युवा आन्दोलनको दिशा

२०८१ जेष्ठ १३ गते, आईतवार

आज मई ४ आन्दोलनको बीसौ“ वार्षिकोत्सव हो, र येनानका युवाहरु यस स्मृति–सभामा उपस्थित भएका छन् । त्यसैले यस अवसरमा चीनको युवा आन्दोलनको दिशासम्बन्धी केही सवालहरुबारे बताउनेछु ।

पहिलो कुरा, मई ४ लाई हाल चीनको युवा दिवस भनि नामकरण गरिएको छ, र यसो गर्नु एकदम सही छ । मई ४ आन्दोलन भएको बीस वर्ष भइसक्यो, तर यस वर्ष मात्र त्यस दिनलाई राष्ट्रिय युवा दिवस भनि नामकरण गरिएको छ, र यो अति महत्वपूर्ण तथ्य हो । कारण, यस कुराले चिनियाँ जनताको साम्राज्यवाद र सामन्तवाद विरोधी जनवादी क्रान्ति छिटै नै एउटा मोडमा पुग्ने कुराको संकेत गर्छ । अनेक दशकसम्म यस क्रान्तिले एकपछि अर्को विफलता खप्नुप¥यो, तर अब भने अवश्य एउटा परिवर्तन हुनुपर्छ, विफलतातर्फको परिवर्तन होइन तर विजयतर्फको परिवर्तन हुनुपर्छ, विफलतातर्फको परिवर्तन होइन तर विजयतर्फको परिवर्तन हुनुपर्छ । हाल चिनियाँ क्रान्ति अघि लम्कँदैछ, विजयतर्फ लम्कँदैछ । बिगत कालका विफलताहरु अब दोहोरिन पाउँदैनन् र तिनलाई दोहोरिनु दिनु पनि हुँदैन र अब त तिनलाई विजयमा फेर्नुपर्छ । तर यस्तो परिवर्तन भइसक्यो त ? अहँ, भएको छैन, न त हामीले अझसम्म विजय नै हासिल गरेका छौँ । तर विजय प्राप्त गर्न सकिन्छ । जापान विरोधी वर्तमान प्रतिरोध युद्धमा नै हामी विफलताबाट विजयतर्फको मोडमा पुग्न कोशिश गरिरहेका छौ । मई ४ आन्दोलन राष्ट्रघाती सरकारको विरूद्ध लक्षित थियो, एउटा त्यस्तो सरकारको विरूद्ध लक्षित थियो जसले साम्राज्यवादसँग साँठगाँठ गर्दै राष्ट्रिय हितलाई बेच्दथ्यो, र जनतामाथि अत्याचार गर्दथ्यो । यस्तो सरकारको विरोध गर्नु आवश्यक थिएन र ? आवश्यक थिएन भने मई ४ आन्दोलन गलत थियो । के कुरा टड्कारो छ भने यस्तो सरकारको विरोध गर्नेपर्छ, राष्ट्रघाती सरकारको तख्ता पल्टाउनै पर्छ । यसो सोच्नोस्त, मई ४ आन्दोलनभन्दा निकै अघी डा. सुन यात–सेन तत्कालीन सरकारविरोधी विद्रोही भइसक्नुभएको थियो, उहाँले छिङ सरकारको विरोध गर्नुभयो र त्यसको तख्ता पल्टाइदिनुभयो । उहाँले यसो गर्नु ठीक थिएन र ? मेरो विचारमा यसो गर्नु एकदम ठीक थियो । कारण, उहाँले जुन सरकारको विरोध गर्नुभयो त्यसले साम्राज्यवादको प्रतिरोध गर्दैनथ्यो । तर त्यससँग साँठगाँठ गथ्र्यो, र यो सरकार एउटा क्रान्तिकारी सरकार नभएर क्रान्तिलाई दबाउने सरकार थियो । मई ४ आन्दोलन एउटा क्रान्तिकारी आन्दोलन हुनाको गाँठी कारण के थियो भने यसले राष्ट्रघाती सरकारको विरोध ग¥यो । चीनका युवाहरुले मई ४ आन्दोलनलाई यसै दृष्टिले हेर्नुपर्दछ । आज सिङ्गै राष्ट्र जापानको प्रतिरोध गर्न लडाकू भावनासाथ ज¥याक–जुरूक उठेको बेलामा हामीले जापानी साम्राज्यवादलाई पराजित गर्न दरिलो अठोट गरेका छौँ र हामीले विगत कालका विफलताहरुबाट चेतावनी लिएका हुनाले हामी कुनै पनि देशद्रोहीलाई बाँकी राख्नेछैनौँ वा क्रान्तिलाई फेरी विफल हुन दिनेछैनौँ । एकाध अपवादहरुबाहेक चीनका सारा युवाहरु ब्यूँझेका छन् र तिनले जित्ने अठोट गरेका छन् र मई ४ लाई युवा दिवस भनी नामकरण गर्ने कामबाट यो कुरा प्रष्ट भएको छ । हामी विजयको बाटोतिर लम्कदैछौँ र सारा जनताले संयुक्त प्रयास गरेको खण्डमा चिनियाँ क्रान्तिले प्रतिरोध अवश्यै विजय प्राप्त गर्नेछ ।

दोस्रो कुरा, चिनियाँ क्रान्ति के को विरूद्ध लक्षित छ ? क्रान्तिका निसानाहरु के के हुन् ? एउटा निशाना साम्राज्यवाद हो र अर्को निशाना सामन्तवाद हो भन्ने कुरा सबैलाई थाहै छ । हाल क्रान्तिका निशानाहरु के के हुन् ? एउटा निशाना जापानी साम्राज्यवाद हो र अर्को निशाना साम्राज्यवादका चिनियाँ दलालहरु हुन् । क्रान्ति गर्नको निम्ति हामीले जापानी साम्राज्यवाद र चिनियाँ देशद्रोहीहरुको तख्ता पल्टाउनै पर्छ । क्रान्ति गर्नेहरु को हुन ? क्रान्तिको मुख्य शक्ति के हो ? ती चिनियाँ आम जनता हुन् । क्रान्तिका प्रेरक शक्तिहरु सर्वहारा वर्ग, किसान समुदाय र साम्राज्यवाद र सामन्तवादको विरोध गर्न चाहने अरू वर्गहरुका सदस्यहरु हुन् । साम्राज्यवाद र सामन्तवादको विरोध गर्ने क्रान्तिकारी शक्तिहरु यिनै हुन् । साम्राज्यवाद र सामन्तवादको विरोध गर्ने क्रान्तिकारी शक्तिहरु यिनै हुन् । तर यी धेरैमध्येमा क्रान्तिको आधारभूत शक्ति, क्रान्तिको मेरूदण्ड को हुन् ? देशको जनसंख्यामा ९० प्रतिशत रहेका मजदुरहरु र किसानहरु नै क्रान्तिको मेरूदण्ड हुन् । चिनियाँ क्रान्तिको स्वरुप कस्तो छ ? आज हामी कस्तो खाल्को क्रान्ति गर्दैछौ ? आज हामी पुँजीवादी–जनवादी क्रान्ति गर्दैछौं र हाम्रो कुनै पनि काम यसको सीमा बाहिर पर्दैन । मोटामोटी दृष्टिले भन्ने हो भने हामीले हाल निजी सम्पत्तियुक्त पुँजीवादी व्यवस्थालाई नष्ट गर्नु हुँदैन, हामीले नष्ट गर्न चाहेको कुरा त साम्राज्यवाद र सामन्तवाद हो । हामीले यसैलाई पुँजीवादी जनवादी क्रान्ति भनेको हो । तर यो क्रान्ति पूरा गर्नु पुँजीपति वर्गको सामथ्र्यभन्दा बाहिरको कुरा भइसकेको छ र यसको निम्ति सर्वहारावर्ग र व्यापक जन समूहको प्रयासमाथि भर पर्नैपर्छ ! जनवादी गणतन्त्र भनेको क्रान्तिकारी तीन जन–सिद्धान्तमा आधारित गणतन्त्र हो । यो हालको अर्थ– औपनेशिक तथा अर्ध–सामन्ती व्यवस्था र भविष्यको समाजवादी व्यवस्था यी दुवैभन्दा बेग्लै हुनेछ । समाजवादी समाजमा पुँजीपतिहरुको निम्ति कुनै स्थान रहँदैन, तर जनताको जनवादी व्यवस्थामा भने तिनको अस्तित्व रहन दिनुपर्छ । के चीनमा पुँजीपतिहरुको स्थान सधैँ रहिरहला त ? अहँ, भविष्यमा अवश्यै रहनेछैन । यो कुरा चीनको हकमा मात्र होइन, सारा संसारकै हकमा सत्य ठहर्छ । भविष्यमा बेलायत, अमेरिका, फ्रान्स, जापान, जर्मनी र इटाली कुनै देशमा पनि पुँजीपतिहरुको निम्ति स्थान रहनेछैन र चीन पनि यस कुराको अपवाद हुँदैन । सोभियत संघ एउटा त्यस्तो देश हो, जसले समाजवादको स्थापना गरिसकेको छ, र सारा संसारले यसको अनुसरण गर्ने कुरामा कुनै शंका छैन । चीन भविष्यमा अवश्यै समाजवादतर्फ लम्कनेछ, यो एउटा अकाटय नियम हो । तर वर्तमान चरणमा हाम्रो अभिभारा समाजवाद लागु गर्नु होइन तर साम्राज्यवाद र सामन्तवादलाई ध्वस्त पार्नु, चीनको वर्तमान अर्ध–औपनिवेशिक र अर्थ–सामन्ती स्थितिलाई बदल्नु र जनताको जनवादी व्यवस्था स्थापना गर्नु । सिङ्गै देशका युवाहरुले यसैको निम्ति प्रयत्न गर्नुपर्छ ।

तेस्रो कुरा, चिनियाँ क्रान्तिबाट सिक्नुपर्ने पाठहरु के के हुन् ? यो पनि हाम्रा युवाहरुले बुझ्नुपर्ने एउटा महत्वपूर्ण सवाल हो । ठीक–ठीक भन्ने हो भने, साम्राज्यवाद र सामन्तवाद विरोधी चीनको पुँजीवादी– जनवादी क्रान्ति डा. सुनयात–सेनको हातबाट शुरू भएको थियो र यो पचास वर्षभन्दा बढी समयदेखि चलिआएको छ, चीन विरोधी विदेशी पुँजीवादी अतिक्रमण भने झन्डै सय वर्षदेखि चलिआएको छ । यस शताब्दीमा पहिले बेलायती अतिक्रमण विरोधी अफिम युद्ध भयो, त्यसपछि थाइफिङ स्वर्गिक राज्य युद्ध भयो, त्यसपछि १९९४ को चीन–जापान युद्ध, १९९८ को सुधार आन्दोलन, ई हो थ्वान आन्दोलन, १९११ को क्रान्ति, मई ४ आन्दोलन, उत्तरी अभियान, र लाल सेनाद्वारा सञ्चालित युद्ध भए । ती संघर्षहरु एक अर्कोभन्दा बेग्लाबेग्लै भए तापनि विदेशी शत्रुहरुको मुकाबिला गर्नु वा विद्यमान परिस्थितिहरुलाई बदल्नु तिनको साझा उद्देश्य थियो । तर डा. सुन यात–सेनका पालादेखिमात्रै अलि प्रष्ट रुपले पुँजीवादी–जनवादी क्रान्ति शुरू भयो । डा.सुन यात–सेनले शुरू गर्नुभएको क्रान्तिले बितेका पचार वर्षमा सफलताहरु र विफलताहरु दुवै हात लाएको छ । १९११ को क्रान्ति एउटा सफल क्रान्ति थिएन र ? यसले सम्राटलाई सत्ताबाट मुन्टयाएन र ? तै पनि यो क्रान्ति कुन अर्थमा विफल थियो भने यसले सम्राटलाई सत्ताबाट मुन्टयाए तापनि यसले चीनलाई साम्राज्यवादी र सामन्तवाद विरोधी क्रान्तिकारी अभिभारा अधुरै रह्यो । मई ४ आन्दोलनको उद्देश्य के थियो ? यसको उद्देश्य पनि साम्राज्यवाद र सामन्तवादको तख्ता पल्टाइदिनु थियो, तर यो पनि विफल भयो, र चीन अझै साम्राज्यवाद र सामन्तवादकै अधीनमा रहिरह्यो । उत्तरी अभियान भन्ने क्रान्तिको पनि यस्तै हालत भयो, यसले सफलताहरु हासिल त ग¥यो, तर यो पनि विफल भयो । क्वोमिन्ताङ कम्युनिष्ट पार्टीको विरूद्ध उभिएको बेलादेखि चीन फेरि साम्राज्यवाद र सामन्तवादको प्रभुत्वमा प¥यो । लाल सेनाले चलाएको दश वर्षको युद्ध यसैको अनिवार्य परिणाम थियो । तर यस देश वर्षको संघर्षले सिंगै देशको क्रान्तिकारी अभिभारा पूरा नगरेर चीनको एक भागको क्रान्तिकारी अभिभारा मात्र पूरा ग¥यो । वितेका दशकहरुको क्रान्तिको निचोड निकाल्ने हो भने हामी के भन्न सकौंला भने क्रान्तिले स्थायी र राष्ट्रव्यापी विजय प्राप्त नगरेर अस्थायी र आंशिक विजयहरु मात्रै प्राप्त गरेको छ । डा. सुन यात–सेनले भन्नुभएझै, “क्रान्ति अझै पूरा भएको छैन, मेरा सबै कामरेडहरुले संघर्ष जारी राख्नै पर्छ ।” अब के सवाल उठ्छ भने, कैयन दशक संघर्ष गर्दा पनि चिनियाँ क्रान्तिले किन अझै आफ्नो लक्ष्य प्राप्त नगरेको हो ? यसका कारणहरु के–के हुन् ? मेरो विचारमा यसका दुइटा कारण छन् ः– पहिलो कारण हो, शत्रुको शक्ति अचाक्ली बलियो हुनु, र दोस्रो कारण हो, हाम्रा शक्तिहरु अचाक्ली कमजोर हुनु । एक पक्ष बलियो, र अर्को पक्ष कमजोर हुनाले क्रान्ति सफल भएन । शत्रुका शक्तिहरु अचाक्ली बलिया छन् भन्नाको हाम्रो ताप्पर्य के हो भने साम्राज्यवादका शक्तिहरु (मुख्य पहलू) र सामन्तवादका शक्तिहरु अचाक्ली कमजोर छन् भन्नाले हाम्रा तात्पर्य के हो भने, हामी सैनिक, राजनैतिक, आर्थिक र साँस्कृतिक क्षेत्रहरुमा कमजोर छौँ, तर हामीमा कमजोरी हुनु र त्यसले गर्दा हामीले साम्राज्यवाद विरोधी र सामन्तवाद विरोधी अभिभारा पूरा गर्न नसक्नुको मुख्य कारण देशको सिङ्गो जनसंख्याको ९० प्रतिशत भएका मजदुर, किसान र श्रमिक जनसमूहलाई अझै सञ्चालित नगर्नु हो । बितेका दशकहरुको क्रान्तिका अनुभवको निचोड निकाल्ने हो भने हामी के भन्न सकौंला भने देशभरिका जनतालाई पूर्णरुपले सञ्तालित गरिएकै छैन र प्रतिक्रियावादीहरुले सधैँ यस्तो सञ्चालन–कार्यको विरोध गरेका छन् र यसको घाँटी निमोठेका छन् । जनसंख्याको ९० प्रतिशत भएका मजदुरहरु र किसानहरुलाई सञ्चालित र संगठित गरेपछि मात्रै साम्राज्यवाद र सामन्तवादको तख्ता पल्टाइदिन सम्भव हुनेछ । डा. सुन यात–सेनले आफ्नो इच्छापत्रमा भन्नुभएको छ ः–

“चीनको निम्ति स्वतन्त्रता र समानता प्राप्त गर्ने उद्देश्यले मैले आपूmलाई राष्ट्रिय क्रान्तिको ध्येयप्रति चालिस वर्षदेखि समर्पित गरेको छु । यी चालीस वर्षका मेरा अनुभवले मलाई के कुरामा दरिलो गरी विश्वस्त गराएका छन् भने यो उद्देश्य पूरा गर्नको निम्ति हामीले जनसमूहहरुलाई ब्यूँझाउने पर्छ र हामीसँग समानताको व्यवहार गर्ने राष्ट्रहरुसँग साझा संघर्षमा एकताबद्ध हुनैपर्छ ।

                डा. सुन बित्नुभएको दश वर्षभन्दा बढी भइसक्यो । उहाँले उल्लेख गर्नुभएका चालिस वर्षमा यी दश वर्ष जोड्ने हो भने जम्मा पचास वर्षभन्दा बढी हुन्छ । यी वर्षहरुमा क्रान्तिको अनुभवको पाठ के हो त ? आधारभूतरुपले, त्यो पाठ हो, “जनसमूहरुलाई ब्यूँझाऊ ।” तपार्ईंहरुले यस पाठको राम्रो अध्ययन गर्नैैपर्छ, र चीनका सबै युवाहरुले पनि यसो गर्नैपर्छ । जनसंख्याको ९० प्रतिशत भएका मजदुर–किसान जनसमूहरुलाई सञ्चालित गरेर मात्रै हामी स्रामाज्यवाद र सामन्तवादलाई पराजित गर्नसक्छौ भन्ने कुरा उनीहरुले थाहा पाउनैपर्छ । हामीले देशभरीका मजदुर र किसानहरुलाई सञ्चालित नगरून्जेलसम्म जापानलाई पराजित गर्न र नौलो चीनको निर्माण गर्न असम्भव हुनेछ ।

चौथो कुरा, अब फेरि युवा आन्दोलनको कुरा गरौँ । बीस वर्षअघि ठीक आजकै दिनमा चीनमा विद्यार्थीहरुले भाग लिएको मई ४ आन्दोलन भन्ने महान् ऐतिहासिक घटना घटेको थियो, यो ज्यादै महत्वपूर्ण आन्दोलन थियो । मई ४ आन्दोलनदेखि चीनका युवाहरुले के कस्तो भूमिका खेल्दै आएका छन् ? तिनले एक प्रकारको अग्रिम भूमिका खेलेका छन्– यो कट्टरपन्थीहरुबाहेक सबैले मानेको तथ्य हो । अग्रिम भूमिकाको अर्थ के हो ? यसको अर्थ हो अघिलाग्नु र क्रान्तिका पंक्तिहरुमा अंग्रेजी मोर्चामा उभिएर अघिलम्बनु । चिनियाँ जनताका साम्राज्यवाद विरोधी र सामन्तवाद विरोधी पंक्तिहरुमा देशका युवा बुद्धिजीवीहरु र विद्यार्थीहरुको माझबाट बनेको एउटा डफ्फा पनि छ । यो डफ्फा ज्यादै ठूलो छ, र आफ्नो ज्यान बलिदान गर्ने थुप्रै युवाहरुको गन्ती नगर्दा पनि यस डफ्फामा हाल दशौंलाख मानिसहरु पर्दछन् । यो साम्राज्यवाद र सामन्तवाद विरोधी एउटा मोर्चाको सेना हो, र यो सेना ज्यादै महत्वपूर्ण पनि छ । तर यो सेना मात्र पर्याप्त हुँदैन, यसमाथि मात्र भर परेर शत्रुलाई पराजित गर्न सकिँदैन, किनभने यो मुख्य शक्ति होइन । उसोभए मुख्य शक्ति कुन हो त ? मजदुरहरु र किसानहरु मुख्य शक्ति हुन् । हाम्रा तन्नेरी बुद्धिजीवी र विद्यार्थीहरुले जनसंख्याको ९० प्रतिशत भएका मजदुरहरु र किसानहरुको माझमा जानैपर्छ, र तिनलाई सञ्चालित र संगठित गर्नैपर्छ । मजदुरहरु र किसानहरुको यो मुख्य शक्तिबेगर हामी साम्राज्यवाद र सामन्तवाद विरोधी संघर्षमा विजय प्राप्त गर्न सक्दैनौ, तन्नेरी वुद्धिजीवीहरु र विद्यार्थीहरुको डफ्फामाथि मात्र भर परेर हामी यस संघर्षमा विजय प्राप्त गर्न सक्दैनौं । त्यसैले, देशभरिका तन्नेरी बुद्धिजीवीहरु र विद्यार्थीहरुले मजदुरहरु र किसानहरुमा व्यापक जन–समूहहरुसँग एकताबद्ध भएर एक ज्यान हुनुपर्दछ र त्यसपछि मात्र एउटा बलियो शक्ति, दशौं करोड मानिसहरुको एउटा शक्तिको सिर्जना गर्न सकिनेछ । यस विशाल शक्तिको सहाराले मात्रै शत्रुका दरिला किल्लाहरुमाथि कब्जा जमाउन सकिनेछ र उसका आखिरी किल्लाहरुलाई तहसनहस पार्न सकिनेछ । विगत कालको युवा आन्दोलनवारे यस दृष्टिले मूल्याङ्कन गर्दा हामीले एउटा गलत प्रवृत्ति औंल्याउनु जरूरी छ । बितेका केही दशकको युवा आन्दोलनमा तन्नेरीहरुको एक भाग मजदुरहरु र किसानहरुसँग एकताबद्ध हुन अनिच्छुक रहेको छ र यसले उनीहरुका आन्दोलनहरुको विरोध गरेको छ, यो युवा आन्दोलनमा रहेको एउटा विरोधी–धारा हो । जनसख्याको ९० प्रतिशत भएका जन–समूहसँग एकताबद्ध हुन इन्कार गर्नु र अझ सोझै तिनको विरोध समेत गर्नु वास्तवमा यी मानिसहरुको मुख्र्याइँ नै थियो । के यो राम्रो प्रवृत्ति हो र ? मलाई लाग्छ, यो राम्रो प्रवृत्ति होइन, किनभने मजदुरहरु र किसानहरुको विरोध गर्दा वास्तवमा उनीहरु क्रान्तिकै विरोध गरिरहेका हुन्छन्, त्यसैले हामी यसलाई युवा आन्दोलनको विरोधी धारा भन्दछौं । यस खालको युवा आन्दोलनबाट सुपरिणाम हात लाग्ने छैन । केही दिनअघि लेखेको एउटा छोटो लेखमा मैले भनेको थिएँ ः

अन्तिम विश्लेषणमआ, वुद्धिजीवीहरु मजदुरहरु र किसानहरुसँग घनिष्ठ रुपले गाँसिन तयार छन् कि छैनन् र उनीहरु साँच्चि नै यसो गर्छन् कि गर्दैनन् भन्ने कुरा क्रान्तिकारी बुद्धिजीवीहरु र अक्रान्तिकारी वा प्रति–क्रान्तिकारी बुद्धिजीवीहरुको माझको विभाजन रेखा हो ।

यहाँ म एउटा कसी अघिसार्छु, जसलाई मैले एक मात्र सही कसी ठानेको छु । कुनै युवक क्रान्तिकारी हो कि होइन भनेर हामीले कसरी जाँच्ने ? यो कुरा हामीले कसरी भन्ने ? यसको एक मात्र कसी हुनसक्छ, त्यो हो, ऊ मजदुरहरु र किसानहरुको व्यापक समूहसँग घनिष्ठ रुपले गाँसिन तयार छ कि छैन र व्यवहारमा त्यसो गर्छ कि गर्दैन । ऊ त्यसो गर्न तयार छ र साँच्चि नै त्यसो गर्छ भने ऊ क्रान्तिकारी हो, होइन भने ऊ क्रान्तिकारी वा प्रतिक्रान्तिकारी हो । आज ऊ मजदुरहरु र किसानहरुका जन–समूहसँग घनिष्ठ रुपले गाँसिन्छ भने आउ ऊ क्रान्तिकारी हुन्छ, भोलि ऊ यसो गर्नु छाड्छ वा यसको उल्टो बाटो समातेर उसले साधारण जनतालाई दबाउँछ भने ऊ क्रान्तिकारी वा प्रतिक्रान्तिकारी बन्दछ । केही तन्नेरीहरु तीन जनसिद्धान्तहरु वा माक्र्सवादप्रति आफ्नो विश्वास छ भन्ने कुरा खूब बढाइचढाइकन सुनाउने गर्छन् । तर यस्तो गफले कुनै कुरा पनि सिद्ध गर्दैन । हिटलर “समाजवाद” प्रति आफ्नो विश्वास छ भन्ने कुरा गर्दैन र ? बीस वर्षअघि मुसोलिनी पनि “समाजवादी” थियो ! अनि उनीहरुको “समाजवाद” को अर्थ के हो त ? यसको अर्थ हो– फासिस्टवाद । एकताका छन् तूश्यु माक्र्सवादमा “विश्वास” गर्दैनथ्यो र ? पछि उसले के ग¥यो ? ऊ प्रतिक्रान्तिकारी लाग्यो । चाङ क्वो थाओ माक्र्सवादमा “विश्वास” गर्दैनथ्यो र ? अचेल ऊ कहाँ छ त ? ऊ भागेर रछ्यानमा जाकिएको छ । केही मानिसहरु आपूmलाई “तीन जन–सिद्धान्तहरुका अनुयायी” वा अझ यी सिद्धान्तहरुमा पुराना कट्टर समर्थक ठान्दछन्, तर तिनले के गरको छन् त ? वास्तवमा तिनको राष्ट्रवादको सिद्धान्तको साँचो अर्थ हो साम्राज्यवादीहरुसँग साँठगाँठ गर्नु, तिनको जनवादको सिद्धान्तको साँचो अर्थ हो साधारण जनतामाथि थिचोमिचो गर्नु र तिनको जन–जीविकाको सिद्धान्तको साँचो अर्थ हो जनताको रगत चुस्नु । तिनले मुखले तीन जनसिद्धान्तका कुरा गर्छन् तर दिलले भने तिनलाई इन्कार गर्छन् । त्यसैले कुनै मानिस तीन जन–सिद्धान्तहरुको सच्चा अनुयायी हो कि झुठ्ठा अनुयायी हो, ऊ सच्चा माक्र्सवादी हो कि भूmठ्ठा माक्र्सवादी हो भनेर लेखाजोखा गर्नु र ठह¥याउनु पर्दा मजदुरहरु र किसानहरुको व्यापक जनसमूहसँग उसको कस्तो सम्बन्ध छ भन्ने कुरा मात्र पत्ता लगाउनुपर्छ, अनि ऊ कस्तो खालको मान्छे हो भन्ने कुरा थाहा भइहाल्छ । यो नै एकमात्र कसी हो, अर्को कसी छँदैछैन । म के आशा गर्छु भने हाम्रो देशका युवाहरु यस अपराधपूर्ण विरोधी–धारातिर बहकिनै छैनन् तर त्यसको सट्टा मजदुरहरु र किसानहरुलाई आफ्ना साथी सरह ठान्दै उज्यालो भविष्यतिर लम्कनेछन् ।

पाँचौ कुरा, जापान विरोधी वर्तमान प्रतिरोध युद्ध चिनियाँ क्रान्तिका एउटा नौलौ चरण–एउटा अति महान्, अति गतिशील र अति संजीव चरणको संकेत हो । यस चरणमा युवाहरुका काँधमा ज्यादै ठूलो जिम्मेवारी आइलागेको छ । बितेका दशकहरुमा हाम्रो क्रान्तिकारी आन्दोलनको संघर्षका अनेकौँ चरणहरु पार गरेको छ, तर तीमध्ये कुनै चरण पनि वर्तमान प्रतिरोध युद्ध जतिको व्यापक थिएन । हालको चिनियाँ क्रान्तिमा यसलाई विगत कालको क्रान्तिभन्दा बेग्लै बनाउने विशेषताहरु रहेका छन् र अब यो क्रान्ति पराजयबाट विजयतर्फ मोडिनेछ, भन्नाको अर्थ के हो भने चिनियाँ जन–समूहले प्रगति गरेका छन्, र युवाहरुले गरेको प्रगति त्यसमध्येको एउटा प्रस्ट प्रमाण हो । त्यसैले जापान विरोधी युद्धले विजय प्राप्त गर्नैपर्छ र अवश्य प्राप्त गर्नेछ । सबैलाई के कुरा थाहा छ भने यस युद्धको आधारभूत नीति जापानविरोधी राष्ट्रिय संयुक्त मोर्चा हो जसको उद्देश्य हो जापानी साम्राज्यवाद र उसका चिनियाँ पिठ्यँुहरुको तख्ता पल्टाइदिनु पुरानो चीनलाई नौलो चीनमा फेर्नु र सिङ्गो राष्ट्रलाई अर्ध–औपनिवेशिक र अर्थ–सामन्ती अवस्थाबाट मुक्त गर्नु । चीनको युवा आन्दोलनमा हाल एकताको कमी हुनु एउटा गम्भीर कमजोरी हो । तपार्ईंहरुले एकताको निम्ति अटुट प्रयास गर्नुपर्छ, किनभने एकता नै बल हो । तपार्ईंहरुले सिङ्गै देशका युवाहरुलाई वर्तमान स्थितिलाई बुझ्न, एकता हासिल गर्न र आखिरीसम्म जापानको प्रतिरोध गर्नको निम्ति मद्दत गर्नुपर्छ ।

छैठौं र अन्तिम कुरा, म येनानको युवा आन्दोलनबारे बोल्न चाहन्छु । यो आन्दोलन देशभरिको युवा आन्दोलनको निम्ति एउटा नमूना हो । यसले जुन दिशा समातेको छ त्यो वास्तवमा सिङ्गै देशको युवा आन्दोलनको दिशा हो, किन ? किन भने यो सही दिशा हो । हेर्नोस्न, एकताको सवालबारेमा येनानका युवाहरुले राम्रो काम गरेका मात्र होइनन्, साँच्चि नै राम्रो काम गरेका छन् । येनानका युवाहरुले ऐक्यवद्धता र एकता हासिल गरेका छन् । येनानका तन्नेरी बुद्धिजीवीहरु र विद्यार्थीहरु, तन्नेरी मजदुरहरु र किसानहरु सबै नै एकताबद्ध भएका छन्, देशभरिबाट र विदेशबाट समेत पनि थुप्रै क्रान्तिकारी युवाहरु येनानमा अध्ययन गर्न आएका छन् । यस सभामा सामेल हुनुभएका तपार्ईंहरुमध्ये धेरैजसो हजारौ मील टाढाबाट आउनु भएको छ तपार्ईंहरुको थर चाङ होस वा ली होस्, तपार्ईंहरु पुरूष हुन् वा नारी, तपार्ईंहरु सबैको भावना एउटै छ । के यस कुरालाई सिङ्गै देशको निम्ति एउटा नमूना मान्न नपर्ला र ? येनानका युवाहरु आफ्नै माझमा एकताबद्ध हुनु बाहेक मजदुरहरु र किसानहरुका जनसमूहसँग पनि घनिष्ठ रुपले गाँसिएका छन्, र अरू कुराहरुले भन्दा पनि यस कुराले तपार्ईंहरुलाई सिङ्गै देशको निम्ति नमूनालायक बनाउँछ । तपार्ईंहरु येनानमा के गर्दै आउनुभएको छ ? तपार्ईंहरु क्रान्तिको सिद्धान्त सिक्दै र जापानको प्रतिरोध गर्ने तथा राष्ट्रलाई जोगाउने सिद्धान्तहरु र पद्धतिहरु अध्ययन गर्दै आउनुभएको छ । तपाईंहरु उत्पादन अभियान चलाउँदै आउनु भएको छ । तपार्ईंहरुले हज्जारौं मूबाँझो जमीन आवाद गर्नुभएको छ । कन्फुसियसले कहिल्यै पनि जमीन आवाद गरेनन् वा जोतेनन् । उनले आफ्नो स्कूल चलाउँदा उनका निकै जना विद्यार्थीहरु थिए, “सत्तरी जना विद्वानहरु र तीन हजार शिष्यहरु” कस्तो विधि फस्टाएको स्कूल हकि ! तर उनका विद्यार्थीहरु येनानका विद्यार्थीहरुभन्दा कता हो कता धेरै थिए, र मुख्य कुरा त उनीहरु उत्पादन अभियानलाई घृणा गर्थे । एउटा विद्यार्थीले खेत कसरी जोत्ने हो भनेर सोद्धा कन्फुसियसले जवाफ दिए, “मलाई थाहा छैन, म यस विषयमा किसान जति सिपालु छैन ।” प्राचिन कालमा ऋषिको रेखदेखमा अध्ययन गर्ने चिनियाँ युवाहरुले न त क्रान्तिकारी सिद्धान्तको शिक्षा प्राप्त गर्दथे, न त श्रममा भाग लिन्थे । अचेल देशका विशाल क्षेत्रहरुका स्कुलहरुमा क्रान्तिकारी सिद्धान्तको शिक्षा ज्यादै थोरै दिइन्छ र उत्पादन आन्दोलनजस्ता कुराहरु त्यहाँ उठ्दै उठ्दैनन् । यहाँ येनानका र शत्रुका पंक्तिहरुका पछिल्लो भाग जापान विरोधी आधार–इलाकाहरुका तन्नेरीहरु आधारभूत रुपले बेग्लै छैनन्, उनीहरु जापानको प्रतिरोध गर्ने र राष्ट्रलाई जोगाउने काममा साँच्चिकै अग्रदल हुन् किनभने उनीहरुको राजनैतिक दिशा र कार्यपद्धति सही छ । त्यसैले येनानको युवा आन्दोलन देशभरिकै युवा आन्दोलनको एउटा नमूना हो भनेर मैले भनेको हुँ ।

हाम्रो आजको सभा अति महत्वपूर्ण छ । मैले भन्न चाहेको सबै कुरा भनिसकेँ । म के आशा गर्छु भने तपार्ईंहरुले चिनियाँ क्रान्तिका बितेका पचास वर्षका सबै पाठहरुको अध्ययन गर्नुहुनेछ, यसका सबल पक्षहरुको विकास गर्नुहुनेछ र यसका गल्तीहरुबाट जोगिनु हुनेछ, जसले गर्दा युवाहरु देशभरिका जनतासँग एकताबद्ध हुन सकुन् र क्रान्ति विफलताबाट सफलतातिर मोडिन सकोस् । युवाहरु र सिङ्गै राष्ट्रलाई सञ्चालित, संगठित र एकताबद्ध पारेपछि जापानी साम्राज्यवादको सत्ता पल्टाइनेछ । हरेक तन्नेरीले आफ्नो जिम्मेवारी बहन गर्नैपर्छ । जापानी साम्राज्यवादको तख्ता पल्टाउन र पुरानाी चीजलाई नौलो चीनमा फेर्नका निम्ति तपार्ईंहरु हरेकले पहिलेको भन्दा बेग्लै हुनुपर्छ र देशभरिका युवाहरुलाई एकताबद्ध गर्न देशभरिका जनतालाई संगठित गर्न दरिलो अठोट गर्नुपर्दछ । तपार्ईंहरु सबैबाट म यही कुराको आशा गर्छु ।

१.            यो भाषण कामरेड माओ त्सेतुङले मई ४ आन्दोलनको बीसौं वार्षिकोत्सवको उपलक्ष्यमा येनानको युवाहरुद्वारा आयोजित स्मृत–सभामा दिनुभएको थियो । यस भाषणले चिनियाँ क्रान्तिसम्बन्धी उहाँको विचारमा भएको विकासलाई औंल्यायो ।

२.            शेंनशी–कानसू–निङश्या सीमान्त क्षेत्रको युवा संगठनले सबभन्दा पहिले मई ४ लाई चीनको युवा दिवस भनी घोषित गरेको थियो । तन्नेरीहरुको व्यापक समूहको देशभक्तिपूर्ण संघर्षको दबाबमा परेर क्वोमिन्ताङ सरकारले यस कुरामा सहमति जनायो । तर पछि युवाहरु क्रान्तिकारी बन्लान् भन्ने डरले मई ४ मनाउने निर्णयलाई क्वोमिन्ताङले खतरनाक ठान्यो, र उसले मार्च २९ लाई आफ्नो युवा दिवस घोषित ग¥यो । (१९११ मा यसै दिन क्वाङचओको एउटा विद्रोहमा प्राण गुमाउने क्रान्तिकारी शहीदहरुको स्मृतिदिवसको रुपमा यो घोषणा गरिएको थियो ।) तैपनि कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेका क्रान्तिकारी आधार इलाकाहरुमा भने मई ४ लाई युवा दिवस मानिदै गयो, र जनवादी गणतन्त्र चीनको स्थापनापछि १९४९ को डिसम्बरमा केन्द्रीय जनवादी सरकारको प्रशासनिक परिषदले आधिकारिक रुपले यसलाई युवा दिवस घोषित ग¥यो ।

(हस्तबहादुर के.सी. द्वारा संकलित तथा सम्पादित पुस्तक ‘माओ त्सेतुङका प्रमुख लेखहरु’ बाट)

प्रतिक्रियाहरु