बादलले छोडे बैद्यको साथ , छिटै एमाओवदीमा बिलय हुने

२०७२ चैत्र ९ गते, मंगलवार

काठमाडौ , ९ चैत । नेकपा क्रान्तिकारी माओवादीका महासचिब रामबहादुर थापा बादलले बैद्यको साथ छोडेका छन । अब उनि छिट्टै आफ्ना केहि समर्थक लिएर एमाओवदीमा बिलय हुने तयारीमा लागेको स्रोतले ठोकुवा गरेको छ । यसै क्रममा हिजो बौद्धको एक होटलमा एमाओवदीका स्थायी समिति सदस्य लिलामणि पोख्रेलको उपस्थितिमा नेकपा क्रान्तिकारी माओवादीका महासचिब रामबहादुर थापा ‘बादल’ पक्षधर नेताहरुको गोप्य भेला सम्पन्न भएको स्रोतले बताएको छ । उक्त भेलामा बादल पक्षधर नेताहरु देव गुरुण ,पम्फा भुषाल, हितमान शाक्य ,कुलप्रसाद केसि ,यसोधा सुबेदी, हुकुमबहादुर सिह, मायाप्रसाद शर्मा, सुर्यप्रसाद सुबेदी , हिरामणि दुखि , रामदिप अर्चाय, पार्वती थापा, पूर्ण घर्ति ,तारा घर्ति मगर , लोकबहादुर थापा, नेवबहादुर कुवर, नारायाणप्रसाद अधिकारी, कुमार शाह, दावा तामाङ्ग, इन्द्र आड्बो, हेमराज शर्मा, महेश्वर दाहाल, दिपक देवकोटा, चक्रपानी शर्मा,रत्न ढकाल लगायतको उपस्थिति रहेको श्रोतले बताएको छ ।
पार्टी फुटाएर भए पनि विनासर्त एमाओवादीमा भित्रिन खुट्टा उचाली सकेका क्रान्तिकारी माओवादीका नेताहरुलाई एमाआबादीमा भित्र्याउने वाताबरण तयार गर्ने प्रचण्डले स्थायी समिति सदस्य लिलामणि पोख्रेललाई जिम्मा दिएको बुझाएको छ । सोहि जिम्मेवारी बमोजिम नेता लिलामणि पोख्रेलले एमाओवादीमा बिनासर्त भित्रिन तयार क्रान्तिकारी माओबादीको नेताहरुलाइ भेला गराएर चैत १२ गते डाकीएको क्रान्तिकारी माओबादीको केन्द्रिय समितिको बैठक पहिले नै भित्र्याई सक्ने कि बैठकपछि भित्र्याउने भन्ने बारेमा छलफल गर्नका लागि निम्ती उक्त गोप्य भेला गरेको श्रोतको दाबी छ ।अर्कोतिर एमाओवादी अध्याक्ष प्रचण्डले पहिलो चरणमा युवाहरुलाई भित्रयाउने र दोस्रो चरणमा किरणसहितका पाका नेताहरुलाई भित्र्याउने घोषण पहिले नै सर्वजनिक गरि सकेका हुन् । बादल पक्षधर नेताहरु काठमाण्डौमा जम्मा भइसकेका हुनाले १२ गते केन्द्रिय समितिको बैठक बस्नु भन्दा पहिले नै बादलको नेतृत्वमा विनासर्त एमाओवादीमा भित्रिन आतुर रहेले एमाओवादीमा भित्रिन सक्ने सम्भावना प्रवल रहेको श्रोतले बताएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु