९० मिनेटमै कोरोना परीक्षणको रिपोर्ट !

२०७७ श्रावण २० गते, मंगलवार


काठमाडौं । बेलायतले आगामी सातादेखि कोरोना भाइरस वा फ्लु परीक्षणको नतिजा नमुना संकलन गरेको ९० मिनेटमै आउने विधि सञ्चालनमा ल्याउने जनाएको छ  । उक्त विधिबाट कोरोना संक्रमण वा अन्य मौसमी बिरामी भन्ने सजिलै छुट्याउन सकिने बताइएको छ । आगामी साताबाट यूकेमा सुरु गरिन लागेको सो विधि निकै उपयोगी हुने ब्रिटेनका स्वास्थ्यमन्त्रीले बताएका छन् । हालको परीक्षण प्रकृया अन्तर्गत तीन चौथाइ नतिजा २४ घण्टाभित्रै आइसक्ने भएपनि एक चौथाइ नतिजाका लागि दुई दिनसम्म लाग्नछ ।
सो परीक्षणको पाँच लाख किट यूकेका वृद्ध हेरचाह केन्द्र र परीक्षण केन्द्रमा आगामी साता उपलब्ध हुनेछ । स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले भने, – कोरोनाभाइरसको नयाँ तीव्र परीक्षणले ९० मिनेटभन्दा कम समयमा यथास्थानमै नतिजा दिएर हामीलाई कोरोनाभाइरसको लहर रोक्न मद्दत गर्नेछ।’ उक्त विधि अस्पताल तथा केयरहोमहरूमा सुरु गरिने बेलायत सरकारले जनाएको छ । आगामी सातादेखि अस्पताल तथा केयरहोमहरूमा झन्डै ५ लाख र्‍यापिड स्वाब टेस्ट उपलब्ध हुने बेलायत सरकारले जनाएको छ । यस वर्षको अन्त्यसम्म त्यस्ता किट अरू लाखौं बनाइने सरकारको भनाइ छ ।
बेलायत सरकारले त्यस्तो स्वाब र डीएनए परीक्षणबाट कोभिड–१९ र अन्य फ्लु जस्तो मौसमी रोग छुट्याउन सकिने विश्वास व्यक्त गरेको छ । बेलायती स्वास्थ्यमन्त्री म्याट ह्यानककले जाडोयाममा यो विधि निकै लाभदायक हुने बताएका छन् । सरकारी विज्ञप्तिमा उनले बेलायत सबैभन्दा इनोभेटिभ प्रविधि प्रयोग गरी कोभिडसँग जुध्न सक्षम भएको पनि बताए । -एजेन्सी

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु