युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि चेल्सीलाई

२०७८ जेष्ठ १६ गते, आईतवार


काठमाडौँ । युरोपियन च्याम्पियन्स लिग फुटबलको उपाधि इंग्लिस क्लब चेल्सीले जितेको छ । गएराति पोर्चुगलमा भएको फाइनल खेलमा अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीलाई १–० ले हराउँदै चेल्सी च्याम्पियन बनेको हो । खेलमा चेल्सीलाई विजयी गराउन जर्मन खेलाडी काइ हाभर्ट्जले निर्णायक गोल गरे । खेलको ४३ औं मिनेटमा मेसन माउण्टको पासमा हाभर्ट्जले गोल गरेका हुन् ।
चेल्सीले च्याम्पियन्स लिगको उपाधि जितेको यो दोस्रो पटक हो । यस अघि चेल्सीले सन् २०१२ मा उपाधि जितेको थियो । पहिलो पटक फाईनलमा पुगेको सिटी भने उपाधि जित्न असमर्थ रह्यो । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु