नेकपाका नेता वीरजङ्गलाई कोरोना सङ्क्रमण

२०७७ आश्विन २ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता चन्द्रबहादुर चन्द ‘वीरजङ्ग’ लाई कोरोना सङ्क्रमण भएको बताइएको छ । गत भदौ २६ गते सर्वोच्च अदालतले जिल्ला अदालत सङ्खुवासभाका न्यायाधीशको रोहबरमा थुनामुक्त गर्न दिएको आदेश लत्याउँदै प्रहरीले ‘वीरजङ्ग’ लाई अदालत परिसरवाटै पुनः गिरफ्तार गरि सुनसरी पुर्याएको थियो । बिभिन्न झूट्टा मुद्दा लगाएर हिरासतमा राखिएका नेपाल कम्युनिस्ट पार्टीका नेता वीरजङ्गलाई हिरासत मै कोरोना सङ्क्रमण हुनुमा सरकार नै जिम्मेवार भएको उनको पारिवारिक स्रोतले बताएको छ । विश्व नै कोरोनावाट आक्रान्त भै रहेको बेला स्वास्थ्य अवस्था निकै कमजोर भएका वीरजङ्गलाई गिरफतार गर्दा र हिरासतमा राख्दा प्रहरीले स्वास्थ्य सम्बन्धि कुनै सचेतता नअपनाएकोले नै कोरोना संक्रमण भएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु