निजी कलेज चलाउने त्रिविका प्राध्यापक अखिल क्रन्तिकारीको निगरानिमा

२०७३ बैशाख २३ गते, बिहीबार

काठमाडौं, २३ वैशाख । नेकपा माओवादी निकट अखिल क्रन्तिकारीले त्रिवि उपकूलपति प्राध्यापक डा. तिर्थ खनियालाई छ बुँदे उजुरीपत्र बुझाएको छ ।उजुरीपत्रमा त्रिविका आंगिक कलेजहरुमा व्यापार सञ्चालन गर्नेहरुलाई कारबाही गर्न माग गरिएको छ । यसैक्रममा अखिल क्रान्तिकारीको उपत्यका विशेष समन्वय समितिले त्रिभुवन विश्वविद्यालयमा सेवा सुविधा लिएर पनि निजी कलेज सञ्चालन गर्ने १४ जना प्राध्यापकको नाम सार्वजनिक गरेको छ । उनीहरुले प्राध्यापकहरु दमराज गौतम, चेतराज भट्ट , हरिप्रसाद थपलिया , सह-प्राध्यापक रमेश सिलवाल, लक्ष्यबहादुर केसी, कवीराज बान्तवा, सुरशेप्रसाद सिंह, अरुणकुमार चौधरी, खेमराज खरेल, कृष्णप्रसाद न्यौपाने , उपप्रध्यापकहरु रामकुमार श्रेष्ठ (स्वागत), जितेन्द्र उपाध्याय, विनोद जोशी र धु्रुब भट्टराईलाई कारवाहीको माग गरेका छन ।
अखिल क्रन्तिकारीले शिक्षा क्षेत्रमा माफियाकरण, ब्यापारीकरण र निजीकरण रोक्न पनि माग गरेको छ । ज्ञापनपत्रमा त्रिविको लोगो दुरुपयोग गरी विश्वविद्यालयका पदाधिकारी नै निजी कलेजको प्रचारमा लागेको भन्दै त्यसलाई रोक्नसमेत माग गरिएको छ । अखिल क्रन्तिकारीले एक व्यक्ति, एक पद, एक सिफ्टको नीति लागू गर्न पनि माग गरेको छ । यस्तै स्ववियु निर्वाचनको मिति अबिलम्व घोषणा गर्न, आंगिक कलेजमा आर्थिक अनियमिततामाथि छानविन गर्न, हचुवको भरमा निजी कलेजलाई सम्बन्धन नदिन र शैक्षिक क्यालेण्डर कार्यान्वयन गर्न उपकुलपतिको ध्यानाकर्षण गराएको समित अध्यक्ष लोकेश विकले बताए ।
अखिल क्रन्तिकारीले त्रिवि उपकूलपति प्राध्यापक डा. तिर्थ खनियालाई बुझाएको छ बुँदे उजुरीपत्र –

प्रतिक्रियाहरु