युरो कप : इटाली फाइनलमा

२०७८ असार २३ गते, बुधबार


काठमाडौं। इटाली स्पेनलाई पराजित गर्दै युईएफए युरो २०२० फुटबलको फाइनलमा प्रवेश गरेको छ। इंग्ल्यान्डको वेम्बली स्टेडियममा मंगलबार राति सम्पन्न पहिलो सेमिफाइनल खेलमा इटालीलाई पेनाल्टी सुटआउटमा ४ – २ गोल अन्तरले पराजित गर्दै इटाली फाइनलमा प्रवेश गरेको हो। पेनाल्टीमा इटालीका आन्द्रे बेलोट्टी, लियोनार्दो बुनिची, फेडेरिको र जोर्गिन्होले गोल गरे। इटालीका म्यानुएल लोकाटेलीले भने सुरुकै पेनाल्टी मिस गरेका थिए। स्पेनका मोरेनो जेरार्ड र थियागो अल्कान्टाराले गोल गरे। तर, सुरुको पेनाल्टी लिएका डानिल ओल्मो र अन्तिम पेनाल्टी लिएका अल्भारो मोराटाले गोल गर्न सकेनन्।
निर्धारित ९० मिनेटको खेल १ – १ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआाउटमा गएको थियो। पेनाल्टीमा बाजी मार्दै इटाली फाइनलमा प्रवेश गरेको हो। खेल अवधिभर स्पेनले उत्कृष्ट प्रर्दशन गर्दै इटालीलाई दबावमा राख्न सफल भएको थियो। तर, पेनाल्टीमा चुक्दा स्पेन फाइनलमा पुग्न सकेन। खेलको ८० औं मिनेटमा गोल गरेर स्पेनलाई पेनाल्टी सुटआउट सम्मको अवसर दिलाएका अलभारो मोराटा निर्णायक पेनाल्टीमा चुके पछि स्पेन पराजित भएको हो। खेल पेनाल्टी सुटआउटमा जानुभन्दा पहिले फेडेरिको चियसाले खेलको ६० औं मिनेटमा गोल गर्दै इटालीलाई १ – ० को अग्रता दिलाएका थिए। उनले स्पेनका दुई जना डिफेन्डरलाई छलाउँदै पेनाल्टी बक्स भित्र बाट उत्कृष्ट गोल गरेका थिए। परिवर्तन भएर मैदान प्रवेश गरेका अल्वारो मोराटाले गोल गर्दै स्पेनलाई १ – १ को बराबरी दिलाए। उनले ८० औं मिनेटमा डानि ओल्मोले दिएको सुन्दर पासमा गोल गरेका थिए।
प्रतिस्प्रधात्मक खेलमा दुवै टिमले गोल गर्ने केही सुनौलो अवसर सिर्जना गरेका थिए। पहिलो हाफको २९ औं मिनेटमा डानि ओल्मोले प्रहार गरेको बल इटालीको गोलकिपरले बचाएका थिए। पहिलो हाफको अन्तिम समय ४५ औं मिनेटमा इटालीले गोल गर्ने सुनौलो अवसर पाएको थियो। किपर बिट भइसकेको अवस्थामा इटालीका इर्मसनले खालि पोष्टमा गोल गर्न चुकेका थिए। ५४ औं मिनेटमा सर्जियो बुस्केट्सले प्रहार गरेको बल गोलपोस्टको केही इन्चमाथि बाट बाहिरीएको थियो। ६८ औं मिनेटमा ब्राडीले प्रहार गरेको बल स्पेनका गोलकिपर उनाई सिमोनले बचाएका थिए।
अतिरिक्त समयको ९८ औं मिनेटमा स्पेनका डानि आल्मोको लङ रेञ्ज प्रहार गोलकिपरले बचाउन खोज्दा रिबाउण्डमा मोराटाले गोल गर्ने अवसर पाएका थिए। उक्त अवसरमा मोराटाले गोल गर्न सकेनन्। ११० औं मिनेटमा डोम्यानिको बाराडिले गरेको गोलले अफसाइडका कारण मान्यता पाएन।
सन् १९६८ मा पहिलो पटक विजेता बनेको इटाली दुई पटक सन् २००० र २०१२ मा उप विजेता बनेको थियो। यो सहित इटाली चौथो पटक युरोकपको फाइनलमा पुग्न सफल भएको छ। जितसँगै इटाली फाइनलमा प्रवेश गरेको छ। उपाधिका लागि इटालीले अब इंग्ल्याण्ड र डेनमार्कबीचको विजेतासँग आगामी सोमबार प्रतिस्प्रधा गर्ने छ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु