नेकपासम्बद्ध जनवर्गीय सङ्गठनद्वारा वैज्ञानिक समाजवाद अपरिहार्य भएको ठोकुवा

२०७८ असार ३ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विभिन्न जनवर्गीय सङ्गठनले निकम्मा, ढोंगी र असफल संसदीय व्यवस्थाको बिकल्पमा वैज्ञानिक समाजवाद अपरिहार्य बनेको ठोकुवा गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध १२ वटा जनवर्गीय सङ्गठनले समसामयिक विषयहरूमा आफ्नो घारणा सार्वजनिक गर्दै जारी गरेको प्रेस विज्ञप्तिमार्फत सो ठोकुवा गरेका हुन् ।
नेपाल कम्युनिस्ट पार्टीनिकट जनवर्गीय सङ्गठन अखिल नेपाल सुकुमबासी सङ्गठनका अध्यक्ष ओमप्रकाश पुन, अखिल नेपाल जनसाँस्कृतिक महासङ्घका अध्यक्ष माइला लामा, अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) की अध्यक्ष बन्धु चन्द, दलित मुक्तिमोर्चा, नेपालका अध्यक्ष डम्बरबहादुर विश्वकर्मा, अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) का अध्यक्ष चिरञ्जीवी ढकाल, अखिल नेपाल टे«ड युनियन महासङ्घका केन्द्रीय संयोजक विनोद थापा, युवा सङ्गठन नेपालका संयोजक पाटन जङ्गली, अखिल नेपाल किसान महासङ्घका अध्यक्ष हरि श्रेष्ठ, अखिल नेपाल जनस्वास्थ्य महासङ्घका अध्यक्ष टिकाप्रसाद कँडेल, अखिल नेपाल खेलकुद महासङ्घका अध्यक्ष जयन्द्र चन्द, राष्ट्रिय बुद्धिजीवी सङ्गठनका संयोजक व्यापक नेपाली र जनपत्रकार सङ्गठनका संयोजक शेरबहादुर विश्वकर्माले हस्ताक्षर गरेको उक्त विज्ञप्ति यस प्रकार रहेको छ – ” हाम्रो महान्‌ तथा जनप्रिय पार्टी नेपाल कम्युनिस्ट पार्टी र पार्टी संबद्ध हामी जनवर्गीय/ मोर्चा संगठनहरू आफ्नो स्थापनाकाल देखि नै राष्ट्र र आमजनताको वास्तविक मुक्तिका लागि बलिदानीपूर्ण संघर्ष गर्दै आइरहेको कुरा सर्वविधितै छ । जनता र राष्ट्रको क्रान्तिप्रतिको उत्कट चाहनालाई र रछ्यानमा फालिदिएका संसदवादीहरू सत्ता स्वार्थका लागि अनेक धिनलाग्दा जाल, झेल, तिकडम र षड्यन्त्रमा तल्लिन हुन पुगेको कुरा दिनहुँ जसो उनीहरूले चाल्नेचाल – प्रतिचाल, राजनीतिक दाउपेच आदिले पुष्टी गरिरहेकै छ। यसर्थ निकम्मा, ढाँगी र असफल संसदीय व्यवस्थाको विकब्पमा वैज्ञानिक समाजवादअपरिहार्य बनेको छ । यसै सन्दर्भमा नेपालको समसामयिक विषयहरूमा आफ्नो घारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरेका छौँ ।
१. गत जेठ २८; गते तदानुसार 11 000८, 2021 का दिन भारतीय रक्षा मन्त्री राजनाथ सिंहले कथित ‘कैलाशा मानसरोवर मार्ग’ निर्माण बारे दिएको अभिव्यक्ति प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ। नेपाली भूमि मिचेर भैरहेको उक्त सद्घक निर्माण कार्य तत्काल बन्द गर्न हामी भारतीय साम्राज्यवादी शासकहरूलाई चेतावनी दिन चाहन्छौँ ।
२ देशका सम्पूर्ण नागरिकहरूलाई व्यापक कोभिड परिक्षण गर्न, सर्वसुलभ रूपमा खोप उपलब्ध गराउन, बिरामीको निशुब्क उपचार गर्न, निधन भएका परिवारलाई राहत, कोभिड्का कारण रोजगारी/आय गुमाएका तथा विदेशबाट स्वदेश फर्केका वेरोजगार युवाहरू तथा गरिब मजदुरलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग जोडदार माग गर्दछौँ ।
३ सिन्धुपाब्चोक, मुस्ताङ, चितबन, नवलपरासी लगायत देशभर बाढी, पहिरो तथा डुवानमा परि ज्यान गुमाएकाहरू प्रति श्रद्धाञ्जली व्यक्त गर्दछौ साथै घाइते भएका नागरिकहरूलाई यथाशिघ उपचार गर्न, पिड्ितहरूलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन र तत्काल उद्दारकार्यमा लाग्न सरकारसँग जोडदार माग गर्दछौँ । सम्पूर्ण जनवर्गीय संगठनका नेता कार्यकर्ता तथा आमजनसमुदायललाई उद्दार तथा राह्तको कार्यमा दुढताका साथ जुट्न विशेष अपिल समेत गर्दछौ ।
४ कोभिड्को माहामारीको समयमा निरामीहरूमाथि आर्थिक शोषण गर्ने, स्वास्थ्य सामाग्री तथा औषधिमा महङ्गी तथा कालाबजारी गर्ने निजी अस्पताल, औषधि बिक्रेता लगायतका मेडिकल माफियाहरूलाई तत्काल कारवाही गर्न र झापा, सर्लाही, भ्याली लगाएत देशका विभिन्न जिल्लामा राज्यका तर्फबाट भूमिहीन सुकुम्बासी माथि भैरहेको अतिक्रमण, दमन र ज्यादती तुरुन्त बन्द गरी सुकुम्बासीहरूलाई उचित बसोबासको ग्यारेन्टी गर्न सरकारसँग जोद्डदार माग गर्दछौँ ।
५ पटक-पटक पेट्रोलियम पदार्थ, खाच्च वस्तु, लत्ताकपडा लगायतमा भैरहेको मूब्य वृद्धि, कालाबजारी, तस्करीको नियन्त्रण गरी यस्ता कार्यमा संलग्नहरूलाई तत्काल कढ्डा कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।
६ केही दिन अघि सुर्खेतमा राउटे समुदायका किशोरीहरूमाथि भएको यौन दुर्व्यवह्वारको घटनाको हामी घोर निन्दा एंव भर्त्सना गर्दछौँ । त्यो अपराध कार्यमा संलग्नहरूलाई हदैसम्मको कारवाही गर्न र असुरक्षित भएका राउटे समुदायका किशोरीहरूको सुरक्षाको ग्यारेन्टी गर्न, राउटे समुदायको खाद्यान्न ,आवास, शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको व्यवस्था गर्न, साथै सम्पूर्ण महिलाहरूमाथि भइरह्बेको बिभिन्न प्रकारका हिंसा रोवन सरकारसँग जोड्धदार माग गर्दछौँ ।
७ कोभिड्-१९ को कारण नराम्रोसँग थला परेका अभिभावक/विद्यार्थीहरूसँग निजी स्कुल, कलेज आदि डौँक्षिक संस्थाहरूले शुब्क तिर्न दबाब दिने कार्य गरिरहेको प्रलि हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । संकटको समयमा समेत रकम नबुझाएकै कारण विद्यार्थीलाई निष्काशन गर्ने लगायतका अनैतिक कार्य गर्ने निजी शैक्षिक संस्थाहरूको यस्ता हर्कत उपर कठोरता पूर्वक कारवाही गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।
८ हजारौ वर्षदेखि बर्णाश्रम जातीय बिभेद एवं छुवाछूत भोग्दै आएका उत्पीडित दलित समुदाय माथि यो कोभिड्(१९)को महामारीको अवधिमा पनि ज्यादतीका घटनाहरू जारी रहे । ‘झापा, भोजपुर, रौतहट, सिन्धुपान्चोक र रोल्पालगायतका जिल्लामा हालै भएका विभद र हत्या गर्ने सम्मका ज्यादतीपूर्ण घटनाको हामी घोर भत्सर्ना गर्दै उक्त घटनाजको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही, पीडितलाई न्याय र क्षतिपूर्तिका लागि हामी नेपाल्ल सरकारको गम्भिर ध्यानाकर्षण गराउन चाहन्छौ ।
९ नेपाल सरकारले नीति तथा कार्यक्रम एवं बजेट मार्फत नेपालको ढुङ्गा, गिट्टी र बालुवा निकासी गरी व्यापार घाटा पूर्ति गर्ने जस्तो हल्का एवं गैरजिम्मेवार निर्णय गरी प्राकृतिक श्रोत साचन एवं चुरे क्षेत्र दोहनको गम्भीर खतरा उत्पन्न गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यस प्रकारको गलत तथा बातावरण एवं जनविरोधी निर्णय तत्काल फिर्ता गर्न हामी नेपाल सरकार समक्ष जोडदार माग गर्दछौँ ।”

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु