प्रतिकूल मौसमलेआन्तरिक तथा वाह्य उडान प्रभावित

२०८१ जेष्ठ १३ गते, आईतवार


काठमाडौँ । प्रतिकूल मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक तथा वाह्य उडान प्रभावित भएका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चीनबाट आएको एयर चाइनाको ‘सीसीए ४३७’ जहाज उतै डाइभर्ट गरिएको छ । अहिले नेपाली आकासमा स्काईअप एयरलाइन्स, विमान बंगलादेश, श्रीलंकन एयरलाइन्स लगायतका जहाज होल्ड भइरहेका छन् । आन्तरिक उडानका जहाज समेत होल्ड गरिएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु