निषेधाज्ञा र मजदुरको जीवन

२०७८ बैशाख १६ गते, बिहीबार


अहिले संसार नै कोरोना नामक सरुवा , घातक महामारी ले ग्रसित छ। दैनिक हजारौ मान्छेहरु कोरोनाका कारण यस धर्ति छोडी अकाल मै मर्ने गर्छन्। त्यसैगरि नेपालमा पनि अहिले कोरोनाले यहाँ दैनिक जीवन चलाउन धौ धौ हुने मजदूर वर्गले बढ्दो समानको मूल्य र पैसाको अभावले ढाड सेक्नु पर्ने पिडा रहेको छ। “काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या २ हजार नाघ्‍यो ” भन्ने समाचारले हामी सबैलाइ त्रसित बनाएको छ।
एकजना भारी बोक्दै एक छाक रोटिको लागि खटिरहने बुवालाइ सोध्धा , उहाले मलिन हुदै ‘रोग र भोकको त्रास बोकेर काठमाडौंमा बस्न सकिएन’ भनेर बस पार्क मा बस चढ्नुभयाे। हिजो सम्म दिन रात , त्यो चर्को घाम मा खटिरहने मजदूरहरुलाइ भोलि अर्थात् बैसाख १६ ,२०७८ ले फेरी पनि आफु लाइ बेरोजगार र गरिबी को चपेटामा धकलिरहेको छ।

हे सरकार !!यति हुदा हुदै पनि किन तिमि मौन हुन्छौ ? झन् मध्यम वर्गका मान्छेहरुले करारमा जागिर पनि फेरी फुत्किने हो कि ? भनेर छुट्टै पिडा रहेको छ। मध्यम वर्गका मान्छेहरुलाइ राहत माग्न नि निकै गारो रहेको छ। ” प्रधानमन्त्री रोजगारी ” को बजेट यता आफ्नो रोजगारी गुमाउने मजदूर वर्ग लाइ दिदा “सुनमा सुगन्द नै हुन्थ्यो। ” यहि नै सुनौलो अवसर हो , जनता र प्रतेक नागरिकको मन जिती अर्को चुनाबमा उच्च मतले सत्तामा आउने।

कसैले , हे “कान मा तेल “हालेको सरकारलाइ मजदूरको पनि आफ्नो परिवार हुन्छ भनेर सम्झाइ देउ। आफ्नो शरीरबाट खल खल पसिना र पाखुरा ले हामी सबैलाइ अन्न खुवाउने ” किसान ” लाइ पनि राहत दिन निकै जरुरि छ। झन् अबको निषेधाज्ञाले कैयौ तरकारीहरु बारी मै नस्ट हुने सम्भावना छ। जसका कारण , काठमाडौँमा तरकारीको मूल्य वृद्धि भइ कालो बजारीको सिकार ति ” मजदूर र मध्यम वर्ग “का मानिसहरु पर्ने छन्।

यी सबै बाट बच्न र देशको अर्थ तन्त्र जोगाउन सरकार र सम्पूर्ण प्रदेशले एकचोटी गम्भीर भएर सोच्नै पर्ने छ। यसका बैकल्पिक बिधि हरु प्रयोग गरि फेरी पहिलेको जस्तो निषेधाज्ञा मा एक छाक खान नपाएर सडक को पेटी मा सुत्ने , त्यो पिडा , रोधन हरु हामी सम्पूर्ण ले देख्न नपरोस्, यति , बिन्ति गर्छु ।

प्रतिक्रियाहरु