नेकपा जनजागरण अभियान सुरु गर्दै

२०७४ माघ १५ गते, सोमबार

काठमाडौँ, १५ माघ । नेपाल कम्युनिस्ट पार्टीले आजदेखि तीन महिने जनजागरण अभियान सुरु गर्ने भएको छ । आज काठमाडौँको शान्तिवाटिकामा उद्घाटन हुने सो अभियान देशव्यपापी हुने बताइएको छ । नेकपाले आज दिउँसो २ बजे अभियानको उद्घाटन हुनेजनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा ३ महिने जनजागरण अभियान सञ्चालन गर्न लागेको छ । यस अभियानअन्तर्गत देशैभरिका जनतालाई देशको वर्तमान राजनीतिक अवस्था, संसद्वादी दलका कारण निम्तिएका संकट, संविधान कार्यान्वयन र निर्वाचनको नाममा जनताको अधिकारमाथि गरिएको लुटखसोट र प्रतिक्रान्ति भएकाले उक्त अभियान सञ्चालन गर्न लागिएको नेकपाका प्रवक्ता प्रकाण्डले बताए । प्रवक्ता प्रकाण्डले पछिल्लो समय बढ्दै गएको राष्ट्रघात वैदेशिक हस्तक्षेप, दलालीकरण र दिनप्रतिदिन कष्टकर बन्दै गएको जनजीविकाका विषयमा जनतामा राजनीतिक जागरण पैदा गराउन यो अभियान सञ्चालन गर्न लागेको बताए । अभियानसँगै पार्टी संगठनलाई सुदृढ गर्ने, विस्तार गर्ने, राष्ट्र र जनताको मुद्दा र जनजीविकाको मुद्दामा केन्द्रित हुँदै जनसंघर्षलाई अघि बढाउनका निम्ति पनि यो अभियान सञ्चालन गर्न लागिएको उनले बताए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु