प्रधानमन्त्री कप महिला क्रिकेट शुरु

२०७७ पुष ११ गते, शनिबार


काठमाडौं। प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि दाङको देउखुरीमा शुरु हुँदैछ । प्रतियोगिताको उदघाटन खेलमा लुम्बिनी र प्रदेश नम्बर दुई बीच प्रतिस्पर्धा हुँदैछ । आजै दिउँसो अर्को खेलमा विभागीय टिम सशस्त्र र कर्णाली प्रदेशविच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा सात प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता छ ।
सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा एपीएफ, प्रदेश नम्बर दुई, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । समूह ‘बी’ मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश नम्बर एक रहेका छन् ।
प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । समूह चरणका खेल पुस १६ सम्म चल्ने छन् । समूह चरणको खेलपछि दुबै समूहका शीर्ष दुई दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनल पुस १९ मा हुने छ । मंसिरमा सम्पन्न १३ औं दक्षिण एसियाली खेलकुदपछि महिला क्रिकेट टोलीले पहिलो ठूलो प्रतियोगिता खेल्न लागेका हुन ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु