‘नेपाली विशेषताको समाजवाद सन्निकट छ’

२०८१ जेष्ठ १३ गते, आईतवार

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नवलपूरले प्रथम बैठक सम्पन्न गरेको छ । तेस्रो आवधिक योजना को प्रथम बैठकमा प्रमुख अतिथिको रुपमा उपस्थित पार्टी स्थायी समिति सदस्य एवं गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले पार्टीलाई गतिशिल रुपमा अगाडि बढाउन प्रभावकारी योजना र त्यसको कार्यान्वयन महत्वपूर्ण हुने बताइन् । नेता शिलुले पार्टीले नयाँ योजना लिएर जनतामा जाने निर्णय गरेको बताउदै अब समाजवाद सन्निकट रहेको बताइन् । नेपालमा नेपाली विशेषताको समाजवादबारे बहस जनस्तरसम्म पुगेको बताउदै यसलाई अझ घनिभुत छलफल गरेर जनतालाई यसबारे बुझाउनुपर्ने उनको जोड थियो ।
यस्तै कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य एवं नवलपूर जिल्ला इन्चार्ज पदम सीले नेकपाप्रति जनस्तरमा आशा र भरोसा बढेको बताउदै समाजवाद स्थापनार्थ पार्टी काममा लाग्नुपर्ने बताए । देश उत्पादन विना समृद्ध बन्न नसक्ने बताउदै नेता पदमले पार्टीले लिएको उत्पादन नीतिलाई कडाईपूर्वक कार्यान्वयन गर्नुपर्ने बताए ।
बैठकले पार्टीको विभिन्न क्षेत्रमा कार्यविभाजन समेत टुङ्याएको छ । जस अनुसार बिनयी त्रिवेणी गाउँपालिकामा पुष्प सी, मध्यविन्दु नगरपालिकामा नरबहादुर सी, कावासोती नगरपालिकामा रक्षक सी, देवचुली नगरपालिकामा मङ्लसेन सी, गैडाकोट नगरपालिकामा अर्जुन सी रहनेछन् भने बाँकी पालिकाहरु कार्यालयले हेर्ने नवलपूर सेक्रेटरी सुमन सीले जानकारी दिए ।
यस्तै पार्टी केन्द्रको कार्यक्रम अनुरुप सहकारीका पीडितहरुका समस्या, लघुवित्तसम्बन्धी समस्या, मिटरव्याजी लगायत जनतासँग जोडिएका समस्याहरुलाई उठान गर्ने निर्णय पनि बैठकले गरेको छ । पार्टी संगठनलाई पालिकादेखि वडास्तरसम्म विस्तार गर्ने, विभिन्न्न जनवर्गीय सङ्गठन विस्तार गर्ने, नेपाली विशेषताको समाजवादबारे पालिकास्तरसम्म अन्तरक्रिया आयोजना गर्ने, तथा पार्टी उत्पादनको काममा लाग्नेसमेत निर्णय बैठकले गरेको छ ।-शिव डुम्रे

प्रतिक्रियाहरु