प्रचण्डको गुनासोमाथि कार्यकर्ताको हासोको फोहरा

२०७२ फाल्गुन ८ गते, शनिबार

काठमाडौँं । एमाओवादीले हालै काठमाडौँंमा एक गोप्य प्रशिक्षण सम्पन्न गरेको छ । गत फाल्गुन २ गते राजधानीमा आयोजित सो गोप्य प्रशिक्षणमा प्रशिक्षण दिदै अध्यक्ष प्रचण्डले गत संबिधान सभाको प्रसङ्ग निकाल्दै कार्यकर्तामाथि गुनासो गरे भने प्रचण्डको गुनासोलाई कार्यकर्ताले हासोमा उडाएको समाचार प्राप्त भएको छ । उनले प्रशिक्षणमा राजनीतिको कोरा सिद्धान्तको व्याख्या मात्र गरेनन्, आफ्नै पार्टीमा मौलाउँदै गएका विभिन्न नकारात्मक प्रवृत्तिहरुमाथि गुनासो गरेर कार्यकर्तालाई हँसाएका पनि थिए । अध्यक्ष प्रचण्डले बिगत संबिधान सभाको निर्वाचनको प्रसङ्ग निकाल्दै यहाँ पनि हारियो, त्यहाँ पनि हारियो, सबैतिर हारियो भन्दै भन्दै तिब्र रोष प्रकट गरे, तर कार्यकर्ताले भने उनको गुनासोलाई हल नै थर्काउने गरि हासेर उडाएका थिए ।
प्रस्तुत छ, गत फाल्गुन २ गते राजधानीमा आयोजित गोप्य प्रशिक्षणमा प्रचण्डले दिएको प्रशिक्षणको सम्पादित अंश ः ‘आउने चुनावमा हामी स्थानीय चुनाव, प्रादेशिक चुनाव, नगर चुनाव र केन्द्रीय चुनावतिर जाँदै छौं । यो चुनाव हामीलाई आफैँमा च्यालेन्ज पनि हो । हामीले यो चुनाव जित्नु छ । हामीले व्यवस्थापनको समस्या हल गर्ने, समाजवादी क्रान्तिको तयारीको समस्या हल गर्ने, हामी फेरि जनताको बीचमा स्थापित हुने र मुख्यतः क्रान्तिको उद्देश्य पूरा गर्नको लागि यो चुनाव जित्नुपर्छ । सबले भने, ‘यहाँ पनि जितिन्छ, त्यहाँ पनि जितिन्छ ।’ (हलमा कार्यकर्ताहरुको लामो हाँसो) कसैले मलाई हारिन्छ भने पो ! उस्तै परे बहुमतै आउँछ भने त्यत्रा साथीहरुले । हारिन्छ भन्ने त अवसरवादीजस्तो पो भइयो (फेरि हलमा हाँसो), जितिन्छ भनेपछि क्रान्तिकारी भइने !
पहिलो, जित्नको लागि हाम्रो बाटो क्लियर छ भनेर जनताको बीचमा जानुपर्छ । यतिले मात्रै जादु भएर एक नम्बरको पार्टी भइहाल्दैन ।
दोस्रो, माओवादी एक नम्बर पार्टी हुनको लागि माओवादीजति एक ठाउँमा हुनुप¥यो । टाउको गन्नेभन्दा पनि मनोवैज्ञानिक रुपमा माओवादी एक हुनुपर्छ । जति हुन्छन्, त्यत्ति एक हुनुपर्छ । जनता पनि वाक्क भएका छन् । हामी एक भयौं भने आगामी चुनाव जित्न सकिन्छ । हामी माओवादी जति एक हुनैपर्छ । आज आइतबार) बिहान चाइनिज नेताहरुसँग मेरो छलफल हुँदा उनीहरुमा माओवादी र कम्युनिस्टहरु जति एक होऊन् भन्ने गहिरो चाहना पाएँ ।
तेस्रो, चुनावी तालमेल गर्नुपर्छ । अघिल्लो पटक (दोस्रो संविधानसभाको चुनावमा) हामी सबै ठगियौं क्या । सबै झुक्कियौं । मैले त केन्द्रीय समितिको तर्फबाट स्थिति के छ ? किरणहरु फुटेका छन्, हाम्रै नेतृत्वको सरकारले पनि गतिलो काम गरेको छैन, जनता वाक्क भएका छन् कि भनेर चिन्ता लागेर एक महिनासम्म बुझ्न त पठाएको थिएँ सिसिएमहरुलाई । सबले भन्न के आए भने, ‘यहाँ पनि जितिन्छ, त्यहाँ पनि जितिन्छ ।’ (हलमा कार्यकर्ताहरुको लामो हाँसो) कसैले मलाई हारिन्छ भने पो ! उस्तै परे बहुमतै आउँछ भने त्यत्रा साथीहरुले ।
सबले जितिन्छ के जितिन्छ भनेपछि हारिन्छ भन्ने त अवसरवादीजस्तो पो भइयो (फेरि हलमा हाँसो), जितिन्छ भनेपछि क्रान्तिकारी भइने ! जितिन्छ नै सही भनेर तालेमल गरिएन । तालमेल गरिएको भए १५ सिट सजिलै जितिन्थ्यो । एक्लै जितिन्छ भन्या छ, बेकारमा कोसँग तालमेल गर्ने ?
तैपनि झापामा संघीय समाजवादी र उपेन्द्र यादवसँग दुई सिटमा तालमेल हुनहुन खोज्या थियो, साथीहरुले मलाई हप्काएर भन्नुभयो, ‘हामी जित्न लागेका छौं अध्यक्ष कमरेड ! तालमेल गरेर किन हामीलाई हराउनुहुन्छ ?’ ‘फेरि लामो हाँसो’ । भएको त यही हो । एक्लै जितिन्छ भने मैले मात्रै किन टाउको दुखाउने ? (फेरि हाँसो) । पछि त केको हुनु ?
झापामा संघीय समाजवादी र उपेन्द्र यादवसँग दुई सिटमा तालमेल हुनहुन खोज्या थियो, साथीहरुले मलाई हप्काएर भन्नुभयो, ‘हामी जित्न लागेका छौं अध्यक्ष कमरेड ! तालमेल गरेर किन हामीलाई हराउनुहुन्छ ?’ (फेरि लामो हाँसो) । एक्लै जितिन्छ भने मैले मात्रै किन टाउको दुखाउने ? (फेरि हाँसो) । पछि त केको हुनु ?
यहाँ पनि हारियो, त्यहाँ पनि हारियो, उहाँ पनि हारियो (फेरि हाँसो) । सबै हारियो । अहिलेचाहिँ अब म मान्दिन भन्नेमा छु । अब तालमेल गर्ने ।
यो कुरालाई मनमा गहिरोसँग राख्नुभयो भने दुई वर्षमा हामी एक नम्बर पार्टी हुन्छौं । यसपछि स्थानीय सत्तामा दह्रो पकड राख्न सकिनछ । र, केन्द्रमा सशक्त भूमिका खेल्न सकिन्छ ।
लाइन इज एभ्रिथिङ भन्छौं नि हामी । पहिलो संविधानसभापछि हामीले लाइन लिनमा अलिकति गल्ती ग¥यौं क्या ! धर्ती छोड्ने लाइन लिइयो क्या ! (हलमा ठूलो हाँसोको फोहरा) । अहिले धर्ती टेक्ने लाइन लिइएको हुनाले जित्न थालिया छ । अब दह्रोसँग टेक्ने हो भने पूरै ब्याटल जित्न सकिन्छ । उत्पीडित जाति र उत्पीडक जातिको संघर्ष पनि वर्गसंघर्ष नै हो, २०५२ सालअगाडि जनयुद्धको माध्यमबाट जनवादी क्रान्ति गर्ने भन्दा धेरै कमलाई मात्र विश्वास थियो कि १० वर्षमा जनयुद्धद्वारा ठूलो परिवर्तन हुन्छ । कयौं कम्युनिस्ट साथीहरुले नै यी चाहिँ गुलेली खेलाउन नजान्नेले जनयुद्धका कुरा भनेर हामीलाई हाँसोमा उडाएका थिए । एमालेका कत्ति साथीहरुले यो कतै रिपोर्ट बुझाउनलाई ग¥या होला, ६ महिना पनि टिक्दैन भनेका थिए ।
त्यस्तै अहिले समाजवादी क्रान्तिको कुरा सपनाजस्तो लाग्न सक्छ । तर, हामी माओवादीहरु, कम्युनिस्टहरुले मनभित्र दह्रोसँग समाजवादमा नपुगेसम्म सबै जनताको मुक्ति र यो राष्ट्रको साँचो स्वाधीनता, सुदृढीकरण हुँदैन भनेर लियौं भने र वैज्ञानिक रुपमा अघि बढ्यौं भने यो सम्भव छ । अब सबै प्रकारका मुक्तिको कार्यदिशा समाजवादी क्रान्तिको रणनीतिअन्तर्गत ल्याउँदै छौं, जनवादी क्रान्तिको रणनीतिअन्तर्गत होइन । त्यसकारण अब जातीय, राष्ट्रिय मुक्ति मोर्चाहरु अझ मजबुत हुन जरुरी छ । हामी यी मोर्चाहरुलाई विघटन गर्दैनौं ।
नेपालका थारुहरुलाई माया गरेको हो भने भारतकै थारुहरुलाई दिए भइगयो नि ५० प्रतिशत अधिकार, के हेरेर बस्या छन् ? बीस, तीस वर्षदेखि त्यहाँ ३३ प्रतिशतको महिला विधेयक पास गर्न सक्या छैनन् इन्डियन नेताहरुले । अनि उनीहरुले नेपालमा यो भएन र त्यो भएन भन्न मिल्छ ?
हामीले वर्गसंघर्षको कुरा बुझ्न समाजवादी क्रान्तिको लागि अत्यन्तै महत्वपूर्ण छ । उत्पीडित जाति र उत्पीडक जातिको संघर्ष पनि वर्गसंघर्षकै एउटा कडी हो । हामी कम्युनिस्टहरुले वर्गसंघर्षको अंगको रुपमा उत्पीडितहरुको पहिचानलाई लिएर जानुपर्छ भनेका थियौं र आम मानिसमा जागरण आएको थियो । तर, साम्राज्यवादीहरुले यसलाई साम्प्रदायिक स्वरुप दिने, कटुता पैदा गर्ने, द्वेष पैदा गर्ने कोसिस गरेका छन् । यसलाई नियन्त्रण गर्ने जिम्मा हाम्रो हो ।
यो सन्दर्भमा अझ बढी जिम्मेवार जनजाति, उत्पीडित समुदायबाट आउनुभएका माओवादीहरुको छ । एकातिर आफ्नो जाति र वर्गलाई मुक्त गराउनु छ, अर्काेतिर आन्तरिक राष्ट्रिय एकतालाई मजबुत बनाउनु छ र राष्ट्रको नेतृत्व पनि आपूmले गर्नु छ । त्यसकारण राष्ट्रिय मुक्ति मोर्चाहरुको भूमिकालाई प्रभावकारी बनाएर लानु छ ।
भारतीय शासकहरु भारतमा केही नगर्ने, नेपालमा यो भएन, त्यो भएन भन्न मिल्छ ? संविधान ३ (असोज) गते जारी भएको थियो । १ गते भारतका ठूलो सचिव आएर हामीलाई (विशेष गरी मलाई) संविधान नबनाऊ भन्या थियो । अनि मैले ‘अब त बनायौं बनायौं, आकाश खसे पनि रोकिँदै रोकिँदैन, अब संविधान त घोषणा भयो भयो’ भन्या थिएँ । ती मान्छेहरुले अहिले हामीलाई नाकाबन्दी लगाए नि अथवा मधेसलाई भ्रममा पारे, हामीलाई जानै दिएनन् । रहस्य छ क्या यहाँ । तिनीहरुले संविधानमा किन केही भएन भन्या रहेछ भन्ने मैले बुझेँ । यदि नेपालको संविधान राम्रो छ भनेर चीनले जस्तो, अमेरिकाले जस्तो, राष्ट्रसंघले जस्तो भारतले पनि स्वागत गर्याो भने भारतका महिलाहरु जाग्ने भए । नेपालमा जस्तो चाहियो हामीलाई पनि भन्ने भए त्यहाँ त । बिहार, युपीका दलितहरु जुरुक्कै उठ्ने भए त्यहाँ त, हामीलाई पनि नेपालमा जस्तो चाहियो भनेर । रहस्य यही हो, जहाँ गएर पनि बहस गर्न तयार छु म ।
एक दिन बिहानै आएर मलाई ‘सांसद नभई मन्त्री हुने प्रावधान त छैन त कमरेड !’ भन्नुभयो । ‘हो र ?’ भनेर हेरेको त रैनछ (हाँसो) । त्यसपछि मैले नारायणकाजी र कृष्ण सिटौलालाई ‘के भएको यो ?’ भनेर सोध्दा त ‘लास्टाँ यस्तै भो’ भनेर भन्नुभयो (हलमा लामो हाँसो) ।
उनीहरुले नेपालको संविधानको विरोध गरेको यहाँका मधेसीलाई माया गरेर होइन । नेपालका थारुहरुलाई माया गरेको हो भने भारतकै थारुहरुलाई दिए भइगयो नि ५० प्रतिशत अधिकार, के हेरेर बस्या छन् ? बीस, तीस वर्षदेखि त्यहाँ ३३ प्रतिशतको महिला विधेयक पास गर्न सक्या छैनन् इन्डियन नेताहरुले । अनि उनीहरुले नेपालमा यो भएन र त्यो भएन भन्न मिल्छ ?
पहिला उनीहरुले महिलाहरुलाई ५० प्रतिशत अधिकार दिएर देखाऊन् अनि हामी भनौंला । त्यहाँका दलितहरुलाई सबै राज्यका सबै अंगहरुमा प्रतिनिधित्व गरेर देखाऊन् त । विहार–युपीका गरिबहरुलाई समानुपातिक समावेशी बनाएर देखाऊन् त । त्यो त सक्दैनन् । नेपालको संविधानको विरोध गरेपछि त भारतमा अधिकार दिनु परेन, सजिलो भयो । भारतका गरिबहरुको जीवनस्तर नेपालका गरिबहरुको भन्दा तल रहेछ । उनीहरु जाग्छन् र आन्दोलन नगरुन् भनेर भारतको आन्दोलन रोक्न नेपालको संविधानमा केही पनि भएको छैन भनिएको हो ।
केही साथीहरु थिए नि, हाम्रा मधेसी नेताहरु । एमालेबाट आएका थिए, हामीले पनि ठूलै भाउ दिएका थियौं (हलमा लामो हाँसो) । राम्रै थियो, हामीले राम्रै गर्याा थियौं । सकेसम्म एक दुई जनालाई मन्त्री बनाउने कुरा पनि थियो । तर, संविधानमा सांसद नभई मन्त्री नबन्ने कुरो मलाई भन्दा उहाँहरुलाई पहिला थाहा भो (फेरि हाँसो) ।
रामचन्द्रजीले एक दिन बिहानै आएर मलाई ‘सांसद नभई मन्त्री हुने प्रावधान त छैन त कमरेड !’ भन्नुभयो । ‘हो र ?’ भनेर हेरेको त रैनछ (हाँसो) । त्यसपछि मैले नारायणकाजी र कृष्ण सिटौलालाई ‘के भएको यो ?’ भनेर सोध्दा त ‘लास्टाँ यस्तै भो’ भनेर भन्नुभयो (हलमा लामो हाँसो) ।
मलाई थाहा थिएन, हाम्रो संविधान बनाउन २४ घण्टा लाग्नुभएको नारायणकाजीलाई नि थाहा थिएन । हाम्रो रामचन्द्र झालाई थाहा भएछ हेनुस् (पूरै लामो हाँसो) । एक दिन बिहानै आएर मलाई ‘सांसद नभई मन्त्री हुने प्रावधान त छैन त कमरेड !’ भन्नुभयो । ‘हो र ?’ भनेर हेरेको त रैनछ (हाँसो) । त्यसपछि मैले नारायणकाजी र कृष्ण सिटौलालाई ‘के भएको यो ?’ भनेर सोध्दा त ‘लास्टाँ यस्तै भो’ भनेर भन्नुभयो (हलमा लामो हाँसो) । हामीलाई त हुन्छ भन्ने थियो क्या । किनभने एमालेले बाहिरबाट धेर मन्त्री बनाएको थियो, काँग्रेसको पालामा ।
मन्त्री नहुने छाँट भएपछि उहाँ भागिहाल्नुभयो । त्योभन्दा अगाडि उहाँले कहिले पचास हजार नभइ भएन भन्नुहुन्थ्यो । मैले ऋणपान गरेर साथीलाई सहयोग ग¥या थिएँ । पछि उहाँ संविधान र हाम्रो विरोध गर्ने भएपछि त बोरामा पैसा लिएर हिँड्ने हुनुभो (हाँसो) । बोराभरि पैसा लिएर त हाम्रै साथीलाई दिन आउनुभो उहाँ । अनि मानपुर चौधरीकहाँ दुई करोड लिएर, अर्काे साथीकहाँ ५ करोड लिएर भन्नुभो, ‘ल यो पैसा लिनुस्, सुशील कोइरालालाई भोट हाल्नुस् ।’

प्रतिक्रियाहरु