भाजपाका नेता राकेश पण्डितको गोली हानि हत्या !

२०७८ जेष्ठ २० गते, बिहीबार


काठमाडौ । भारतको जम्मू–कश्मीरको पुलवामा जिल्लामा भारतीय जनता पार्टीका एक जना नेताको गोली हानी हत्या गरिएको छ । संदिग्ध चरमपन्थी समूहका तीन व्यक्तिले भाजपा पार्षद राकेश पण्डितलाई गोली हानेका हुन् । यो घटना पुलवामा जिल्लाको त्राल पायीन क्षेत्रमा भएको हो । गोली लागेलगत्तै घाइते भएका नेता पण्डितलाई अस्पताल लगिएपनि चिकित्सकहरुले मृत घोषणा गरे । सुरक्षा गार्डबिनै आफ्ना साथीलाई भेट्न गएका बेला नेता पण्डितमाथि आक्रमण भएको हो । – एजेन्सी

प्रतिक्रियाहरु