नारायणगढ-मुग्लिन सडकखण्डमा पहिरो : एकजनाको मृत्यु

२०८१ जेष्ठ १३ गते, आईतवार


काठमाडौँ । सडक डिभिजन कार्यालय चितवनले नारायणगढ–मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको जनाएको छ । मृतकको पहिचान हुन बाँकी रहेको छ ।
सडक डिभिजन कार्यालय चितवनले दिएको जानकारी अनुसार आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो । पहिरोले मेसिनमा पनि क्षति पुगेको छ । सडक अहिले सञ्चालनमै छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु