मनोरञ्जन पार्कमा आगलागी, २४ जनाको मृत्यु

२०८१ जेष्ठ १३ गते, आईतवार

काठमाडौँ । भारतको गुजरातमा मनोरञ्जन पार्कमा भएको आगलागीमा २४ जनाको मृत्यु भएको छ भने दर्जनौ घाइते भएका छन् । गुजरातको राजकोटमा भएको घटनामा भवनको भग्नावशेषमा थुप्रै पुरिएको आशंका गरिएको छ । त्यहाँ उद्धार कार्य जारी छ । सो मनोरञ्जन स्थलमा युवायुवतीको भीड लागेको बेलामा भएको आगालागीका बीच कोलाहल मच्चिएको थियो । आगलागीको कारण बारे केही खुलाइएको छैन ।
यसैबीच गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घटना स्थलमा विशेष अनुसन्धान टोली खटाइएको जानकारी दिनुभएको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले राजकोटमा भएको आगलागीबाट आफू अत्यन्तै दुखी भएको र पीडित परिवारका साथ आफु रहेको प्रतिक्रिया दिए ।आगलागीका कारण सो पार्क पुर्ण रुपमा ध्वस्त भएको छ । पार्क गुजरातका युवा युवतीका मनोरञ्जनका लागि निकै नै प्रख्यात पार्क हो ।
यता, भारतको राजधानी नयाँ दिल्लीस्थित एक बाल अस्पतालमा आगलागी हुँदा कम्तीमा ६ जना नवजात शिशुको मृत्यु भएको छ । शनिबार राती पूर्वी दिल्लीको विवेक बिहारस्थित बेबी केयर सेन्टरमा आगलागी भएको हो । आगलागीमा १२ नवजात शिशुको भने सकुशल उद्धार गरिएको छ । आगलागीमा जलेका ६ जना नवजात शिशुको भने भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ । उनीहरुको अवस्था भने गम्भीर रहेको छ ।
विद्युत शर्ट भइ आगलागी भएको अनुमान गरिए पनि घटनाबारे अनुसन्धान जारी छ । आगलागीले सो अस्पतालका उपकरणहरु नष्ट भएका छन् । – एजेन्सी

प्रतिक्रियाहरु