टोकियो ओलम्पिक र पाराओलम्पिकमा विदेशीलाई प्रवेश निषेध

२०७७ चैत्र ८ गते, आईतवार


काठमाडौं । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी र पाराओलम्पिक कमिटीले जापानमा आयोजना हुने टोकियो ओलम्पिक र पाराओलम्पिकमा विदेशी समर्थकलाई रंगशाला प्रवेशमा निषेध गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै विदेशी समर्थक अनुमति नदिने निर्णय गरिएकोे हो । कोरोनाको कारण एक वर्ष सरेको टोकियो ओलम्पिक जुलाइ २३ देखि अगस्ट ८ सम्म हुनेछ । विभिन्न खेलको प्रतिस्पर्धा जुलाई २१ बाट नै सुरु हुनेछ । जसमा फुटबल र बेसबल रहेको छ । पाराओलम्पिकको औपचारिक उद्घाटन भने जुलाई २३ मा हुनेछ । ओलम्पिकमा ३३ खेलमा कुल ३ सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । – एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु