नयाँ शक्ति नेपाल नयाँ युगको आबस्यकता – भट्टराई

२०७३ जेष्ठ १७ गते, सोमबार

काठमाडौं, १७ जेठ । नयाँ शक्ति नेपाल नयाँ युगको आबस्यकता रहेको डा. बाबुराम भट्टराईले बताएका छ्न। गोकर्णेश्वर ,कागेस्वरी,मनहरा,शङखरापुर नगर कमिटिले जोरपाटीमा आयोजना गरेको अन्तरकृया तथा नागरिक सभालाइ सम्बोधन गर्दै भट्टराईले नयाँ शक्तिले नयाँ नेपाल निर्माणका लागि बिकास र समृद्धिमा जोड दिएको बताउदै अबको १० बर्ष भित्र बेरोजगार अन्त्य गरिने पनि जनाए । प्रधानमन्त्री के. पि. ओलिलाइ इङ्गित गर्दै भट्टराईले ओलिले भनेजस्तो बिजुलिलाइ स्याटलाइट मार्फत घर घरमा त्यस्तै पानीजहाज चलाउन सम्भब नरहेको तर्क राखे । एक अर्को प्रसङ्गमा भट्टराईले अहिलेको संविधान आधा गिलास पानी जस्तै रहेकाले पुनरलेखन भन्दा पनि संसोधन गर्नुपर्ने बताए।अहिले हरेक पार्टी भ्रस्टाचारको दलदलमा फसेको बताउदै यसलाइ अन्त्य गरिनुपर्ने धाराणा राखे । कार्यक्रममा नयाँ शक्ति नेपाल सचिवालय सदस्यहरु सोनाम छिरिङ शेर्पा,पासाङ शेर्पा,पेमाछिरी शेर्पा,कुमार पौडेल ,त्यस्तै भट्टराई पत्नी हिसिला यमि लगायत अन्य बुद्धिजिबिहरुको उल्लेख्य सहभागिता रहेको थियो।नयाँ शक्ति नेपालले यहि जेठ ३० गते राजधानिमा औपचारिक कार्यक्रम गरि पार्टी घोषणा गर्दै छ । -पीडी शेर्पा

प्रतिक्रियाहरु