सुजाताद्वारा सभापतिमा उम्मेदवारी दिने घोषणा

२०७२ फाल्गुन १५ गते, शनिबार

काठमाडौं, १५ फागुन । रिपोर्टर्स् क्लबले शनिबार गरेको साक्षात्कारमा नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले पार्टीको १३औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने भनाइ दोहोर्‍याएकी छन् । उनले आफूले सभापतिमा उम्मेदवारी दिने घोषणा गरिसकेको भन्दै अब पछि नहट्ने बताइन् । कतिपयले आफ्नो क्षमताप्रति अविश्वास गर्ने गरेपनि आफू कांग्रेसलाई अघि बढाउन सक्षम रहेको उनको भनाइ थियो । अब पार्टीमा युवाहरुले महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुपर्ने भन्दै उनले आफूलाई सबैपक्षको सहयोग प्राप्त हुने विश्वास लिएको पनि बताइन् ।

प्रतिक्रियाहरु