महासचिव विप्लव सीद्वारा सहिद परिवारको घर निर्माणको शिलान्यास

२०८१ जेष्ठ १० गते, बिहीबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले कपिलवस्तुको शिवराज नगरपालिका वडा ९ बाँनिया भारमा सहिद शंकर विक र राजु बिकको आमा देविमाया सीको घर निर्माणको शिलान्यास गरेका छन् । उक्त कार्यक्रममा महासचिव बिप्लव सीले पार्टीको पाचौं पूर्ण बैठकमा सहिद परिवारहरुको घर निर्माण गर्ने नीति लिएको र यसै नीति अन्तरगत सहिद शंकर विक र राजु बिकको आमा देविमाया सको घर निर्माणको सुरुवात गरेको बताए ।
उक्त कार्यक्रममा हिद शंकर विक र राजु बिकको आमा देविमाया सीले पार्टीले धेरै राम्रो काम गरेको भन्दै खुशी व्यक्त गरिन।
उक्त कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य बिजय सी ,असल सी , केन्द्रिय सदस्य अडिग सी र पार्टीका नेता कार्यकर्ता ,सहिदका आफन्त र स्थानीय जनसमुदायको उपस्थिति थियोे ।
उक्त आवास निर्माण सुम्मा सी को संयोजकत्वमा ५ सदस्यीय टोलीले काम सुरु गरेको छ । यो निर्माण कार्यमा स्थानीय युवा क्लब ,समुदायिक वन र वडा कार्यलय लागयतले सहयोग गरेको बताइएको छ ।

प्रतिक्रियाहरु