सरकार कुनै हालतमा छोडिदैन : एमाओवादी

२०७२ फाल्गुन ११ गते, मंगलवार

काठमाडौ । एकिकृत नेकपा माओवादीले तत्काल सरकारवाट बाहिरिने कुरा हल्ला मात्र भएको बताएको छ । उसले वर्तमान सरकार विसम परिस्थितिमा गठन भएकाले सरकारवाट बाहिरिने कुनै योजना नभएको बताएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल निवाश लाजिम्पाटमा बसेको विस्तारित स्थायी कमिटीको बैठकले सरकारलाई गतिशिल भएर काम गर्न सुझाव दिने समेत निर्णय गरेको छ । सरकारले अपेक्षाकृत ढंगले काम गर्न नसकेको ठहर गर्दै बैठकले गतिशिल भएर काम गर्न सुझाव दिने निर्णय गरेको हो । वर्तमान सरकार जटिल अवस्थामा गठन भएकाले जनताको भावना अनुसार काम गर्न नसकेको भन्दै बैठकले सरकारवाट तत्काल बाहिरिने योजना भने नरहेको महासचिव कृष्णबहादुर महराले जानकारी दिनुभयो । बैठकले पार्टीको प्रदेश समितिको विस्तार गर्ने जिम्मा केन्द्रिय कार्यालयलाई दिएको छ । यस्तै,पार्टी छोडेर नयाँ शक्तिमा गएका नेता तथा कार्यकर्ताको रिक्त स्थानमा पदपूर्ति गर्ने जिम्मा पनि पार्टी केन्द्रीय कार्यालयलाई दिएको छ ।

प्रतिक्रियाहरु