावेश गरिनेछ ।
प्रतियोतिामा मुख्य खेलहरु लाहोरमा हुनेछ । त्यसबाहेक फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा पनि केही खेलहरु हुनेछन् । १३ औं साग सन् २०१९ मा नेपालमा आयोजना भएको थियो । घरेलु सागमा नेपालले ५१ स्वर्ण पदक जित्दै दोस्रो भएको थियो । १३ औं सागको समापनपछि पाकिस्तानलाई १४ औं साग आयोजनाको लागि झण्डा हस्तान्तरण गरिएको थियो । जिम्मेवारी लिएको एक वर्षभन्दा बढी समयसम्म पनि सागको मिति तय हुन सकेको थिएन ।- एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु