ने.क.पा. र क्रान्तिकारी माओवादी कार्यदलको बैठक सम्पन्न

२०७७ चैत्र १५ गते, आईतवार


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी र नेकपा (क्रान्तिकारी माओवादी)को कार्यदलको बैठक सम्पन्न भएको छ । सो बैठकमा नेपाल कम्युनिस्ट पार्टीको तर्फवाट प्रवक्ता प्रकाण्ड र मिलन ,नेकपा (क्रान्तिकारी माओवादी)को तर्फवाट स्थायी समिति सदस्य गौरब र बसन्त सहभागी भएको बताइएको छ। सो बैठकको एजेण्डामा कम्युनिस्ट पार्टीको एकीकरण एबम् ध्रुविकरण र रणनैतिक संयुक्त मोर्चा रहेको थियो। यी दुई एजेन्डा मध्ये आजको बैठकमा कम्युनिस्ट पार्टीको एकीकरण एबम् ध्रुविकरणका बिषयमा छलफल भएको बताइएको छ। सो छलफलमा नेपालको कम्युनिस्ट आन्दोलन , बिश्व कम्युनिस्ट आन्दोलन , उत्तर साम्राज्यवाद , बिश्व परिवेस , नेपालको बर्तमान परिस्थिति र दलाल पुँजीवाद , नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक कार्यदिशा बैज्ञानिक समाजवाद र सैन्य कार्यदिशा एकीकृत जनक्रान्ति , कम्युनिस्ट पार्टीको निर्माण , नेतृत्वको सवाल , क्रान्तिको नेतृत्व र देशंको क्षेत्रमा पार्टीले गरेको बिकास बारे नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र मिलनले आफ्नो बिचार राखेको बुझिएको छ।
यसैगरी , उक्त बैठकमा नेकपा (क्रान्तिकारी माओवादी)को नीति , नेपाल कम्युनिस्ट पार्टीले राखेको बिषयबस्तु र बैठकको सुन्दरभाब लगायतका बिषयमा नेकपा (क्रान्तिकारी माओवादी)का स्थायी समिति सदस्य गौरब र बसन्तले आफ्नो बिचार राखेका थिए।
आजको बैठकको छलफल प्रभाबमुलक र सकारात्मक रहेको बताइएको छ भने छिट्टै बस्ने अर्को बैठकमा रणनैतिक संयुक्त मोर्चाको बिषयमा छलफल हुने बताइएको छ।

प्रतिक्रियाहरु