समाजवादका लागि सामना अभियान सुरु

२०८१ जेष्ठ १३ गते, आईतवार

काठमाडौँ । नेपाली विशेषताको समाजवादका बारेमा सांस्कृतिक जागरण अभियान बागमती प्रदेशको दोलखा जिल्लाबाट सुरु भएको छ । केन्द्रीय सामाना परिवारको टोलीद्वारा विभिन्न कार्यक्रमहरुसहित भव्य तथा जोडदार सांगितिक प्रस्तुतिहरु प्रदर्शन गरिएको छ । तथ्यद्वारा सत्यको खोजी गर्ने र समाजवादको सन्देश प्रवाहित गरिएको छ ।। कार्यक्रम दोलखा जिल्लाका विभिन्न स्थान मा कार्यक्रम सम्पन्न भएको जानकारी सामना परिवार संयोजक तथा पार्टी सिसियम आरोह सि ले दिए । उनका अनुसार सातदोबाटो चरिकोट ,मैनापोखरि ,जिरी ,सिंगरि लगाएत ठाउँ कार्यक्रम सम्पन्न भएको र बाकी विभिन्न स्थानीय निकायमा हुनेछ । कार्यक्रममा विभिन्न राजनैतिक पार्टीबाट अतिथिहरु र जनसमुदायको सहभागी-भएको थियोे अभियानमा दोलखा जिल्लाका इन्चार्ज तथा पार्टीका सिसियम प्रेम सी र सामना परिवार एक दर्जन कलाकारहरुको उपस्तिथि रहेको थियो ।-समर झुसे

प्रतिक्रियाहरु