भारतमा एकैदिन ९४ हजार बढी कोरोना संक्रमित थपिए

२०७७ भाद्र २८ गते, आईतवार


काठमाडौँ । भारतमा पछिल्लो २४ घण्टामा ९४ हजार ४ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै भारतमा संक्रमितको संख्या ४७ लाख ५१ हजार ७ सय नाघेको छ । हिजो एकैदिन भारतमा १ हजार एक सय भन्दा बढीको मृत्यु भएको छ । भारतमा अहिलेसम्म कोरोनाका कारण ७८ हजार ६ सय १४ जनाको मृत्यु भैसकेको छ ।
अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ६६ लाख ७४ हजार पुगेको छ भने १ लाख ९८ हजार भन्दा बढीको मृत्यु भएको छ । ब्राजिलमा १ लाख ३१ हजार २ सयको मृत्यु भएको छ । विश्वभर २ करोड ८९ लाख २८ हजार भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । ९ लाख २४ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् । -एजेन्सी

प्रतिक्रियाहरु