झोला – बिबश कु. सेजुवाल

२०७३ असार २७ गते, सोमबार

यो युद्ध को मेरो झोला
अब काँ बिसाउने होला
कसलाइ सोधी राख्ने होला
यो झोला फेरि बोक्न सकियला कि नसकियला
काँ लुकाएर राखु
बन मा ?
घरको गोठमा ?
ओडार मा ?
फेरि हराउने डर छ खोज्न सकिएला कि नसकिएला
यो मेरो युद्धको झोला
कस्तो अप्ठ्यारो होला ।

यो मेरो युद्ध को झोला
फेरि अर्को चोटि सोधे काँ राख्ने होला ?
प्रचण्डले भने !
खोला को डिकमा राख्दा मेरो मन शान्ती होला
बाबुराम ले भने !
यो झोला च्यातेर फाल्दा कस्तो आनन्द हुन्थ्यो होला
मोहन बैध्य ले भने !
बोक्न नसके नि सँगै राख्दा इतिहास बन्थ्यो होला
बिप्लब ले ठोकेर भने !
यो मेरो झोला ।
सहिद को चोला । रोकिए जस्तै देखिएला
तर मेरो जीवन यहि झोला ले फेरि दे ला
यो झोला !
कस्तो होला !
जीवन सँग जोडिएको झोला !
बोक्ने हिक्मत गर्नै पर्छ होला !
त्यसैले मैले भने !
मेरो झोला बिप्लब दाइ को जस्तै गरि !
लिएर हिड्छु होला ।
लक्ष्यमा नपुगुन्जेल बिचमा बिसाउदिन होला !
यो झोला कस्तो होला ?
जित साच्चै यहि बाट हुन्छ होला
यो मेरो युद्धको झोला
लक्ष्यमा अबस्य पुग्छ होला ।

प्रतिक्रियाहरु