तिमीलाई केहीले पुगेन – हस्तबहादुर केसी

२०७३ असार २८ गते, मंगलवार

ए शासकहरु हो
ए शोषकहरु हो
ए जाली फटाह सिल्लीहरु हो
ए राष्ट्रघाती जनघातीहरु हो
तिमीलाई कहिल्यै पनि
केहीले पनि पुगेन
तिमीले कोसी काली
बेचेर खायौ
तिमीले गण्डकी कर्णाली पनि
बेचेर खायौ
त्यतिले पनि
पुगेन तिमीहरुलाई
तिमीहरुले फेरी
अपर्कणाली क्वाप्पै
निल्न खोजेका छौं
ए शासक र शोषकहरु हो
ए सिल्ली र जाली झेलीहरु हो
तिमीलाई केहीले पुगेन
तिमीले सिमाना बेचेर खायौं
तिमीले जंगेपिलेर गायब गरेर खायौ
तिमीले मानेभन्ज्याङ पुशपतिनगर
बेचेर खायौ
तिमीले खुद्रलोटन सुस्ता महेशपुर
बेचेर खायौं
तिमीले कालापानी लिपुलेख पनि
बेचेर खायौं
तिमीले यहाँको
माटो गिटी बालुवा
बेचेर खायौ
यतिले पनि तिमीलाई पुगेन

तिमीले कालो व्यापारीबाट
कमिशन खायौ
नून तेल र ग्यासबाट
कमिशन खायौ
तिमीले भूकम्पपीडितको
पाल र राहत पनि खायौ
भ्रष्टाचार गरेर
मुलुकको आधा
बजेट पनि सिध्यायौ
ए शासकहरु हो
ए शोषकहरु हो
ए जाली फटाहहरु हो
यसरी
देश बेचेर
खान खोज्दा पनि
नअघाउने
तिम्रो भुडी
कत्रो छ ह ?

प्रतिक्रियाहरु