एमाओवादी मन्त्रीलाई दाहाल भन्दा ओली प्यारो,सरकारबाट बाहिरिन दबाब

२०७२ फाल्गुन १० गते, सोमबार

काठमाडौं, १० फागुन । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा आफनो पार्टीका तर्फबाट सहभागी भएका आठ मन्त्रीलाई फिर्ता बोलाउन एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल माथि दबाब बढन थालेको छ । महासचिव कृष्णबहादुर महरा र स्थायी समिति सदस्यहरु जनाद्र्धन शर्मा,चन्द्रदेव खनाल र गोपाल किराँती लगायतका नेताहरुले मन्त्रीहरुका काम कार्वाहीबाट जनता र कार्यकर्ता रुष्ट बन्दै गएको भन्दै उनीहरुलाई फिर्ता गराउन दबाब दिएका हुन ।
मन्त्रीहरुलाई तत्काल फिर्ता गरी पार्टीको इज्जत जोगाउन,सरकारले सय दिन पूरा गर्दा समेत जनताले राहत महसुस गर्न नसकेको,मन्त्रीहरु कर्मचारीतन्त्रको चंगुलमा फसेको,समस्या लिएर आएका जनता र कार्यकर्तालाई मन्त्रीहरुले वेवास्ता गरेको,मन्त्रीहरुले आफन्तहरुलाई पोसेको,बाढी पहिरो र भुकम्प पीडितहरुले राहत पाउन नसकेको,सर्वसाधारण जनता जीवन धान्नै नसक्ने गरी महंगीको मारमा पर्दा पनि सरकार मुकदर्शक बनेर बसेको आरोप नेताहरुले मन्त्रीहरु माथि लगाएका छन ।
भारतले नाकावन्दी फिर्ता गरेपछि पनि पेट्रोलियम पदार्थ र ग्यासलाई सहज रुपमा वितरण गराउन नसकेको,कालोबजारी गर्नेहरुलाई सरकारले नै प्रोत्साहित गरेको आरोप पनि नेताहरुले लगाएका छन ।
गृह र आपुर्ति मन्त्रालय आफनै पार्टीका नेताहरुले सम्हाल्दा पनि कालोबजारी र तस्करी नियन्त्रण नगर्नुलाई स्वंयम मन्त्रीहरुको नियत माथि समेत जनस्तरबाट शंका उत्पन्न भएको नेताहरुले बताए ।
विपद व्यवस्थापन गर्न सरकार असफल भएको,कठाङग्रिदो चिसो छलेर आएका भुकम्प पीडितका लागि आगामी बर्षात भित्र पनि बास उपलब्ध गराउन नसक्ने स्थिति देखिएको आरोप पनि नेताहरुले मन्त्री माथि लगाएका छन ।
स्थायी समितिको आइतवार लाजिम्पाटमा बसेको बैठकमा नेताहरुले मन्त्री फिर्ता गराउन दबाब दिएपछि पार्टीका तर्फबाट सरकारमा नेतृत्व गरेर गएका उपप्रधान तथा उर्जामन्त्री टोपबहादुर रायमाझीले आफनो बचाउ गरेका थिए ।
सरकार छोडने हो भने पार्टीले निर्णय गरोस,अक्षमलाई फिर्ता गरेर सक्षमलाई काम गर्ने अवसर दिनुपर्छ । हामीले सकेजति काम गरेका छौु रायमाझीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक नेताले भने ।
ती नेताका अनुसार रायमाझीले गृहमन्त्री शक्तिबहादुर बस्नेत र आपुर्ति मन्त्री गणेशमान पुन प्रति लक्षित गर्दै अक्षमको संज्ञा दिएका थिए भने आफूलाई सक्षम मन्त्रीका रुपमा प्रस्तुत गरेका थिए ।
नेताहरुले महंगी कालोबजारी र तस्करी नियन्त्रण गर्न नसकेको र कर्मचारी प्रशासनका चंगुलमा फसेको आरोप आपुर्ति मन्त्री पुन माथि नेताहरुले लगाएका छन भने सिराहामा आफनो पार्टीका नेता बिश्वनाथ साहलाई सुरक्षा दिन नसकेको भन्दै गृहमन्त्री बस्नेतको आलोचना गरेका छन ।
महासचिव कृष्ष्णबहादुर महराले अप्रत्यक्ष रुपमा सरकारको आलोचना गरेका थिए भने अन्य नेताहरु सरकार प्रति आक्रामक रुपमा प्रस्तुत भएका थिए ।
‘तलका नेता कार्यकर्ता र जनताबाट सरकारको आलोचना आइरहेको छ । यसलाई हामीले गम्भीर रुपमा लिनुपर्छ’ महराले भनेका थिए । ‘प्रशासकहरुसँग मन्त्री बिके,जनताका लागि मन्त्रीहरुले घात गरे ,कर्मचारी भन्दा हाम्रा मन्त्री खराव भए,मन्त्रीहरुमा नैतिकता भएनु बैठकमा आक्रामक रुपमा प्रस्तुत भएका स्थायी समिति सदस्य जनाद्र्धन शर्माले भने‘हाम्रा मन्त्रीहरुले कर्मचारीतन्त्रसँग आत्मसमर्पण गरेका छन,उनीहरु निशर्त सरकारबाट बाहिर आउनुपर्छ ।
अर्का स्थायी समिति सदस्य चन्द्रदेव खनालले एमाओवादीका तर्फबाट सरकारमा सहभागी भएका मन्त्रीहरुले काँग्रेसी कार्यशैली अवलम्बन गरेको आरोप लगाए ।
लाभ जति आफूमा केन्द्रित गर्ने काँग्रेसी शैली मन्त्रीहरुले प्रदर्शन गरेका छनु बैठकमा खनालले भनेका थिए । ‘हामी जे गर भन्छौ,मन्त्रीहरु त्यसको उल्टो गर्छन ।
एमालेको जस्तो कार्यशैली पनि हाम्रा मन्त्रीहरुले प्रदर्शन गर्न सकेनन । एमालेका मन्त्रीहरुले आफनो क्षेत्र र पार्टी दुवैलाई ध्यान दिने गरेको जानकारी उनले बैठकमा गराएका थिए ।
‘प्रतिक्रान्तिको खतरा बढेर गएको छ । सरकारमा बसेर प्रतिक्रान्तिको सामना गर्न सकिदैनु स्थायी समति सदस्य गोपाल किराँतीको भनाई उघृत गर्दै अर्का एक नेताले भने ।
पूर्व राजा ज्ञानेन्द्र,भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अख्तियार दुरुपयोग अनुसन्धान आयोगका गतिबिधिलाई प्रतिक्रान्तिका खतराको रुपमा बिश्लेषण किराँतीले सरकारलाई समर्थन कायम राखेर मन्त्रीहरुलाई फिर्ता बोलाउन अध्यक्ष दाहालको ध्यानाकर्षण गराएका थिए ।
सरकारमा पठाउने नेताहरुको सूचीमा समावेशी र समानुपातिक प्रतिनिधित्व हुन नसकेको गुनासो गर्दै आएका किराँतीले भनेका थिए ‘त्यस्तो स्वरुपमो सरकारको नतिजा यस्तो देखिनु स्वभाविक हो ।
सरकारलाई दिएको समर्थन फिर्ता लिदा समस्या हुन्छ भने समर्थन कायम राखेर मन्त्री फिर्ता गरौ,त्यो पार्टीको हितमा हुन्छ । सरकारमा रहेका मन्त्रीहरुको कार्यशैली प्रति कुनै नेताले पनि सकारात्मक धारणा प्रस्तुत नगरेको एक एक नेताले बताए ।
बैठकमा पोलिटव्यूरो सदस्य ध्रुव पराजुलीले पार्टी परित्याग गरी बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति नेपालमा प्रवेश गरेको बारेमा पनि छलफल भएको थियो ।
सचिव बर्षमान पुनले पराजुली भट्टराई नेतृत्वको पार्टीमा प्रवेश गर्न बिज्ञप्तिको मस्यौदा बनाइरहेको जानकारी बैठकमा गराएका थिए ।
केन्द्रीय समितिको बैठकपछि पार्टी संगठनको काम,सरकारका काम कार्वाही,केन्द्रीय समिति र प्रदेशस्तरिय कमिटीमा थप्नु पर्ने,राजनीतिक नियुक्ति र माओवादी घटक दलहरुको एकतालाई एजेण्डा बनाएर शुरु भएको एमाओवादी स्थायी समितिको बैठक सोमबार पनि बस्नेछ ।
स्थायी समिति सदस्य लोकेन्द्र बिष्टमगरका अनुसार नेताहरुको रिपोर्टिङ नसकिएका कारण बैठक सोमबार पनि बस्नेछ ।
एमाओवादी मन्त्रीका लागि दाहाल भन्दा ओली प्यारो
गृहमन्त्री शक्तिबहादुर बस्नेत प्रधानमन्त्री ओली नेतृत्वमा भारत भ्रमण गर्ने प्रतिनिधिमण्डलमा सहभागी रहेको जानकारी एमाओवादी अध्यक्ष दाहालले सञ्चारमाध्यममा समाचार आएपछि मात्रै थाहा पाएको खुलासा गरेका छन । अध्यक्ष दाहालले मन्त्री नरहेका स्थायी समिति सदस्यहरुसँगको अनौपचारिक छलफलमा त्यस्तो खुलासा गरेका हुन ।
कुनै निर्णय हुँदैछ भनेर सोध्दा मन्त्रीहरु अनबिज्ञता देखाउँछन,गृहमन्त्री भारत जान लागेको कुरा मैले सञ्चारमाध्यममा आएपछि थाहा पाए । कोही पनि मन्त्री मैले र पार्टीले दिएको निर्देशन टेर्दैनन ।
अनि कार्यकर्ता र जनताको पहुँच मन्त्रीसम्म कसरी पुग्नु ? एक स्थायी समिति सदस्यले आफूहरुसँग अध्यक्ष दाहालले गरेको गुनासो उघृत गर्दै भने । दाहाल सत्ता गठबन्धनमा रहेका दलका नेता सहभागी रहेको उच्चस्तरिय राजनीतिक संयन्त्रका संयोजक पनि हुन ।
ती नेताका अनुसार एमाओवादी मन्त्रीहरुले छुट्टै बैठक गरेर पार्टी अध्यक्ष दाहाल प्रति भन्दा प्रधानमन्त्री ओली प्रति बढी जिम्मेवार देखिदै आएका छन ।मन्त्रीहरुको त्यस्तो समझदारीमा शुरुका दिनमा सिंचाई मन्त्री उमेश यादवले असहमति जनाएपनि पछिल्ला दिनमा उनी पनि सहमत भएको ती नेताले बताए ।
मन्त्रीहरु कर्मचारीसँग मिलेर कमाउ धन्दामा लागेका छन,हामीले जतिसुकै पार्टी निर्माण गर्ने कुरा गरेपनि कसरी पार्टीको इज्जत जोगाउन सकिन्छ र रुु ती नेताले भने ‘फेरी अवसर पाइन्न,पाएको अवसरलाई सदुपयोग गर्नुपर्छ भन्नेमा मन्त्रीहरुले समझदारी बनाएको थाहा पाएका छौ ।
एमाओवादीका मन्त्रीहरुले पार्टीले निर्णय गरेर आफूहरुलाई सरकारबाट फिर्ता बोलाउन चुनौती दिनुमा पनि प्रधानमन्त्री ओलीसँगको निकटताले काम गरेको ती नेताको ठम्याइ छ । – रेवती सापकोटा, अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रियाहरु