उत्तर कोरियावाट सिक्नुपर्ने कुराहरु

२०७७ कार्तिक ३ गते, सोमबार
विष्णु पन्त

१. उत्तर कोरियाको इतिहासमा त्यो रात

यही अक्टुबर १०, २०२० तदअनुसार असोज २४, २०७७ शनिबार जनवादी गणतन्त्र उत्तर कोरियाको इतिहासमा एउटा नयाँ विजयोत्सवको आभास भयो । सत्तारुढ वर्कस पार्टीको ७५ औं स्थापना दिवस वा पार्टीको ७५ औं जन्मदिनको अवसरमा उत्तर कोरियाले एउटा विशाल सैन्य प्रदर्शन ग-यो । उत्तर कोरियाको क्रान्तिको इतिहासमा वर्कस पार्टीको स्थापना त्यसले सुरु गरेको वर्गसंघर्ष र निरन्तर क्रान्तिको यात्राले सम्पूर्ण विश्व जगतलाई नै चकित पार्दै आएको छ । किम इल सुङ्गको नेतृत्वमा भएको क्रान्तिले सशक्त उत्तर कोरियालाई जन्माएको हो । किम इल सुङ्गको विचारले उत्तर कोरियालाई स्वाधीन, स्वतन्त्र र मुक्त बनाएको हो । आज उत्तर कोरियामा राष्ट्रपति किम जोङ उन छन् र, उनले क्रान्तिकारी यात्राको नेतृत्व गरीरहेका छन् ।

१.१ उत्तर कोरियाको सैन्य परेडमा देखिएको विशाल र भीमकाय क्षेप्यास्त्र

सत्ताधारी वर्कस पार्टीको ७५ औं स्थापना दिवस वा वर्षगाँठको अवसरमा उत्तर कोरियाको राजधानी प्योङ्गयाङमा एउटा विशाल सैन्य परेडको प्रदर्शन गरियो । सैन्य परेडमा प्रदर्शन गरिएको विशाल र शक्तिशाली क्षेप्यास्त्र देखेर समग्र विश्वको सैन्य विज्ञानमा नयाँ हलचल मच्चियो । बीबीसीले भनेको छ, ‘उत्तर कोरियाले सार्वजनिक गरेको नयाँ बलिस्टिक क्षेप्यास्त्र र त्यसको भीमकाय आकार देखेर विश्वभरका अनुभवी विश्लेषक अस्त्रविज्ञहरु समेत चकित भएका छन् ।’ उत्तर कोरियाले उक्त सैन्य परेडमा प्रदर्शन गरेको अन्तरमहादेशीय बलिस्टिक क्षेप्यास्त्र (आइसीबीएम)को आज विश्वभर चर्चा भइरहेको छ । उत्तर कोरियासँग यस अघि नै परीक्षण भइसकेका दुईवटा ‘आरसीबीएम’हरु रहेका छन् । सन् २०१७ मा दुई पटक परीक्षण गरिएको ह्वासङ–१४ ले १० हजार किमी परसम्म प्रहार गर्न सक्छ । त्यसले एउटै परमाणिक वारहेडमार्फत् पश्चिमी यूरोपको लगभग सबै क्षेत्रमा र अमेरिकाको मुख्य भूमिको आधा जस्तो क्षेत्रमा प्रहार गर्न सक्छ । हवासङ–१५ पनि सन् २०१७ मै परीक्षण गरिएको थियो । जसले १३ हजार किमी क्षेत्रमा प्रहार गर्न सक्छ । थुप्रै अमेरिकी विश्लेषकहरुको भनाई सार्वजनिक भएको छ र उनीहरुले भनेका छन्, ‘पहिलेदेखि नै संघर्षरत अमेरिकी क्षेप्यास्त्र प्रणालीका लागि यो अर्को झड्का हुनेछ ।’ अमेरिकी अनुमानमा उत्तर कोरियाले १२ वटासम्म आईसिबीएमहरु प्रहार गर्न सक्छ । पछिल्लो पटक प्रदर्शन गरिएको विशाल क्षेप्यास्त्रको क्षमता र विशेषताबारे अझै यकिन गर्न सकिएको छैन र यसले खासगरी अमेरिकी सैन्य विज्ञानमा ठूलो हलचल मच्चाइदिएको छ । अस्त्रविश्लेषक पेट्रिक नक्सले भनेका छन्, ‘किम जोङ उनले विश्वकै ठूलो मोबाइल न्यूक्लीयर मिसाइल बनाएका छन् जसले एक सेकेण्डमा अमेरिकी शहरलाई ध्वस्त बनाउन सक्छ र कम्तीमा १.५ मिलियन व्यक्तिलाई मार्न सक्छ ।’ यो नयाँ मिसाइलको नाम हवासङ–१६ राखिएको छ । उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनले उक्त मिसाइलको प्रदर्शन गरेका थिए ।

१.२ मध्यरातमा सैन्य परेड – सत्तारुढ वर्कस पार्टीको ७५ औं स्थापना दिवस वा वर्षगाँठको अवसरमा उत्तर कोरियाले विशाल सैन्य परेडको आयोजना ग¥यो । सो सैन्य परेड राजधानी प्योङ्गयाङ्गमा मध्य रातमा आयोजना गरिएको थियो । सैन्य परेडमा उत्तर कोरियाको झण्डाहरु फहराइएको थियो । सैन्य परेडमा उत्तर कोरियालाई कमजोर नठान्न र अपमान नगर्न चेतावनी दिइएको थियो । सैन्य परेडमा उत्तर कोरिया महान् छ भन्ने सन्देश दिइएको थियो । एक हिसाबले यो विषय उत्सवको रुपमा खुसी साटासाट गरिएको थियो । राष्ट्रपति किम जोङ उनले पार्टी र देशको गौरवपूर्ण इतिहासको व्याख्या गरेका थिए । यो सैन्य प्रदर्शनले उत्तर कोरियाको गौरवगाथालाई उजागर गरेको छ । सायद एउटा ठूलो युद्ध जिते र उत्तरकोरियाले उत्सव र हर्षबढाई गरेजस्तो आभाष हुन्थ्यो ।

१.३ राष्ट्रपतिको मार्मिक सम्बोधन – जब खुसीयाली, हर्षबढाई र आकाशबाजीका बीच राष्ट्रपति किमजोङ उन सम्बोधनका लागि मञ्चमा पुगे उनी एकाएक भावुक भए । उनले उत्तर कोरियाका देशभक्त जनता र सेनाको बलिदानको स्मरण गरे । उनले उत्तर कोरियाका संकटहरुको सामना गर्दा जनताले पाएको दुःख कष्टप्रति अनि बलिदानीप्रति दुःख व्यक्त गरे । कोरोना नियन्त्रणमा उत्तर कोरियाको सफलताले संसारलाई चकित पारेको छ । प्राकृतिक संकट, विश्व नाकाबन्दी र प्रतिबन्धसँग जुद्धै उत्तर कोरिया निर्धक्क उभिन सकेकोमा उनले गर्व गरे । जनताको आपूmप्रतिको अगाध विश्वास, सम्मान र ऐक्यबद्धताप्रति भावूक बन्दै उनले जनताको अपेक्षाअनुसार जीवनस्तर उकास्न नसकेकोमा क्षमा मागे । जब उनी सम्बोधन गर्दै थिए, उनका आँशु थामिएनन् र उनले चश्मा झिकेर आँशु पुछे । यो दृश्यले उपस्थित जनता र सेना सबै रोए र आँशु बगाए । सायद नेता जनताबीचको अगाध माया र विश्वासको अनौठो प्रस्फुटन थियो । धेरै विश्लेषकले भनेका छन्, ‘जनता र शासकबीचको एउटा अनुपम सम्बन्ध थियो ।’ नेता कस्तो हुनुपर्छ भन्ने यो एउटा उत्कृष्ट उदाहरण हो । जनताले झण्डा हल्लाएर र हुटिङ्ग गरेर किम जोङ उनप्रति गर्व गरिरहेका थिए ।

१.४ उत्तर कोरियामा कोरोनाको प्रभाव देखिएन – प्योङयाङमा भएको सैन्य परेडमा एउटा अनौठो दृश्य थियो । त्यहाँ कुनै मास्क लगाइएको थिएन । अर्थात् त्यहाँ कुनै कोरोनाको प्रभाव वा भय थिएन । उत्तर कोरिया कोरोना मुक्त छ भन्दा धेरै पश्चिमा विश्लेषकहरुले शंका गरेका थिए । सैन्य परेडका दृश्यले देखायो – त्यहाँ हजारौं र लाखौं मानिसले खुसीयाली मनाईरहेका थिए । त्यहाँ कोरोनाको कुनै भय थिएन । बाँकी विश्व कोरोनाको हटस्पट बन्दा उत्तर कोरिया भने स्वच्छन्द रुपमा उडिरहेको थियो ।

१.५ विद्यालय बालबालिको चुम्बन – राष्ट्रपति किम जोङ उनलाई सम्मान गर्ने कार्यक्रमअन्तर्गत फुल दिएर स्वागत गर्न गएका दुईजना विद्यालय बालिकामध्ये एकजनालाई उचालेर चुम्बन गरेको दृश्य भाइरल भएको छ । उनले फेसबुकमा एक टिप्पणी लेख्दै सो फोटो रोखका छन् र भनेका छन्, ‘विद्यालय बालबालिकाहरु भोलिका कोरियाका उत्तराधिकारी र भविष्यका निर्माणकर्ता हुन् ।’

उत्तर कोरियाका नेताहरुको विषयमा पुँजीवादी कुप्रचारहरु गरिएका थिए, त्यसले एक खण्डन भएको छ । किम जोङ उन क्रुर, तानाशाह र निरंकुश छन् भन्ने साम्राज्यवादी दुष्प्रचारलाई उनको व्यवहारले खण्डन गरिदिएको छ । कम्युनिष्टहरु जनताप्रति कतिसम्म बफादार र जिम्मेवार हुँदारहेछन् भन्ने तथ्यलाई प्रमाणित गरिदिएका छन् ।

२. साम्राज्यवादविरुद्वको प्रतिरोध युद्ध – उत्तर कोरियाका विरुद्व आज पनि नाकाबन्दी र प्रतिबन्ध जारी छ । उत्तर कोरियाविरुद्धको पुँजीवादी हमलाको एउटै कारण छ, त्यो हो उत्तर कोरियामा कम्युनिष्ट पार्टीको सरकार छ र त्यो समाजवादी बाटोमा अग्रसर छ । तर, उत्तर कोरियाले आत्मसमर्पणको बाटो रोजेन । उत्तर कोरियामा सत्तारुढ वर्कस पार्टीले आत्मसमर्पणको बाटो रोजेन । उत्तर कोरियाले संशोधनवादी र गद्दारीको बाटो रोजेन । उसले संघर्ष र प्रतिरोधको बाटो रोज्यो । उत्तर कोरियाली सेनाको फोटो राख्दै सर्वौच्च नेता किम जोङ उनले भनेका छन्, ‘साम्राज्यवादका विरुद्ध समाजवादी सेना परेडमा ।’ उनले अगाडि भनेका छन्, ‘साम्राज्यवादको प्रतिरोधबाटै आजको शक्तिशाली उत्तरकोरियाको विकास भएको हो ।’ उनले थपेका छन्, ‘पुँजीवादी र साम्राज्यवादी नाकाबन्दीको सामना गरेरै मात्र आजको स्वाधिन र आत्मनिर्भर उत्तर कोरियाको जन्म भएको हो । उनले भनेका छन्, ‘उत्तर कोरियाका जस्ता महान् र देशभक्त जनता अरु कुनै पनि देशमा छैनन् । हाम्रो जनताले हाम्रो कठिन र विषम परिस्थितिलाई बुझेर संघर्ष गरिरहेका छन् । हाम्रो जनताले हाम्रो महान् पार्टीलाई विश्वास गरेका छन् ।’ उनले अगाडि भनेका छन्, ‘हाम्रो क्रान्तिको बाटोमा जनताले आफ्नो रगत बगाउन तयार भएका छन् ।’

वास्तवमा आज उत्तर कोरियाको सैन्य शक्तिका अगाडि स्वंय अमेरिका पनि नाजबाफ भएको छ । अमेरिकालाई इँटाको जवाफ पत्थरले दिन सक्ने भएको छ । आफ्ना अन्तरमहादेशीय बेलिस्टिक क्षेप्यास्त्रको माध्यमबाट ऊ संसारकै शक्तिराष्ट्रमा उभिन सफल भएको छ । थुप्रै सैन्य विश्लेषकहरुले भनेका छन्– उत्तर कोरियालाई कसैले पनि नजरअन्दाज नगर्नु राम्रो हुनेछ । सर्वोच्च नेता किम जोङ उनले आफ्ना जनतालाई बधाई दिँदै भनेका छन्, ‘हाम्रा जनता र सेनाको अदम्य शाहस, उत्साह, तत्परता र विश्वासलाई हेरेर भन्न सकिन्छ हाम्रो समाजवादको भविष्य उज्जल छ र अर्को नयाँ विजय सन्निकट छ ।’ हुन पनि उत्तर कोरियाको संघर्ष अद्वितीय छ । उ कहिल्यै साम्राज्यवादी हमलाबाट ढलेन । उत्तर कोरियामा सत्ता उलटपुलट गर्न धेरै षड्यन्त्रहरु भए । वास्तवमा आफ्नो देशको इतिहास रच्नमा उत्तर कोरिया विश्वकै लागि नमुना हुनेछ । उत्तर कोरियाको विकासबाट दुईवटा महत्वपूर्ण संश्लेषण गर्न सकिन्छ ।

२.१ साम्राज्यवाद अपराजेय छैन – धेरैलाई लागेको थियो, अमेरिका सुपर पावर हो र उसलाई पराजीत गर्न सकिँदैन । उत्तर कोरियाले प्रमाणित गरेर देखाई दियो – साम्राज्यवादलाई परास्त गर्न सकिन्छ । उसले भनेको छ, ‘साम्राज्यवादको प्रतिरोध गर्न सकिन्छ ।’ उसले निष्कर्ष निकाल्यो – साम्राज्यवादको अन्तिम हतियार युद्ध हो र सैन्य बल हो । उसले संश्लेषण ग¥यो – समाजवादी सैन्य विकासबाट मात्र साम्राज्यवादलाई परास्त गर्न सकिन्छ । वास्तवमा आज उत्तर कोरिया सफल भएको छ । आज उत्तर कोरियासँग वार्तामा बस्न पाउनु अमेरिकाका लागि राम्रो समाचार बन्दैछ । उत्तर कोरिया एउट मजबुत समाजवादी केन्द्र बनोस्, यो सबैको शुभकामना छ ।

३.२ पु“जीवाद अस्वीकार्य छ – उत्तर कोरियाको वर्कस पार्टीले भनेको छ – पुँजीवाद अस्वीकार्य छ । उसले शक्तिशाली समाजवादको नारा लगाएको छ । धेरै विश्लेषकले भनेका छन् – उत्तर कोरियाको संघर्ष गर्वलाग्दो छ ।

३. उत्तर कोरियाबाट नेपालले के सिक्ने ? – खासगरी नेपालका असल कम्युनिष्टहरुले उत्तर कोरियाबाट सिक्नुपर्छ । उत्तर कोरियाले संश्लेषण गरेका दुईवटा सिद्वान्त छन् – १. साम्राज्यवाद अपराजेय छैन अर्थात् साम्राज्यवादलाई परास्त गर्न सकिन्छ । २. जुनसुकै बहानामा पुँजीवाद अस्वीकार्य छ । मेरो विचारमा यी दुई वटा संश्लेषणले मात्र कम्युनिष्टको परिचय दिन्छ । आजका सरकारी कम्युनिष्टको संश्लेषण हेरौं – १ सकिँदैन त्यसकारण पुँजीवाद । २. सकिँदैन त्यसकारण आत्मसपर्मण ।

प्रचण्ड र बाबुरामको बिडम्बना त्यही होइन र ? हामीले देखेका छौं, ओली–दाहालको गठबन्धन कता जाँदैछ ? उनीहरुको सिद्वान्त छ, नेपाललाई स्वाधीन बनाउन सकिँदैन । उनीहरु केही भारतको गुलाम त कोही अमेरिकाको गुलाम बनेर सत्ता चलाउने रणनीतिमा छन् । उनीहरुको मनोविज्ञान छ– मालिकलाई खुसी बनाएर नेपालको अस्तित्व बचाउनु पर्दछ ।

४. विप्लव र प्रकाण्डको नेतृत्वमा समाजवादी क्रान्ति – आजको दिनसम्म आउँदा पुँजीवादलाई अस्वीकार गर्ने नेताहरु हुन् विप्लव र प्रकाण्ड । साम्राज्यवादको प्रतिरोध गर्ने दृष्टिकोण केवल विप्लव र प्रकाण्डसँग मात्रै छ । आज क्रान्तिको लागि सैन्य तयारी कसले गरेको छ ? नेपालको राष्ट्रिय स्वाधिनताको लागि कसले तयारी गरेको छ ? विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीले नै प्रतिरोध युद्धमा छ । हामीलाई थाहा छ, नेपालमा भारतीय साम्राज्यवाद र अमेरिकी उत्तर साम्राज्यवादलाई हराउने दार्शनिक दृष्टिकोण कोसँग छ ? त्यसकारण नेपालको भविष्यका लागि हामीले तीनवटा संश्लेषण गर्नु जरुरी छ –

१. नेपाललाई स्वाधिन राष्ट्रको रुपमा विकास गर्ने नीतिको निर्माण गर्नुपर्दछ

२. नेपालमा दलाल पुँजीवाद अस्वीकार्य छ र,

३. नेपालमा वैज्ञानिक समाजवाद अपरिहार्य छ ।

माथिको दृष्टिकोणबाट हेर्ने हो भने नेपालले विप्लव र प्रकाण्डको नेतृत्व खोजेको छ । नेपालमा क्रान्ति गर्ने सपना नेपाल कम्युनिष्ट पार्टीसँग छ । नेपालको क्रान्तिकारी इतिहासको निर्माणका लागि एउटा निर्णायक पहल गरौं ।

प्रतिक्रियाहरु