काेराेना संक्रमितकाे संख्या ४ कराेड नाघ्याे !

२०७७ कार्तिक ३ गते, सोमबार


काठमाडाैं । वर्ल्डो मिटर्स डट इन्फोका अनुसार साेमबार बिहानसम्म विश्वमा काेराेना संक्रमितकाे संख्या ४ कराेड २ लाख ६८ हजार ४ सय ८८ पुगेकाे छ भने काेराेनावाट मृत्यु हुनेकाे संख्या ११ लाख १८ हजार २ सय ९३ पुगेकाे छ । मृत्यु दर र सङ्क्रमित दर बढिरहेसँगै निकाे हुने दर पनि बढिरहेकाे छ । अहिलेसम्म कुल सङ्क्रमितमध्ये ३ कराेड १ लाख ११ हजार ७ सय ४८ जना भने उपचारपछि घर फर्किएका छन् ।
पछिल्लाे २४ घण्टामा मात्रै विश्वभर ३ लाख २४ हजार ९ सय २७ नयाँ संक्रमित भेटिएका छन् भने ३ हजार ९ सय ८९ जनाकाे मृत्यु भएकाे छ । त्यस्तै पछिल्लाे २४ घण्टामा २ लाख २७ हजार उपचारपछि घर फर्किएका छन् ।
कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा २ लाख २४ हजार ७३० जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ८३ लाख ८७ हजार ७ सय ९९ पुगेकाे छ । संक्रमितमध्ये ५४ लाख ५७ हजार ६८४ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ २७ लाख ५ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १४ हजार ८६ जनाकाे अवस्था गम्भीर रहेको छ ।
भारतमा अहिले एसियाकै महामारी केन्द्र बनिरहेकाे छ । एसियाली देशहरूमा सबैभन्दा बढी काेराेना भाइरसक संक्रमितहरू भारतमै फेला परेका छन् । भारतमा पछिल्लाे समय दैनिक संक्रमित संख्या र मृत्यु संख्या झन् बढ्दै गएकाे छ । अहिलेसम्म भारतमा ७५ लाख ४८ हजार बढी संक्रमित भएका छन् । काेराेनाका कारण १ लाख १४ हजार २ सय ३८ जनाकाे ज्यान गएकाे छ । संक्रमितमध्ये ६६ लाख ५९ हजार बढी पूर्ण रूपमा निकाे भएका छन् । अहिले त्यहाँ ७ लाख ७३ हजार बढीमा काेराेना सक्रिय रहेकाे छ । अहिले त्यहाँ ८ हजार ९४४ जनाकाे अवस्था गम्भीर रहेका छ ।
अमेरिका र भारतपछि सबैभन्दा बढी संक्रमित हुनेमा ब्राजिल पर्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या ५२ लाख ३५ हजार ३ सय ४४ पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १ लाख ५३ हजार ९०५ पुगेकाे छ । संक्रमितमध्ये ४६ लाख ५० हजार पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ४ लाख ३१ हजार बढीकाे काेराेना सक्रिय रहेकाे छ । तीमध्ये ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।
रूस पनि काेराेनाभाइरसको हटस्पट बनेकाे छ । अहिलेसम्म त्यहाँ १३ लाख ९९ हजार ३३४ मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २४ हजार १८७ पुगेकाे छ । संक्रमितमध्ये १० लाख ७० हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ३ लाख ४ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ

प्रतिक्रियाहरु