केपीकाे निर्णायक पहिचान भारत भ्रमणमा – भरत दाहाल

२०७२ फाल्गुन ४ गते, मंगलवार

महाकाली सन्धिमा सबैभन्दा बद्नाम भूमिका खेलेर दिल्लीकाे चुत्थाे तावेदारका रूपमा छवी विगारेका केपी अाेलीले प्रधानमन्त्री भएपछि भारतीय नाकाबन्दी एवं मधेशवादी गुटहरूकाे कथित अान्दाेलनका संदर्भमा देखाएकाे रबैयाले केहि मानिसहरूमा उनीप्रतिकाे धारणामा तरलताकाे विकास भएकाे छ, यद्दपि संविधान संसाेधन र भारतीय अत्याचारलार्इ खुकुलाे बनाउन चीनसंग गर्न संभव रहेका व्यापारिक संझाैताहरूकाे मामिलामा उनकाे भूमिका महाकालीभन्दा पृथक रहेकाे छैन। रूपमा देशभक्तिकाे भाषा प्रयाेग गर्ने र कर्ममा त्यस प्रकारकाे भूमिका नदेखाउने उनकाे प्रवृति अब जारी रहन सक्ने अवस्था छैन।
भारतीय नाकाबन्दी जस्ताे अत्याचारका विरूद्धमा कुनै कदम नचाल्नुकाे घटना सत्ता स्वार्थ अथवा इतिहासमा अार्थिक लाभकाे चक्रब्युहमा फस्नुकाे परिणाम मात्र हाे वा उनी मिशनमा प्रयाेग गरिएका बाबुरामकाे अर्काे अवतार हुन् भन्ने कुरा उनकाे भारत भ्रमणले साफ पार्नेछ। भारतले सुरक्षा संझाैताका नाममा नेपालमा अाफ्ना सैनिकहरू राख्न चाहेकाे छ र सुपुर्दगि सन्धिका नाममा नेपालभित्रबाट अाफ्नाे विराेध गर्ने अन्य विदेशी र नेपालीहरूलार्इ समेत गिरफ्तार गरेर लैजान पाउने बाटाे खाेल्न चाहेकाे छ। नेपालकाे पानीमाथिकाे त्यसकाे बक्रदृष्टि कसैबाट छिपेकाे छैन।
केपीले माथिका भारतीय याेजनाहरूलार्इ अस्विकार गर्नुकाे अलावा भारतीय नाकाबन्दी र नेपालकाे मामिलामा त्यसले देखार्इरहेकाे नांगाे नाचकाे विराेधमा कुरा उठाउँछन् वा उठाउँदैनन् ? समुद्रसम्मकाे पारवाहनकाे अधिकार सुनिश्चित गर्छन् वा गर्दैनन् ? १९५० काे सन्धिकाे खारेजी र खुला सिमाना बन्द गर्ने प्रस्ताव राख्छन् वा राख्दैनन् ? दाेहरा नागरीकताहरू खारेज गर्नुपर्ने प्रस्ताव लैजान्छन् वा लैजाँदैनन् ? अन्तर्राष्ट्रिय कानून विपरित सिमा निकट बनार्इंदै गरेका बाँधहरू भत्काउनु पर्ने अडान लिन्छन् वा लिंदैनन् भन्ने कुराले उनकाे वास्तविक पहिचान खाेल्नेछ।
भारतसंग बिग्रिएकाे संबन्धलार्इ सामान्यीकरण गरेर पूर्व अवस्थामा फर्काउनु नै ठूलाे उपलब्धि हुने भन्ने अाशयका बाेलिहरू एमाले वृत्तबाट जसरी अार्इरहेका छन्, त्यसले दलालिकाे नग्नता प्रकट गरिरहेकाे छ। जसले अत्याचार गरेकाे छ, त्यससंग हात जाेडेर संबन्ध सुधार गर्ने कुरा चाटुकारले गर्छ, देशभक्तले गर्दैन। भारतीय नाकाबन्दी र तराइमा त्यसले खेलेकाे भूमिकाबारे केपीले कुनै कुरा नउठाएकाे खण्डमा त्यसले नेपालमाथि पुर्याएकाे हानिकाे संपूर्ण जबाफदेहिता सत्तामा बस्नेहरूले लिनु पर्दछ। दिल्लीका नेपाल विराेधि अपराधहरूप्रति माैन रहेर त्यसकाे अाथित्य खाएर फर्कनेहरू देशद्राेहि हुन्।

प्रतिक्रियाहरु