सञ्जय दत्तलाई फोक्सोको क्यान्सर !

२०७७ श्रावण २८ गते, बुधबार


काठमाडौं । भारतीय अभिनेता सञ्जय दत्त फोक्सोको क्यान्सर देखिएपछि उपचारका लागि गएराति अमेरिका प्रस्थान गरेका छन् । स्वास फेर्न कठिन भएपछि अगस्ट ८ मा मुम्बइस्थित लीलावती अस्पताल भर्ना भएका उनलाई तेस्रो चरणको क्यान्सरर भएको पत्ता लागेको हो । क्यान्सर भएको सार्वजनिक भएपछि उनका प्रशंषकले उनको सीघ्र स्वास्थ्य लाभको कामना गर्दै सामाजिक सञ्जालमा पोष्टहरु गरेका छन् ।
उनकी आमा नरगिसको पनि क्यान्सरका कारण सन् १९८१ मा आमाको निधन भएको थियो । ६१ वर्षीय दत्तको कोरोना परीक्षण रिपोर्ट भने नेगेटिभ आएको छ । दत्तका श्रीमती र सन्तान कोरोना भाइरस संक्रमणका कारण गरिएको लकाउनले गर्दा पाँच महिनादेखि दुबईमा रहेका छन् ।

प्रतिक्रियाहरु