खुल्ला पुरुष भलिबल प्रतियोगिता हुँदै

२०७७ फाल्गुन १२ गते, बुधबार


काठमाडौं । नेपाल गणतान्त्रिक खेलकुद महासंघको आयोजनामा यहि फागुन १५ देखि १८ सम्म दाङमा खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । सबैका लागि खेलकुद, खेलकुदमा वैज्ञानिक नयाँ संरचना र आमूल परिवर्तन भन्ने मूल नाराका साथ दाङकाे तुलसीपुरको अरनिको मैदानमा खुल्ला भलिबल प्रतियोगिता सञ्चालन गर्न लागिएको हो । भलिबल प्रतियोगिताको माध्यमबाट नयाँ क्षमता र प्रतिभाहरु प्रस्फुटन हुने एवम् खेलकुद विकासमा प्रतियोगिताले महत्वपूर्ण भुमिका निर्वाह गर्ने उद्देश्य रहेको नेपाल गणतान्त्रिक खेलकुद महासंघका महासचिव विनोद चन्दले बताए । उनले प्रतियोगितामा सहभागी हुने प्रत्येक समुहलाई ५ हजार दर्ता शुल्क लाग्ने समेत बताए ।
सो प्रतियोगितामा प्रथम हुने समुहलाई नगद १ लाखसहित शिल्ड मेडल, प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । यस्तै दोस्रो हुने समुहलाई ५० हजार, तेस्रो हुने समुहलाई २५ हजार र चौथो हुने समुहलाई १५ हजार रुपैया नगद शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । यस्तै प्रतियोगितामा उत्कृष्ट खेल खेल्ने एक जनालाई सम्मान स्वरुप ५ हजार प्रदान गरिनेछ । उत्कृष्ट स्पाइकर, उत्कृष्ट सेटर, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट क्विकरलाई सम्मान स्वरुप ३/३ हजार रुपैयाले सम्मान गरिने महासंघले जनाएको छ ।
तुलसीपुरको अरनिको मैदानमा प्रतियोगिताको फागुन १५ गते हुने उद्घाटन कार्यक्रममा उपस्थितिका लागि महासंघले सबै खेलप्रेमी जनसमुदायमा अपिल समेत गरेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु