कालीकोटमा प्रतिरोध दिवस : ८५ वर्षीय प्याउकला विकलगायत सम्मानित

२०७७ चैत्र २७ गते, शुक्रबार


काठमाडौँ । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) ले कालीकोटको बिथलडाँडामा निशस्त्र महिलाहरूले सशस्त्र प्रहरीको हातबाट राईफल खोसेर जनमुक्ति सेनालाई बुझाएको एउटा ऐतिहासिक सन्र्दभको दिन २०५४ साल चैत्र २६ को सम्झना गर्दै प्रतिरोध दिवस मनाएको छ। नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले यसपटक कालीकोटको माल्कोट बिथलडाँडामा निशस्त्र महिलाले सशस्त्र प्रहरीको राईफल खोसेर पार्टीलाई बुझाएको २४ औँ प्रतिरोध दिवसको दिन एक कार्यक्रम आयोजना गरी मनाएको छ । सो कार्यक्रममा महिला संघ (क्रान्तिकरी) ले ८५ वर्षीय प्याउकला विकसहित ६ जना महिलालाई एक/एक कोरियन कम्मल, सल र प्रशंसा पत्रले सम्मान् गरेको थियो । २६ वर्ष अघि सशस्त्र प्रहरीका राइफल खोसेर जनमुक्ति सेनालाई बुझाउँने महिलाहरूलाई अखिल नेपाल महिला संघ (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष बन्दु चन्दले सम्मान् गरेकी हुन् । ति साहसी महिलाहरूलाई उच्च सम्मान् गर्दै अध्यक्ष चन्दले भनिन्, ‘जुन सपना बोकेर हजारौँ सहिद बने, घाइते भए र वेपत्ता भए त्यो सपना प्रचण्डका कारण पूरा हुन सकेन । अब हाम्रो पार्टी नेकपाले एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत अधुरा सपनाहरू पूरा गर्नेछ ।’
बिहीबार आयोजित उक्त सम्मान् कार्यक्रमका विशेष अतिथि नेकपाका केन्द्रीय सदस्य एटम बिसीले संसदीय व्यवस्था असफल भइसकेकोले वैज्ञानिक समाजवाद अनिवार्य भएको बताए ।
कार्यक्रममा पुर्व सभासद एवम् अनेमसंघ (क्रान्तिकारी) का केन्द्रीय उपाध्यक्ष धिरिन्द्रा उपाध्याय, नेकपाका व्युरो सदस्य विराट, जिल्ला इन्चार्ज रणदिप, जिल्ला सेक्रेटरी साहसी लगायत उपस्थित थिए । कार्यक्रमको अध्यक्षता अनेमसंघ (क्रान्तिकारी) की व्युरो संयोजक शान्ति विकले गरेकी थिइन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु