‘देशले दलाल पुजिँवादी व्यवस्थाकाे विकल्प खोजिरहेको छ’

२०८१ जेष्ठ ११ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज उमा सी (शिलु) ले देशले दलाल पुजिँवादी व्यवस्थाकाे विकल्प खोजिरहेको र त्यसको विकल्प नेकपाले अगाडि सारेको नेपाली विशेषताको समाजवाद भएको ठोकुवा गरेकी छन। नेपाल कम्युनिस्ट पार्टी गोरखाको चौथो पुर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेकी हुन्।
इन्चार्ज उमा सी (शिलु) ले गोरखाले जनयुद्दकालमा महत्वपुर्ण आधारक्षेत्रको रुपमा खेलेको भुमिकाको चर्चा गर्दै जनयुद्दमा जस्तै एकिकृत जनक्रान्तिमा पनि गोरखाको बिशेष भुमिकाको अपेक्षा गरेको र समाजवाद निर्माणको लागि गोरखा अग्रस्थानमा देखिनुपर्ने बताइन् । उनले देशले दलाल पुजिँवादी व्यवस्थाकाे विकल्प खोजिरहेको र त्यसको विकल्प नेकपाले अगाडि सारेको नेपाली विशेषताको समाजवाद रहेको बताउदै समाजवाद स्थापनार्थ जनस्तरमा बहस र छलफल चलाउन आवश्यक रहेको पनि उल्लेख गरिन् ।
उक्त बैठकमा नेकपाका केन्द्रीय सदस्य एव जिल्ला इन्चार्ज कपिल सीले देशमा बिशिष्ट परिस्थिति आएको भन्दै पार्टीले लिएको नीति परिस्थिति अनुकुल रहेको बताए । उनले भने- ‘हामीले खडा गरिदिएको गणतन्त्रमा साम्राज्यवादीका गोटीहरुले हालिमुलाही गर्ने अवस्था आयो, देश अब समाजवादको बाटोमा अघि बढ्नुपर्ने र यसको नेतृत्व हाम्रो पार्टीले गर्नुपर्छ ।’
उक्त बैठकमा पार्टीका जिल्ला सेक्रेटरी काजी सीले पार्टीले दिएको कार्यभार पूरा गर्न सबै एकताबद्द भएर लाग्नुपर्ने बताए । उनले गोरखा जिल्ला सामरिक र एतिहासिक रहेको बताउदै सोही बमोजिमको भुमिका खेल्न सबै जिम्मेवारी हुनुपर्ने बताए ।
बैठकमा अतिथिको रुपमा उपस्थित नेकपा मनाङ सेक्रेटरी विजय सी, अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय सदस्य विनोद पाण्डे, जिल्ला सल्लाहकार डिलबहादुर भण्डारी, योगेन्द्र सी, विनोद सी लगायतले पार्टीप्रति जनआस्था र विश्वास बढेको बताउदै समाजवादी व्यवस्थाको नेतृत्व नेकपाले गर्नुपर्ने बताएका थिए ।
चौथो बैठकले सबै नगरपालिका र गाउँपालिकामा इन्चार्ज सेक्रेटरी तोकेको छ भने उत्पादन र सङ्घर्षका कामहरु पनि अघि बढाउने निर्णय गरेको सेक्रेटरी काजी सीले जानकारी दिए । त्यस्तै बैठकले सबै जवस र मोर्चाहरुको भेला र सम्मेलन गर्ने निर्णय समेत गरेको छ ।
बैठकले पार्टी केन्द्रको कार्यक्रम अनुरुप सहकारीका पीडितहरुका समस्या, लघुवित्तसम्बन्धी समस्या, मिटरव्याजी लगायत जनतासग जोडिएका समस्याहरुलाई उठान गर्ने निर्णय पनि बैठकले गरेको छ । नेपाली बिशेषताको समाजवादबारे पालिकास्तरसम्म अन्तरक्रिया आयोजना गर्ने, समाजवादी मोर्चाको औचित्य र नेपाली विशेषताको समाजवादबारे बहस र अन्तरक्रिया कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको छ ।

प्रतिक्रियाहरु