मेलिना राईको ‘आँखामा आँशु’ सार्वजनिक ( भिडियोसहित )

२०७७ श्रावण २९ गते, बिहीबार


काठमाडौँ । गायिका मेलिना राईको नयाँ म्युजिक भिडियो ‘आँखामा आँशु’ सार्वजनिक भएको छ। सेण्टिमेण्टल भर्सनको यस गीतमा स्वर मेलिना राईको रहेको छ भने शब्द प्रदिप सुवेदीको रहेको छ। पुरुषोत्तम न्यौपानेले संगीतवद्द गरेको यस गीतलाई रिकेश गुरुङले संगीत संयोजन गरेका हुन्।
म्युजिक भिडियोमा कमल सिंह र प्रियाना आचार्य ( मुन्नी ) फिचर्ड छन्। बुद्ध थापाले छायांकन गरेको यस भिडियोलाई बिकाश धमलाले सम्पादन गरेका हुन्। चर्चित भिडियो निर्देशक निकेश खड्काको निर्देशनमा भिडियो तयार पारिएको हो।
अमेरिकामा रहेर निरन्तर गीत संगीत र कृषि कर्म गरेर अघि बढिरहेका गीतकार राजेश अर्यालले संचालन गरिरहेको अमेरिकाको सबैभन्दा ठुलो नेपाली फार्म ब्रूक मेडो फार्मको लगानीमा भिडियो निर्माण भएको हो। गीतकार अर्यालको अफिसिएल च्यानल “राजेश अर्याल” मार्फत भिडियो सार्वजनिक गरिएको हो। यसअघिका गीत संगीत जस्तै यस गीतलाई माया गरेर प्रतिक्रिया दिन गीतकार सम्पूर्ण नेपाली गीत संगीत प्रेमीलाई आग्रह गरेका छन्।

प्रतिक्रियाहरु