प्रचण्ड पहलमा माओवादी एकता : हिजो केका निम्ति र आज केका निम्ति ? – खगेन्द्र छन्त्याल

२०७२ फाल्गुन १ गते, शनिबार

विभाजित पार्टीहरूबीच एकताको सम्भावना नै नदेख्नु माक्र्सवाद सम्मत कुरो होइन । एकतामा सधैँ पूmटको सम्भावना र पूmटमा सधैँ एकताको सम्भावना देख्नु क्रान्ति सम्मत कुरा हो । टुट–पूmट र खण्डितको कारण कमजोर भएको माओवादी आन्दोलनलाई प्राण भर्नको निम्ति एकताको आवश्यकता देख्नु ज्यादै राम्रो कुरा हो । तर, जब एकताको कुरा उठ्छ संगसंगै केको निम्ति पार्टी एकता ? को कसका बीच पार्टी एकता ? र कसरी पार्टी एकता ? भन्ने सवालहरू उठ्छन । अवश्य क्रान्तिको निम्ति पार्टी एकता, क्रान्तिकारी पार्टीहरूबीच पार्टी एकता र क्रान्तिकारी ढंगले पार्टी एकता नै ती सवालहरूको उचित जवाफहरू हुन् ।
अक्सर पार्टी एकताको कुरा तीनवटा कोणहरू प्रथमः भावानात्मक कोण, द्वितीयः अवसरवादी कोण र तृतीय क्रान्तिकारी कोणबाट उठने गरेको पाइन्छ । आमजनता र इमानदार कार्यकर्ताहरू सैद्धान्तिक, राजनैतिक र संगठनात्मक पक्षहरू र पार्टी एकताको दीर्घकालिन असरहरूप्रति दूरदर्शितापूर्वक नसोची तत्कालिन आवश्यकता र इच्छाको आधारमा भावनात्मक ढंगले पार्टी एकताको अचेत चाहना गर्दछन् । क्रान्तिकारीहरूले उनीहरूको यो खालको चाहनाको सम्मान गर्दै उनीहरूसँग सैद्धान्तिक राजनैतिक छलफल, बहस गदै गर्नुपर्छ । अवसरवादीतत्वहरूले गलत उद्देश्य परिपूर्तिको निम्ति पार्टी एकताको प्रयास गर्दछन् । उनीहरूले आमजनता, सोझा र इमान्दार कार्यकर्ताहरूको एकतासम्बन्धी पवित्र चाहनाको उपयोग गर्दै तिनीहरूलाई थप भ्रम दिँदै आफ्नो स्थिति बलियो बनाउने प्रयास गर्दछन् र पार्टी एकताको निर्विकल्प गफ गर्छन् । क्रान्तिकारीहरूले यस खालको गलत सोच, चिन्तन र ब्यबहारको भण्डाफोर गर्नु पर्दछ । क्रान्तिकारीहरू क्रान्ति सम्पन्न गर्नको निम्ति क्रान्तिकारीहरूबीच रूपान्तरणसहितको सचेत र क्रान्तिकारी एकताको चाहना गर्दछन् ।
हिजो, विश्व कम्युनिस्ट आन्दोलनमा देखिएको अध्यक्ष माओका योगदानलाई माओवाद र माओ विचारधाराको रूपमा ग्रहण गर्दै त्यसलाई मार्गदर्शक सिद्धान्त मानेर अघि बढिरहेका नेपाली माओवादीहरू (तत्कालिन मशाल, मसाल, चौ.म. र सर्बहारावादी श्रमिक संगठन) बीच २०४६ सालको परिवर्तनपश्चात पार्टी एकताको पहल सुरु भयो । केहि छलफल र विचार बिमर्श पश्चात एकता प्रक्रियालाई गाडा अगाडि गोरु पछाडि भन्दै मसाल एकता प्रक्रियाबाट बाहिरियो । बाँकी तीन पार्टीबीच एकता भै एकता केन्द्र बन्यो । पछि जनमुखी पार्टी र मसालबाट बिद्रोह गरी आएका बाबुरामहरू एकता केन्द्रमा समाहित भए । एकता प्रक्रियाको त्यो चरणको अघि र पछि धेरै मान्छेहरूको बुझाई र भनाई थियो पार्टी एकता भन्ने गुलियो शब्द भित्र प्रचण्डको खतरनाक षड्यन्त्र लुकेको छ, त्यो हो कार्यकर्ता तान्ने नेता फाल्ने ट्रिक । एकाध चरणको छलफल लगत्तै मसाल समूह एकता प्रक्रियादेखि नै अलग्गियो । मसाल जब एकता प्रक्रियाबाट अलग्गियो तब मोहनबिक्रमले मसालको मुखपत्र ! मसालमा यसरी रहस्य खोले एकताको निम्ति भएको छलफलको क्रममा हाम्रा प्रतिनिधिले एकता एउटा क्रान्तिकारीको अर्काे क्रान्तिकारीसंग हो तर लामा दक्षिणपन्थी हुन् । उनीसँग कसरी क्रान्तिकारी एकता सम्भव हुन्छ ? भनी आफ्नो मत राख्दै गर्दा प्रचन्डले भने अहिले एकता गरिहालौँ पछि दक्षिणपन्थी लामालाई मिल्काई दिउला भएन ? घटनाक्रमले मोहनविक्रमको सो भनाई सत्यको नजिक देखायो । एकतामा सामेल मशाल बाहेक सबै पार्टीका शीर्ष नेताहरूले यो या त्यो ढंगले पार्टी छोडे ।
कार्ल माक्र्स भन्नु हुन्छ इतिहासमा घटनाहरू दोहोरिन्छन् तर तीमध्ये पहिलो बास्तबिक र पछिल्ला केवल प्रहसनको रूपमा ०४६ को परिवर्तनपश्चात् जसरी माओवादी एकताको हावा चल्यो ठीक त्यसरी नै कथित संबिधानसभा–२ को परिणाम सार्वजनिक भएदेखि हालसम्म निरन्तर माओवादी एकताको हावा चलिरहेछ । संयोग भनौ या के भनौ, हिजोको माओवादी एकताका मुख्य अभियन्ता प्रचण्ड नै आजका माओवादी एकताको मुख्य योजनाकार र पहलकर्ता छन् । यद्यपि फेरि मोहनविक्रमको शब्दको सारलाई यहाँ राख्नुपर्दा अन्यथा हुँदैन भने तत्कालिन पार्टी एकता र एकता केन्द्रको निर्माण नै संसदीय निर्बाचनलाई मध्यनजर गरी भएको थियो । फलतः एकता केन्द्र निर्माण लगत्तै भएको संसदीय निर्बाचनमा भाग लिई अपेक्षाकृत सफलता हासिल गर्न नसके पश्चात जनताको सेन्टिमेन्टलाई बुझेका चतुर प्रचन्डले शहिदको खेती गर्दै जनयुद्धको नाममा नेपाली राजनैतिक मैदानमा एउटा तरंग उत्पन्न गर्न सफल हुने र त्यहीमार्फत बढीसेबढी जनतालाई भ्रम दिँदै अन्ततः फेरि संसदीय राजनीतिमा फर्कने योजना बनाए । प्रचण्डको बर्तमान संसदीय राजनैतिक चुरीफुरीले माथि उल्लेखित मोहनविक्रमको उक्त तर्कलाई तथ्यमा परिणत गर्न थप बल दिइरहेको छ ।
फेरि पनि मोहनविक्रमको तर्कलाई तथ्य नमानिकन र प्रचण्डको आन्तरिक नियतलाई खोतलखातल नगरिकन भन्नुपर्दा क्रान्तिको मूल्य, महत्व र आवश्यकताको बोध गराउँदै तत्कालिन एकता प्रक्रियामा ल्याएर निक्कै धेरै क्रान्तिकारीहरूलाई प्रचण्डले जनयुद्धमा सहभागी गराए । यसर्थमा भन्न सकिन्छ, प्रचण्ड पहलमा भएको हिजोको माओवादी एकता अभियान दुःख गरेर सुख पाउनुको निम्ति थियो, जीवनको निम्ति थियो, अघि बढ्नको निम्ति थियो र क्रान्ति गर्नको निम्ति थियो । तर, आज चिज उल्तिएको छ, परिस्थिति बद्लिएको छ । प्रचण्ड बदलिएको छन्, उनको बर्ग बद्लिएको छ, उनको स्वार्थ बद्लिएको छ, उनको चरित्र बद्लिएको छ र उनको उद्देश्य बदलिएको छ । त्यसैले आज उनको पुनः पहलमा गरिने माओवादी एकता अभियानको उद्देश्य, स्वार्थ र अर्थ पनि बद्लिएको छ । प्रचण्डको स्वार्थ र सक्रियतामा हुने भनिएको आजको माओवादी एकताले नेपाली क्रान्तिलाई मद्दत गर्छ भन्ने कुरामा विश्वास गर्ने ठाउँ नै छैन । किनकि गुडी राखेको क्रान्तिको रथलाई चालक सिटमा बसेको फाइदा उठाउँदै जानी जानी उल्टो दिशातिर गुडाउने काम प्रचण्डले नै गरेका हुन् । आफ्नै कोखमा जन्मे हुर्केका जनसेनाको क्याम्प माथि आधा रातमा नेपाली सेना पठाई धावा बोल्ने प्रचण्ड नै हुन् । जनताको रगतसंग साटिएको हतियारहरूलाई प्रधानमन्त्रीको कुर्सीसंग साट्ने ब्यक्ति प्रचण्ड नै हुन् । सारतः मोहन विक्रमको भनाई पूर्वाग्रही नै भो सही त्यसैले त्यहाँदेखि माथि उठेर कार्ल माक्र्सको शिक्षामा आधारित हुँदै भन्नु पर्दा प्रचण्ड पहलमा हिजोको पार्टी एकता वास्तविक थियो आजको पार्टी एकता प्रहसन मात्र । हिजोको पार्टी एकता क्रान्तिको निम्ति थियो । आजको पार्टी एकता प्रतिक्रान्तिको निम्ति । हिजोको पार्टी एकता माओवादको निम्ति थियो आजको पार्टी एकता संसदवादको निम्ति । हिजोको पार्टी एकता नयाँ जनवाद, समाजवाद र साम्यवादको योजनामा निहित थियो आजको एकता सांसद, मन्त्री र प्रधानमन्त्रीको कुर्सीका सपनामा निहित छ ।
केही साथीहरू आन्दोलन कमजोर भएको कारण देखाई अब एमाओवादीसंगको एकता आवश्यकता ठान्छन् । उनीहरू भन्छन्– आन्दोलन बलियो बनाउनको निम्ति बढीभन्दा बढी मान्छेको टाउको थुपार्नु पर्दछ टाउको जत्ति धेरै भयो आन्दोलन त्यति नै बलियो हुन्छ । हो, निश्चित रूपमा आन्दोलन कमजोर भए कै हो । आन्दोलन बलियो बनाउनको निम्ति मान्छेको टाउकोको संख्याले महत्व राख्दछ । तर, त्यो प्रधान कुरा होइन, प्रधान कुरा त बिचार हो । एउटा भनाई छ ‘हजार मुर्खभन्दा एउटा बुद्धिमान बलियो’ त्यस्तै गलत र बाङ्गो बिचार भएको धेरै टाउको भन्दा असल र प्रस्ट बिचार बोकेको थोरै टाउको नै आन्दोलनको निम्ति उत्तम हो । निराशा र पलायन आन्दोलनमा अस्वभाविक होइनन्, त्यो त आन्दोलनको एउटा चरणमा स्वभाविक नै हो । विश्व कम्युनिस्ट आन्दोलनको इतिहासमा १९१७ को अक्टुवर क्रान्ति सम्पन्न गर्ने महान् लेनिनको पार्टीमा १९०५ को क्रान्ति असफल पछि देखिएको आम निराशा र १९४५ मा जनवादी क्रान्ति र १९६६ देखि १९७६ मा महान् सर्वहारा साँस्कृतिक क्रान्ति सम्पन्न गर्ने महान् माओको पार्टीमा लङ्ग मार्च अघिको आम निराशाहरू उदाहरणीय आमनिराशाहरू हुन् । सफलताको चुचुरो मै पुगेको नेपालको माओवादी आन्दोलनले आफ्नै कमजोरीको कारण खासगरी मुख्य नेतृत्वको गद्दारीको कारण ‘गम्भीर धक्का’ खाएको अवस्थामा जनता र कार्यकर्तामा देखिने निराशा र पलायन कुनै अस्वभाविक कुरा होइनन् । यो अवस्थामा क्रान्तिकारीहरू हतोत्साहित र बिचलित भएर गलत तत्वहरूसंग गलत प्रकारको सम्झौता गर्नु हुँदैन । भनिन्छ– संकटको घडीमा मान्छेको पहिचान हुन्छ ।
अर्काथरि साथीहरू बाबुरामको पलायनको कारण अव प्रचण्डसंगको एकताले क्रान्तिलाई मद्दत नै गर्ने कुरा गर्छन् । उनीहरू भन्छन्– प्रचण्डसंग बिचार नै छैन । एमाओवादीले बोकेको बिचार बाबुरामको बिचार हो अब बाबुराम गइसके पछि त्यहाँ हामीले हाम्रा बिचार स्थापित गर्न र प्रचन्डलाई क्रान्तिकारी रूपान्तरण गर्न सक्छौ । त्यसका निम्ती मान्नु प¥यो नि प्रचण्डले आपूmसंग बिचार नै छैन भनेर, मान्नु प¥यो नि प्रचन्डले । एमाओवादीले बोकेको बिचार बाबुरामको बिचार हो भनेर, स्वीकार्नु प¥यो नि प्रचण्डले आफ्नो क्रान्तिकारी रूपान्तरित आवस्यक छ भनेर । मलाई लाग्छ त्यो सम्भव छैन । यदि त्यसो भएन भने कसरी त्यहाँ हामीले क्रान्तिकारी बिचार स्थापित गर्न सक्छौ ? पार्टीलाई कसरी क्रान्तिकारी बनाई राख्न सक्छौ ? हामी कसरी क्रान्तिकारी रहन सक्छौ ? र हामीले कसरी क्रान्ति सम्पन्न गर्न सक्छौँ ? असम्भव ।

प्रतिक्रियाहरु