राष्ट्रसंघद्वारा गाजाको सामुहिक चिहान छानबिन गर्न माग

२०८१ बैशाख १२ गते, बुधबार

काठमाडौँ । संयुक्त राष्ट्रसंघका अधिकारीहरुले गाजाको एक अस्पतालमा सामुहिक चिहान भेटिएको घटनाको स्वतन्त्र छानबिन हुनुपर्ने बताएका छन् । गाजाको खान युनिस शहरमा रहेको नासेर अस्पतालमा तीन सय जनाको साुमहिक चिहान फेला परेपछि राष्ट्रसंघका मानव अधिकार हेर्ने अधिकारीले न्यायिक छानबिनको माग गरेका हुन् ।
हमासले सञ्चालन गरेको सिभिल डिफेन्स एजेन्सीका अनुसार गाजाको खान युनिसको नासेर अस्पताल परिसरबाट तीन सय बढी शव गाडिएको अवस्थामा फेला परेको हो ।
इजरायली सेनाले आक्रमणका क्रममा सो अस्पताल नियन्त्रणमा लिइ हत्या गरी शव गाडेको अनुमान गरिएको छ । गाडिएका शवहररुमा महिला र बालबालिकाको संख्या अत्यधिक छ ।
सन् २०२३ को अक्टोबरमा इजरायलमा हमासले आक्रमण गरेदेखि इजरायली सेनाले गाजामा व्यापक सैन्य कारबाही गरिरहेको छ ।-एजेन्सी

प्रतिक्रियाहरु