आइसीसीको नयाँ वरियतामा नेपाल १५ औं स्थानमा

२०७७ भाद्र ११ गते, बिहीबार

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल १५ औं स्थानमा रहेको छ ।यसअघि पनि नेपाल १५ औं स्थानमा रहेको थियो । नेपालको टी–ट्वान्टीमा ११ औं स्थान सर्वाधिक उच्च वरीयता हो । एसोसियट राष्ट्रमा नेपाल भन्दा अघि स्कटल्याण्ड र युएई रहेको छ । स्कटल्याण्ड १४ र युएई १३ औं स्थानमा रहेका छन् । नेपाल एकदिवसीय वरीयतामा १६ औं स्थानमा रहेको छ । टी–ट्वान्टी वरियताको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ । यस्तै इंग्ल्यान्ड दोस्रो, भारत तेस्रो, पाकिस्तान चौंथो र दक्षिण अफ्रिका पाँचौ स्थानमा रहेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु