क्रिकेट संघको साधारण सभा स्थगित

२०७७ भाद्र ९ गते, मंगलवार


काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै कोरोना संक्रमणले गर्दा देशको धेरै स्थानमा लकडाउन रहेकोले तोकिएको समयमा साधारण सभा हुन नसक्ने भन्दै अर्को सूचना नबएसम्मको लागि स्थगित भएको जानकारी दिएको छ । भदौ मध्यतिर गर्ने भनिएको क्यान साधारण सभा कोभिड १९ को बढ्दो संक्रमणका कारण स्थगित भएको क्यानले जनाएको छ ।
यसअघि साउन ४ गतेको क्यानको कार्यसम्पादन समितिले भदौ १५ गतेभित्रमा साधारण सभा गर्ने निर्णय गरेको थियो । यसअघि नै अखिल नेपाल फुटबल संघले पनि भदौमै गर्ने भनेको साभारण सभा स्थगित गरेको थियो । कोभिड १९ को महामारी र संक्रमितको संख्या बढ्दो अवस्थामा रहेकोले अहिले नेपाली खेलकुद गतविधि सबै स्थगित अवस्थामा छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु