‘कोरोना संक्रमितको उपचार व्यवस्थालाई प्रभावकारी र प्रयाप्त बनाउ’

२०७८ बैशाख २५ गते, शनिबार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कोरोना भाईरसबाट तिव्र रुपमा संक्रमित र आजित नेपाली जनताको उपचार व्यवस्थालाई प्रभावकारी र प्रयाप्त बनाउन सरकारको गम्भिर रुपमा ध्यानाक्रषर्ण गराएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले शनिबार एक बिज्ञप्तिमार्फत सो ध्यानाक्रषर्ण गराउदै नत्र नेपाली जनताले पहल लिनु पर्ने वाध्यात्मक अवस्था सृजना हुने समेत बताएका छन ।
प्रवक्ता प्रकाण्डले नेपाली जनताको आधारभूतआवश्यकता र मौलिक हकको प्रतिनिधित्व गर्ने देशको स्वास्थ्य क्षेत्र दलाल पूँजीवादी राज्यव्यवस्थाको चरित्रका कारण जनविरोधी, असक्षम, भ्रष्टाचारी, कमिशनखोरी, कालो बजारी, व्यापारीकरण र कृतिम अभाव सृष्टि गर्ने अखडा बन्न पुगेको ठोकुवा गर्दै हिजो आज राष्ट्रियरुपमा देखा परेका करोडौंको कमिशनको खेलमा कोरोना भाईरसको भ्याक्सीन आपूर्तिमा अवरोध, स्वास्थ्य सामाग्रीमा डरलाग्दो मूल्यवृद्धि, अक्सीजनमा कालो बजारिया, कोभिड १९का विरामीहरुको उपचारको अभाव र अस्त व्यस्तता त्यसैका कहाली लाग्दा घटनाहरु बताएका छन । उनले नेपाली जनताको जीवनमा आइलागेको संकटपूर्ण अवस्थामा उपरोक्त प्रकृतिका डर लाग्दा घटना घटाइनुले दलाल पूँजीपतिवर्गको संसदीय व्यवस्था नेपाली श्रमजीवी जनताको न प्रतिनीधीत्व गर्न सक्छ न त प्रयाप्त नै छ भन्ने कुराको फेरी पनि अन्तीम रुपमा पुष्टि भएको बताउदै दलाल संसदीयव्यवस्थाको परिवर्तन र नेपाली जनताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अनिवार्य बन्न गएको ठोकुवा समेत गरेका छन ।
यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले जारी गरेको प्रेस विज्ञप्तिको पूर्ण विवरण यस प्रकार रहेको छ – “कोरोना भाईरसको दोश्रो चरणको विपत्तिले पहिलो चरणलाई माथ गर्ने गरी नेपाली समाजलाई आतंकित, युद्ध स्तरमा संक्रमीत र क्षिति पु¥याई राखेको छ । परिणमतः जनताले प्रतिदिन दर्जनौंको संख्यामा मृत्यु वरण गर्नु परेको छ । अक्सिजन, वेड, आधारभूत औषधी र उपचार व्यवस्था नपाएर ज्यान गुमाउने जनताको संख्या पनि ठूलो मात्रामा पुगेको छ । सर्वप्रथम कोरोना भाईरसको संक्रमण्बाट ज्यान गुमाउनु भएकाहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछौं । उहाँहरुका आफन्त जन प्रति शोकाकुल घडीमा हार्दिक समवेदना व्यक्त गर्दछौं ।
नेपाली जनताको आधारभूत आवश्यकता र मौलिकहकको प्रतिनिधित्व गर्ने देशको स्वास्थ्य क्षेत्र दलाल पूँजीवादी राज्यव्यवस्थाको चरित्रका कारण जनविरोधी, असक्षम, भ्रष्टाचारी, कमिशनखोरी, कालो बजारी, व्यापारीकरण र कृतिम अभाव सृष्टि गर्ने अखडा बन्न पुगेको छ । हिजो आज राष्ट्रियरुपमा देखा परेका करोडौंको कमिशनको खेलमा कोरोना भाईरसको भ्याक्सीन आपूर्तिमा अवरोध, स्वास्थ्य सामाग्रीमा डरलाग्दो मूल्यवृद्धि, अक्सीजनमा कालो बजारिया, कोभिड १९का विरामीहरुको उपचारको अभाव र अस्त व्यस्तता त्यसैका कहाली लाग्दा घटनाहरु हुन । नेपाली जनताको जीवनमा आइलागेको संकटपूर्ण अवस्थामा उपरोक्त प्रकृतिका डरलाग्दा घटना घटाइनुले दलाल पूँजीपतिवर्गको संसदीय व्यवस्था नेपाली श्रमजीवी जनताको न प्रतिनीधीत्व गर्न सक्छ न त प्रयाप्त नै छ भन्ने कुराको फेरी पनि अन्तीम रुपमा पुष्टि भएको छ ।यसर्थ दलाल संसदीय व्यवस्थाको परिवर्तन र नेपाली जनताको प्रतिनिधित्व गर्ने वैज्ञानिक समाजवादी व्यवस्थाको स्थापना अनिवार्य बन्न गएको छ ।
देश र जनताको जीवनमा महाविपत्ती आउदा राज्यका संचालकहरुले देशको सम्पूर्ण साधन, श्रोत र शक्ति लगाएर संरक्षण गर्नु उसको अहंदायीत्व हुन्छ । समाजका प्रत्येक सदस्यहरुले आफ्नो क्षमता र संभावनाहरुको प्रयोग गरी विपत्तीका विरुद्ध लड्नु पर्छ । वडो विडम्बना जनतालाई आपत परेको बेला त्यसको नाममा भ्रष्टाचार, कमिशन, कालोबजारी र अनियमिततागर्ने तत्वहरु जुनसुकै रुप र रंगका भए पनि देश रजनताका निम्ति अपराधी नै हुन । यी अपराधीहरुलाई ठाउँका ठाउँ कारबाही गरी कोरोना भाईरसबाट तिव्र रुपमा संक्रमित र आजित नेपालीजनताको उपचार व्यवस्थालाई प्रभावकारी र प्रयाप्तबनाउन हाम्रो पार्टी नेपालसरकारको गम्भिर रुपमा ध्यान आक्रषर्ण गराउदछ । नत्र नेपालीजनताले पहललिनु पर्ने वाध्यात्मक अवस्था सृजना हुने छ ।
जनताको जीवनमा संकट र आपत आई लागेको यो घडीमा पार्टीका सम्पूर्ण नेता र कार्यकर्ताहरुलाई जनताको सेवामा समर्पित हुन आह्वान पनि गर्दछौं । शाहास, सतर्कता र पारस्पारिक सहयोगका माध्यमबाट कोरोना भाईरसका विरुद्ध संघर्ष गर्न आम नेपालीजनतामा हार्दिक अपिल गर्दछौं । “

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु