नारी स्वतन्त्रता र तीज – शोभा गजुरेल

२०७३ श्रावण २३ गते, आईतवार

हिन्दु नारीहरुको महान पर्ब ‘तीज’ आज हामी यसलाई कसरी र कस्तो रुपमा मनाउदै छौ, त यसको महत्व के हो ? परापुर्बकालदेखि मानिँदै आएको यो सस्कृति र परम्परालाई जस्ताको तस्तै रुपमा जोगाउनु पर्छ कि ? यसलाई परिबर्तन गरी नयाँ ढंगले रुपान्तरण गरी मनाउने हो या यो पर्ब नै ठिक होइन ? यी धेरै प्रश्नहरु छन् । आज नारीको स्वतन्त्रतामा । तीज पर्ब किन सुरु भयो ? यसको उद्देश्य के थियो ? यसलाई किन कठिन व्रतको रुपमा मनाउन थालियो ? यसका पछाडि पक्कै पनि कारणहरु धेरै होलान् । तर, सरसर्ती हेर्दा भने यसका दुई कारण प्रस्टसँग देख्न पाईन्छ । हुन त हाम्रो देशमा सबै परम्परा र संस्कृतिहरु धर्म कै आधारमा मानिने गरिएको पाईन्छ । तर, यो तीजलाई अलि बिशेष कडा बनाइनुको कारण के होला ? यो हामी सबै नारीले एक पटक सोच्नै पर्ने महत्वपूर्ण बिन्दु हो । पहिला हामीले हामी को भन्ने प्रश्न आफैँसँग राखौँ । अनि आफैँले यसको जवाफ खोजौँ । यो पर्बको महत्व र यसले हामीलाई कता धकेल्छ त यो पनि सोचौँ । यसकै बारे आज केही मेरा मनमा लागेका जिज्ञासालाई मैले यहाँ उतारेको छु । यो परापुर्बदेखि चल्दै आएको तीज पर्बको रुपान्तरणको माग मैले उठाउन चाहेको छु । यो समाज कसले निर्माण ग¥यो ? यसको खोज गर्न जरुरी पनि छैन, किनकि यो प्रस्ट हाम्रै अगाडि ऐना जस्तै छर्लङ्ग छ । यसलाई बनाउने पुरुष थिए । जब मान्छेको उत्पत्ति भयो त्यो बेला समाज पुरुष होइन, महिलाको हातमा थियो । नारीले आफ्नो बच्चा जन्माउने आफ्नै नाम दिने संस्कार र संस्कृति थियो । यो कुरा पुरुषहरुलाई मन नपर्नु स्वभाबिक नै थियो कि यसो हुँदा उनको अस्तित्व मेटिन्थ्यो । आमासँग त बच्चा आफ्नो हो भन्ने प्रमाण हुन्थ्यो तर बाबुको लागि यो कठिन थियो । त्यसैले अब उसले आफ्नो अस्तित्व बचाउन बच्चाको नाम आपूmमा परिणत गर्न थाल्यो । नारी जातिमा भएको कोमल भाबनाको कारण पुरुष यो सत्ता कब्जा गर्न सफल भयो । अनि उसले बिस्तारै बिस्तारै आफ्ना हितमा हुने सामाजिक परम्पराको निर्माण गर्न थाल्यो । सरसर्ती हेर्दा संस्कृति र परम्पराहरु रमाइला लागे पनि यसले जता पनि नारीलाई तल राख्ने काम गरेको पाईन्छ । श्रीमान र श्रीमती बीचको सम्बन्धलाई प्रगाड बनाउने तीज होस् या दाजुभाइ, दिदीबहिनीको सम्बन्धलाई प्रगाड बनाउने तिहार । यी दुबैमा नारीलाई यसरि प्रयोग गरिए को छ कि उनीहरु यसलाई गलत भन्न चाहन्न किनकि यसमा पति र दाजुभाइको आयुको कुरा जोडीदिए को छ । तर किन त पत्नी र दिदीबहिनीको आयुचाहिँ पुरुषले नमाग्ने त ? के नारीलाई चाहिँ बाच्न नपर्ने ? पुरुष मात्र बाच्न पर्ने त ? यहाँ हामीले यी प्रश्नहरुलाई गहिरिएर सोच्छौ भने नारीलाई पुरुषले कसरी सजिलो तरिकाबाट प्रयोग गरिरहेका छन् भन्ने कुरा प्रस्ट हुन्छ । नारी मायाकी खानी भएका कारण नै आज यी सब रीतिरिवाज परम्परा उनलाई राम्रो लाग्ने गर्छ । आफ्ना लागि होइन अरुका लागि सधैँ बाचिदिने नारी हुन् । जता पनि पुरुषको आयु बढाइदिन उनी आफ्नो र स्वास्थ्यको कहिले ख्याल राख्दिनन् । कहिले दिदीबहिनी बन्छिन् । दाजुभाइको जिबन रक्षा गर्न चाहन्छिन् । कहिले पत्नी बनि पतिको । तर तिनै दाजुभाइले उनलाई आफ्नो जन्मघरको सबै अधिकार खोसी त्यो घर लाई दिदीबहिनीको होइन मेरो हो भन्छन् । किन त आफ्नो जिबनको रक्षाको लागि तेलको घेरा बनाई मखमली र दुबोको माला लगाई ढोकामा ओखर फोरी सप्त रङी टिका लगाई दी यमराजसँगबाट पनि उनलाई जोगाउन चाहने दिदीबहिनीलाई आफ्नो जन्मघर नै तेरो होइन मेरो हो भन्ने त, तिनै दाजुभाइले ? के यहि हो त न्यायोचित संस्कृति र परम्पराले ल्याएको आफ्नोपन आत्मियता ? अनि उता श्रीमती दिनभरि भोकै बसी पुरुष कै खुट्टाको जल खाई उसकै आयु माग्छिन् । अनि के उसले चाहिँ पत्नीको आयु माग्नु पर्दैन त ? अनि उही पुरुषले अनेक संस्कार र संस्कृति को बन्धन लादि नारीलाई नजरबन्द बनाउनु न्याय हो त ? अनि यी सबै न्याय होइन भने यी सबै परम्परा र संस्कृतिले सधी नारीलाई कुनै अधिकार मिल्दैन भने किन जोगाउने यो संस्कृति अनि परम्परा । किन उठाउनु दाजुभाइ र पतिको लागि दुःख । आज हामी २१ सौ शताब्दीमा छौँ तर पनि किन पुरुषसरह समान अधिकार हासिल गर्न सक्दैनौ ? हो यसको एउटै कारण हो हामीमा भएको ममता जसको फाइदा पुरुषले गलत ढंगबाट उठाई हामी माथि नै अनेक धर्म र संस्कृति थोपरी हाम्रो अधिकार मात्र होइन हाम्रो स्वास्थ्य र स्वाभिमानसमेत हामी आफैँ पुरुषका लागि बलि चढाउँछौँ । तर, यसलाई पुरुष ले ममता होइन, हाम्रो अधिकार छिन्ने काममा प्रयोग गरी पुरुषप्रधान बन्यो । परापूर्वकालबाटै र अहिलेसम्मै उसले आफ्नो दासत्व नारी माथि थोपर्दै गयो । अनि हामी नारी यही संस्कृति र परम्परा मान्ने नाममा आफ्नै अधिकारबाट बन्चित बन्दै आफनै दाजुभाइ र पतिबाट आफ्नो अधिकार छिनिएको हेर्दै गयौ । यसलाई ममताको रुप सोची सदा यसलाई मान्दै आयौ । आफ्नो अधिकार खोज्नको सट्टा हामी उनैलाई आफ्नो अधिकार लुटाउदै छौ । यही सामाजिक नियम हो भनि मान्दै अझ पनि हामी चुपचाप यहि कुरालाई स्वुकर्छौ भने हामीले कहिले आफ्नो अधिकार प्राप्त गर्न सक्ने छैनौ । त्यसैले अब हामी परम्पराको र सस्कृति लाई रुपान्तरण गरौ । आफ्नो अधिकार पनि माग्दै, ममताको आचल बिछाऔँ । एकोहोरो मायाको सागर मात्र नखन्याउ । मायाको बदलामा माया मागौँ । आफ्नो अस्तित्व अधिकार, र स्वाभिमान खोज्न अब आखा खोलौँ । हामी आफ्नै घरबाट जबसम्म शोषणमुक्त हुँदैनौ तब हामीले समाजबाट आसा राख्नु बेकार छ । परम्परा र संस्कृतिहरुलाई लोप हुन त दिन हुन्न तर ती संस्कृति र परम्पराले आपूmलाई कमजोर बनाउनु पनि हुन्न । यस्ता खालका सस्कृति हरु रुपान्तरण गरौ । रमाइलो र भावनात्मक बनाउन हामीले कोसिश गरौ । तर आफ्नो अधिकार पनि त्यसमा बहकिएर नछोडौ । – हाल फ्रान्स

प्रतिक्रियाहरु