सकुन्जेल मोज गर

असल क्षेत्री २०७८ बैशाख ३० गते, बिहीबार


·
तिमी सरकार फेर
तिमी कुर्सि पनि फेर
तिमी मन्त्री फेर
तिम्रो भ्रष्टाचार गर्ने अबधि सकियो
अर्को भ्रस्टलाइ पालो देउ
तिम्रो दलालि गर्ने अबधि सकियो
अर्को दलाललाइ पालो देउ
तिमीले लुट्ने दिन सकियो
अर्को लुटाहालाइ पालो देउ
जनता त चुनाबमा न चाहिन्छन
जनतालाइ त लाठि देउ, बुट देउ
अक्सिजन नपाएर मरिरहेका जनतालाइ
मर्न देउ, आखिर तिम्रो के नै जान्छ र ?
स्याल गिद्द मरे झै मर्न देउ
किरा कारि मरे झै मर्न देउ ।
आखिर तिमि बाचि हाल्छौ
तिमीलाई
जनता हैन चाहिएको
कुर्सि चाहिएको छ
सान मान र अभिमान चाहिएको छ
सुख सयल मोज मस्ति चाहिएको छ
त्यसका लागि
तिमीले सब दाउमा लगाउ
आमाको अस्मिता लुटिन देउ
बैनिको बेइज्जत हुन देउ
छोरी बलत्कृत हुन देउ
आखिर तिम्रो के नै जान्छ र
तिमी नेता न हौ
मन्त्री हौ
साम्सद हौ
यहा सबै तिम्रै चल्छ
आलो पालो गरेर लुट
आलोपालो गरेर खाउ
आलोपालो गरेर कुर्सिमा बस
जोडघटाउ मिलाएर बस
प्रभुको पुकारमा बस
आखिर तिमी साम्सद हौ
आखिर तिमी मन्त्री हौ
यहा सब तिमै चल्छ
बस तिम्रै चल्छ
सकुन्जेल मोज गर
बाचुन्जेल मोज गर

प्रतिक्रियाहरु