पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति असम्भव

२०८१ जेष्ठ ११ गते, शुक्रबार


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति सम्भव नभएको ठोकुवा गरेका छन्। बिहिबार श्रमिक समुदाय मोर्चा नेपालको छैठौं पूर्ण बैठकलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।
महासचिव विप्लव सीले पुरानो व्यवस्था र संस्कृतिबाट उत्पीडित जाति – समुदायको मुक्ति सम्भव नभएकोले नेपाली विशेषताको समाजवादी व्यवस्था र सी संस्कृति स्थापनाका निम्ति अग्रसर हुनुपर्ने बताउदै उत्पादनसहितको राजनीतिमा अग्रसर हुन समेत सबैलाई आग्रह गरे ।
उनले उत्पीडन नभोगेका र मार्क्सवादी सचेतना नभएकाले विद्रोह र क्रान्ति गर्न नसक्ने भन्दै उत्पीडन र विभेदको अन्त्य समाजवादमा मात्रै हुने भएकोले नेपाली विशेषताको समाजवादका लागि सक्रिय हुन समेत सबैलाई निर्देशन दिए ।
उक्त बैठकमा नेकपा स्कुलिङ विभाग प्रमुख भेषराज सी, पोलिटब्युरो सदस्य विजय सी, श्रमिक समुदाय विभाग प्रमुख सन्तोषी सी लगायतले धारणा राखेका थिए ।
बैठक श्रमिक समुदाय मोर्चाका अध्यक्ष रामलाल सीको अध्यक्षता र मोर्चाका महासचिव त्रिलोचन सीको सञ्चालनमा सम्पन्न भएको थियो । बैठक विभिन्न ऐतिहासिक निर्णय गर्दै सानदार रुपमा सम्पन्न भएको मोर्चाका सचिव उमेश सीले जानकारी दिए ।

प्रतिक्रियाहरु