नेकपाका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ

२०७४ बैशाख २६ गते, मंगलवार

काठमाडौं, २६ वैशाख । प्रहरीले देशभरवाट नेपाल कम्युनिस्ट पार्टीका दर्जनौ नेता तथा कार्यकर्ता पक्राउ गरेको छ । यसैक्रममा प्रहरीले चितवनबाट नेपाल कम्युनिस्ट पार्टीका २१ नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ । कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य एवम् अखिल नेपाल शिक्षक सङ्गठन चितवनका अध्यक्ष कृष्णबहादुर परियार, अखिल नेपाल महिला सङ्घका जिल्ला अध्यक्ष विष्णु कोइरालालगायतका नेता कार्यकर्ता पक्राउ परेका हुन् । पक्राउ परेकामध्ये नौ जना नेकपाले गठन गरेको सैन्य दस्ताका रहेको प्रहरी उपरीक्षक दीपक थापाले बताए । जिल्लाका संवेदनशील स्थल र सहरी क्षेत्रका चोक चोकमा प्रहरी तैनाथी बढाइएको छ । उपरीक्षक थापाका अनुसार तीन हजार दुई सय नेपाल प्रहरी र एक हजार दुईं सय ५५ म्यादी प्रहरी परिचालन गरिएको छ । जिल्लालाई १० मुख्य क्षेत्रका रुपमा विभाजन गरेर सुरक्षा मजबुत गराइएको बताइएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु