‘ने.क .पा. को नीति संसदीय ब्यवस्थाले उत्पन्न गरेको समस्यालाई अग्रगामी समाधान दिनु हो ‘

२०७७ चैत्र १९ गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले अबलम्बन गरेको नीति संसदीय ब्यवस्थाले उत्पन्न गरेको समस्यालाई अग्रगामी समाधान दिनु भएको बताएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले बिहिबार काठमाडौँ उपत्यका व्युरोस्तरिय कार्यकर्तालाई प्रशिक्षण दिदैँ सो कुरा बताएका हुन् । प्रवक्ता प्रकाण्डले एकिकृत जनक्रान्तिको विकसित संघर्षको स्वरुप राजनैतिक अवस्थाको परिणाम सरकारसँगको ३ बुँदे सहमति भएको बताउदै मुलुकको जटिल राजनैतिक परिस्थिति संकटको अग्रगामी निकास र जनचाहना अनुरुपको निकासका निम्ति पार्टीले अबलम्वन गरेको नयाँ नीति अनुसार सरकारसँग वार्ता र सहमति भएको ठोकुवा गरे ।
प्रवक्ता प्रकाण्डले राष्ट्रिय मुक्ति र जनमुक्तिका लागि जनक्रान्तिमा इमान्दारितापूर्वक लामबद्ध हुन कार्यकर्ताहरुलाई निर्देशन दिदै पार्टीले अबलम्बन गरेको नीति संसदीय ब्यवस्थाले उत्पन्न गरेको समस्यालाई अग्रगामी समाधान दिनु भएको समेत ठोकुवा गरे ।
प्रवक्ता प्रकाण्डले जनताको अपेक्षा पुरा गर्न पार्टीले राष्ट्रिय राजनीतिको मुख्य जिम्मेवारी काँधमा लिनुपर्ने अवस्था उत्पन्न भएको धारणा राख्दै सोही जिम्मेवारीका साथ पार्टी वार्ता र सहमतिमा आएको उल्लेख गर्दै सरकार र नेकपाबीचको वार्ता र सहमतिले फाइदा पुगेपछि दलाल पुँजीवादीहरु यसलाई ‘सेवोटेज’ गर्ने षड्यन्त्रमा लागि परेकाले सबै चनाखो भएर अघि बढ्नुपर्ने बताए ।
सो प्रशिक्षण कार्यक्रममा नेकपाका सल्लाहकार समितिका अध्यक्ष असारे काका एकिकृत जनक्रान्तिका घाइते योद्धा सुेरन्द्र महर्जनले पनि परिवर्तित राजनैतिक अवस्था र पार्टीको जिम्मेवारीबारे आ–आफ्नो धारणा राखेका थिए । नेकपाका उपत्यका इन्चार्ज मिलनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेकपा काठमाडौँ इन्चार्ज शरद रसाइलीले स्वागत र नेकपा नुवाकोट इन्चार्ज सविता तामाङले सञ्चालन गरेकी थिइन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु