आशिष पोखरेलको नयाँ म्युजिक भिडियो ‘३६ घण्टा’ सार्वजनिक (भिडियोसहित )

२०७७ भाद्र ६ गते, शनिबार


काठमाडौं । ब्रेकअपलाई बिषयबस्तु बनाइएको यस गीतमा फोनको पैसा, महँगो डेट, सरप्राइज गिफ्ट जस्ता पैसा खर्च गर्नुपर्ने अवस्थाबाट छुटकारा पाइने जस्ता रमाइलो कुराहरु समेटिएको छ। गीतमा स्वर , शब्द र संगीत स्वयम गायक आशिष पोखरेलको रहेको छ भने पुष्प संगमले यस गीतलाई संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा स्वयम गायक आशिष पोखरेलको अभिनय रहेको छ। विक्रान्त रेग्मीले छायांकन गरेको भिडियोलाई संदेश शाहले सम्पादन गरेका हुन्। राम प्रसाद चौधरीले कलरिङ गरेको भिडियोमा भीएफक्स बसन्त घर्ति मगरले गरेका हुन्। आरजु बैजुले कोरियोग्राफी गरेको भिडियोलाई शिशिर खातीको कन्सेप्ट र निर्देशनमा तयार पारिएको हो।
युवा पुस्तालाई समर्पित गरिएको यस म्युजिक भिडियोलाई माया गरिदिन गायक पोखरेलले सम्पूर्ण संगीतप्रेमीहरुमा अनुरोध गरेका छन्।

https://youtu.be/dmDcxGqH-o8

प्रतिक्रियाहरु