खेम थपलियाको ‘टिप्पन समालोचना’ प्रकाशित

२०७६ श्रावण ९ गते, बिहीबार

काठमाडौं, ९ साउन । माक्र्सवादी समालोचक तथा नाटककार खेम थपलियाको १६ औँ कृतिका रूपमा ‘टिप्पन समालोचना’ प्रकाशनमा आएको छ । ‘टिप्पन समालोचना’ मा विभिन्न विधाका विभिन्न पुस्तकमाथि केन्द्रित भएर गरिएका टिप्पन समालोचना समावेश छन् । नेपाली साहित्यमा समालोचनासम्बन्धी बहस तीव्र भइरहेको बेला समालोचक खेम थपलियाको प्रस्तुत पुस्तक अलि बेग्लै मूल्य र बहसयुक्त छ । यो पुस्तकमा टिप्पन समालोचनासम्बन्धी सङ्क्षिप्त सैद्धान्तिक चर्चा पनि गरिएको छ । यो पुस्तक नेपाली समलोचना परम्परामा नयाँ विधा जन्माउने प्रयास पनि हो । टिप्पन समालोचना नेपाली समालोचनाको फाँटमा नयाँ समालोचनात्मक पद्धति हो । समालोचनात्मक पद्धतिका विविध आयाम, त्यसको संरचनात्मक अवस्थितिका साथ गतिशील र विकासशील प्रवाहका बिचमा आएको टिप्पन समालोचनाले नयाँ समालोचनात्मक पद्धतिका रूपमा बौद्धिक–प्राज्ञिक क्षेत्रमा नवीन कडीका रूपमा स्थपित हुनेछ ।
नेपाली साहित्यमा ऊर्जाशील रूपमा विकास हुँदै आएको समाजवादी–यथार्थवादी धारालाई यो समालोचनात्मक पुस्तकले पक्रेको छ । यसको केन्द्रमा माक्र्सवादी विश्वदृष्टिकोण रहेको छ । यहाँ यही विश्वदृष्टिकोणअनुसार कलासाहित्यको उद्देश्य पर्गेल्ने प्रयत्न गरिएको छ । कम्युनिस्ट एवम् वामधाराको लेखन र पठन सघन बन्दै गएको नेपाली सन्दर्भमा यो पुस्तक धेरैका लागि अध्ययनसामग्री बनेको छ । यसले लेखक–स्रष्टाहरूलाई उत्प्रेरकको काम पनि गरेको छ । यहाँ माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्य, नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ देखि वर्तमान उपराष्ट्रपति नन्दकिशोर पुन ‘पासाङ’ सम्मका पुस्तकहरूको टिप्पन समालोचना गरिएको छ ।
प्रस्तुत ‘टिप्पन समालोचना’ भित्र ‘सात’ खण्ड रहेका छन् । खण्ड ‘एक’ मा ‘सौन्दर्यशास्त्र÷समालोचना’ रहेको छ । यसअन्तर्गत तेह्रवटा पुस्तकहरू माक्र्सवादी समालोचना : सिर्जना र सङ्घर्ष, माइला लामाको गीतमा जनयुद्धको अभिव्यक्ति, समकालीन साहित्य र संस्कृति, सिर्जना र दृष्टि, भूमण्डलीकरण र साहित्य, नेपाली नाटकको रूपरेखा, माक्र्सवाद र सबाल्टर्न अध्ययन, पूर्ववाद र सइदेली विचार, भौतिकवादी सौन्दर्य चिन्तन र केही समीक्षा, दर्शन र दृष्टिकोण, माक्र्सवादी सौन्दर्यशास्त्र, वर्गसङ्घर्षको सन्दर्भ : संस्कृति र सौन्दर्य र कथाको सौन्दर्यशास्त्रको टिप्पन समालोचना गरिएको छ । खण्ड ‘दुई’ मा रहेको ‘उपन्यास’ अन्तर्गत दसवटा कृतिका समालोचना समाविष्ट छन् । यसमा अक्लान्त कौरव, रात फुलेको याम, अग्निपथ, मालचरी, इतिहासको एक पैका, जून फुलेको देशतिर, मुक्तियुद्धमा, मुक्तिमार्ग, विद्रोहको गीत र दुश्मनका अखडाभित्र पुस्तकको टिप्पन समालोचना गरिएको छ । त्यसैगरी, खण्ड ‘तीन’ रहेको ‘कथा’ अन्तर्गत दसवटा सङ्घर्षको बाटो, पैँतालाले थिचेको देवता, युद्धको पीडा, रामप्रसादको सिसमहल, लाल विधवा, सङ्कल्प यात्रा, सुनछहरीको ऐनामा, क्रान्तिका कथाहरू, सन्त्रस्त आँखाहरू र प्रतिरोध कथाकृतिमाथि गरिएका टिप्पन समालोचना सङ्गृहीत छन् । खण्ड ‘चार’ मा रहेको ‘निबन्ध/संस्मरण’ अन्तर्गत निबन्ध÷संस्मरणसम्बन्धी बीसवटा पुस्तक वैज्ञानिक समाजवाद र जनगणतन्त्र कोरिया, अविचलित यात्रा, समरका स्मृतिहरू, नाफाको जिन्दगी, यातनाशिविरका क्षणहरू, युद्धभित्रका संस्मरण, म रोएको त्यो दिन, जोखिमका पाइला, दस बर्से जनयुद्ध : स्मृतिका डोबहरू, ती आँधीमय दिनहरू, कारवासभित्रका दिनचर्याहरू, मुक्तियात्रा, मुक्तिका लागि सङ्घर्ष, नसरीनलाई चिठी, लालमोर्चाका किल्लाहरूमा, युद्धमोर्चाका डोबहरू, बन्द पर्खालदेखि खुला आकाशसम्म, बन्दी आकाशविरुद्ध, इतिहासका रक्तिम पाइला र मानव वधशालाको यात्रामाथि गरिएका टिप्पन समालोचना रहेका छन् । खण्ड ‘पाँच’ मा ‘नाटक/एकाङ्की’ अन्तर्गत पाँचवटा कृति दाना, युग उचाल्ने अक्षरकर्मीको अवसान, कागजको किल्ला, अधुरा यात्रा र अमर मृत्युमाथि गरिएका टिप्पन समालोचना रहेका छन् ।
त्यसैगरी, खण्ड ‘छ’ मा रहेको ‘कविता/काव्य’ अन्तर्गत बयालीसवटा अखण्ड आलाप, किनाराको प्रश्न, घनश्यामलाई चिठी, ओक्कल दोक्कल पिपल पात, स्वप्नदृष्टि, आँखासामु, उच्छ्वास, विद्रोही मनहरू, खोजी, प्रतिनिधि कविता, मनसरा, प्रश्नहरूको कारखाना, नयाँ आयाम, गहुँगोरो अफ्रिका, घुर्ची, म काठमाडौँ आइपुगेँ, सङ्कल्प, लालपाती, महासमरका यात्राहरूमा, मझेरीमा झरेको बिहानी, ज्वालामुखी फुटेपछि, उत्सर्ग, लुटिएका सीमाहरू, जून पस्किने यात्रामा, अस्मिताको खोजी, युद्धरत सगरमाथा, मुक्तिको क्यानभासमा, धारिला मानिसहरू, ओ ! मेरा सुन्दर लालीगुराँसहरू, श्रीपेचमाथि उभिएर, पृथ्वी कसको ?, चुँडाल्दै जञ्जीरहरू, हिमालयतिर हेर, आगो र सपनाहरू, ए ! मेरो आदरणीय लेकाली पूmल, युद्धभूमिका गीतहरू, दसगजावारि, निर्माणाधीन कविता, भत्केको दरबार, रक्तक्रान्तिका गीतहरू, मानव यातनाशाला र राता पूmलहरूमाथि गरिएका टिप्पन समालोचना रहेका छन् । अन्तिम खण्ड ‘सात’ मा ‘राजनीतिक/वैचारिक’ अन्तर्गत दसवटा वैज्ञानिक समाजवाद, सङ्घर्षको इतिहास, सङ्घर्षका पाइला, प्रकाण्ड सङ्कलित रचना, समकालीन विश्व कम्युनिस्ट आन्दोलन, कालजयी कर्महरूमा बद्रीनारायण प्रधान, क्रान्ति र विद्रोह, माक्र्सवादी साहित्य र जनयुद्धको सौन्दर्य, इच्छुक स्मृतिग्रन्थ र पीडाभित्रको आक्रोशमा गरिएका टिप्पन समालोचना रहेका छन् । प्रस्तुत पुस्तकमा जम्माजम्मी एकसय दसजना स्रष्टाका एकसय दसवटा टिप्पन समालोचना समाविष्ट छन् । भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित प्रस्तुत ‘टिप्पन समालोचना’ ३७६ पृष्ठमा संरचित छ । यसको मूल्य रु. ५००/– रहेको छ ।

प्रतिक्रियाहरु